नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन हेलिकप्टर कम्पनीका तीन पाइलटलाई एकैसाथ ‘ग्राउन्डेड’ गरेको छ । प्राधिकरणले एयर डाइनेस्टी, फिसटेल (समिट हेलिकोप्टर) र अन्नपूर्ण हेलिकोप्टरका एक एक जना पाइलटलाई उडानमा रोक लगाएको हो ।
पोखरामा प्याराग्लाइडिङ उडान गर्ने क्षेत्रमा हेलिकप्टर उडाएको पाइएपछि एयर डाइनेस्टी र फिस्टेलका पाइलटलाई कारबाही गरेको हो ।
अन्नपूर्ण हेलिकोप्टर कम्पनीका पाइलटले भने लुक्ला विमानस्थल टावरका एयर ट्राफिक कन्ट्रोलर (एटिसी)सँग गलत कुराकानी गरेको अडियो रेकर्ड फेला परेपछि ग्राउण्डेड गरिएको हो ।