
उद्योग विभागले सञ्चालनमा आउन नसकेका ४० वटा उद्योग तथा कम्पनीहरुको म्याद थप गरेको छ । उद्योग दर्ताका बेला सञ्चालनमा आउनका लागि कबुल गरेको अवधिभित्र सञ्चालनमा आउन नसकेका ती उद्योग तथा कम्पनीहरुको म्याद थप गरिएको विभागले जनाएको छ ।
‘औद्योगिक व्यवसाय ऐन २०७६ वमोजिम म्याद थप गरी बाधा अड्काउ फुकाउने’ भनेर गत साउन १९ गते राजपत्रमा सूचना प्रकाशित भएको थियो । हाल म्याद थप भएका उद्योगहरुमा औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार म्याद थप गर्न मिल्नेसम्म थप गर्दा पनि सञ्चालनमा आउन नसकेका रहेका छन् ।
विभागले ‘बाधा अड्काउ फुकाउ’ भनेर उद्योग मन्त्रालयमार्फत राजपत्रमा सूचना जारी गरेको थियो । राजपत्रमा प्रकाशित सूचना बमोजिम हालसम्म विलम्ब शुःल्क तिरेर ४० वटा उद्योगहरुले म्याद थप पाएका हुन् । केही जलविद्युत आयोजनाहरु भने म्याद थप लिएर सञ्चालनमा आइसकेका छन् ।
यी हुन् म्याद थप भएका उद्योगहरुः
१) सोलु हाइड्रोपावर प्रा.ली.
२) लक्ष्मी मोटर कर्पोरेशन प्रा.ली.
३) अन्नपूर्ण केबुलकार प्रा.ली.
४) पान हिमालय इनर्जी लिमिटेड
५) ग्लोबल हाइड्रोपावर एशोसियट लिमिटेड
६) नासा हाइड्रोपावर लिमिटेड
७) नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेड
८) इलिक्जिर लाइफ साइन्स प्रा.ली.
९) नटराज स्प्रिट इण्डस्ट्रिज प्रा.ली. (ए.एम.एस. डिष्टिलरी प्रा.ली.)
१०) ओम मेगाश्री फर्मास्यूटिकल्स प्रा.ली.
११) हाइड्रो इम्पायर प्रा.ली.
१२) जे सिजन होटल प्रा.ली.
१३) पिके हाइड्रोपावर प्रा.ली.
१४) लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनी प्रा.ली.
१५) सफारी फ्रन्ट रिसोर्ट प्रा.ली.
१६) सातकोशी पोल्ट्री फार्म प्रा.ली.
१७) भेरिटाकोर नेपाल प्रा.ली.
१८) काठमाडौँ डेरी प्रा.ली.
१९) पर्वत पैयुँखोला हाइड्रोपावर कम्पनी प्रा.ली.
२०) बडूस क्याफे प्रा.ली.
२१) पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रा.ली.
२२) जिगल नेपाल प्रा.ली.
२३) दोर्दी खेला जलविद्युत कम्पनी लिमिटेड
२४) ट्वान्टी ट्वान्टी समिट होटल प्रा.ली.
२५) मेड फाइभ रेष्टुरेन्ट प्रा.ली.
२६) युनिभर्सल पावर कम्पनी लिमिटेड
२७) भृकुटी देवी इनिसियटिभ प्रा.ली.
२८) आशिष शिलोवाम होटल प्रा.ली.
२९) गोल्डेन वक कन्सक्ट्रक्सन प्रा.ली.
३०) बज्र इनर्जी भेञ्चर्स प्रा.ली.
३१) आहुदे प्रा.ली.
३२) डिजीस्पाइस नेपाल प्रा.ली.
३३) छायाँदेवी कम्प्लेक्स प्रा.ली.
३४) सिटिजन्स फर्मास्यूटिकल्स प्रा.ली.
३५) नेपाल मेटल कम्पनी लिमिटेड
३६) अन्नपूर्ण हेलिकप्टर्स प्रा.ली.
३७) द सगतानी स्टिल इण्डष्ट्रिज प्रा.ली.
३८) सालासुङ्गी पावर प्रा.ली.
३९) इन्टरनेशनल हिमालय हस्पिटालिटी एण्ड होटल प्रा.ली.
४०) एसजेविएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रा.ली.