मुरारका ग्रुपले भारतीय कम्पनीसँग मिलेर टायल उत्पादन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2023 | 06:17:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको व्यावसायिक समूह मुरारका ग्रुुपले भारतको सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । मुरारका ग्रुुप र सोमानीबीचको यो संयुक्त उद्योगले नेपालमा करिब ३.० मिलियन स्क्वाएर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो ।

काठमाडौंको म्यारियट होटलमा संचारकर्मी तथा कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त सहकार्यको बारेमा जानकारी दिइएको हो ।

यस बारेमा बोल्दै मुरारका ग्रुुपका म्यानेजिङ डिरेक्टर पशुपति मुरारकाले यस सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपुर्ति गर्ने विश्वास व्यक्त गरे । 

साथै रोजगारीको सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत टेवा पुग्ने मुरारकाको भनाई छ ।

त्यस्तै गरी सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक एवम् सिइओ अभिषेक सोमानीले मुरारका ग्रुुपसँग सहकार्य गर्न पाउँदा गौरवान्वित भएको बताए । सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि टाइल्स उत्पादन तथा आपूर्ति गर्दै आएको र यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउने उनको विश्वास छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved