सिमेन्ट र डण्डीको भाउ बढेको हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2023 | 01:36:27 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण क्षेत्रमा केही सुधारको संकेत देखिन थालेसँगै निर्माण सामाग्रीको माग पनि थोरै थोरै बढ्न थालेको छ । व्यवसायीहरुले पनि निर्माण सामाग्रीको माग तुलनात्मक रुपमा बढ्न थालेको बताउन थालेका छन् । 

चलु आर्थिक वर्षको पहिलो त्रैमासमा क्षमताको ३० प्रतिशत हाराहारीमा मात्रै चलेका सिमेन्ट उद्योग अहिले औसतमा ५० प्रतिशत क्षमतामा चलिरहेका छन् । माग बढ्न थालेपछि सिमेन्टको उत्पादन बढ्न थालेपनि मूल्य भने खासै बढेको छैन । पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६ सयदेखि ६५० रुपैयाँ र ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ७ सयदेखि ७५० रुपैयाँसम्म छ । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाका अनुसा फ्याक्ट्री मूल्य भने यो भन्दा ५० रुपैयाँसम्म कम छ ।

सिमेन्ट र डन्डीको मूल्यमा उद्योग र बजार क्षेत्र बीचको दुरीले प्रभाव पार्छ । किनभने उद्योगबाट ढुवानी गरेर जति टाढा पुर्याउन पर्यो, त्यति नै मूल्य बढ्दै जान्छ । यस अनुसार उद्योग आसपासका बजार क्षेत्र र तराईमा सस्तो पर्छ । पहाडी तथा हिमाली क्षेत्रमा भने महँगो पर्छ ।

तर, अहिले डण्डीको मूल्य भने केही बढेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा फलामको मूल्य बढेकाले नेपालमा फलामे डण्डीको भाउ केही मात्रामा बढेको हो । 

नेपाल स्टिल उत्पादक संघका अध्यक्ष विष्णु न्यौपानेका अनुसार अहिले बजारमा ब्राण्ड अनुसार फलामे डण्डीको मूल्य प्रतिकिलो ११२ देखि ११५ रुपैयाँसम्म छ । यसअघि प्रतिकिलो १०५ देखि ११० रुपैयाँसम्म रहेको डण्डीको भाउ अहिले बढेर ११० देखि ११५ रुपैयाँसम्म पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved