सुखः ग्रुपले सिन्धुलीमा कम्पोस्ट मलको उत्पादन थाल्यो, रासायनिक मलको विकल्प हुने दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2023 | 09:51:40 AM मा प्रकाशित

laxmi  sunrise bank

साखः ग्रूपले कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । भक्तपुरका नगरपालिकाहरूसँग सहकार्य गरेर साखः ग्रुपले व्यवसायिक रूपमै कम्पोस्ट मलको उत्पादन सुरु गरेको हो । साखःले ४ महिना अगाडी कम्पोस्ट मलको परीक्षण उत्पादन गरेको थियो ।

साखः ग्रूपका निर्देशक किरणप्रकाश साखःका अनुसार सहायक कम्पनी स्थापना गरेर कम्पोस्ट मल उत्पादन थालिएको हो । मल उत्पादन गर्न साखः ग्रुपले सिन्धुलीको दुधौली नगरपालिकामा रिकिसी दाइची कम्पोस्ट फर्टिलाइजर एन्ड एग्रो फार्म प्रा.लि. स्थापना गरेको छ । किरण आफैँ यो कम्पनीका अध्यक्ष हुन् ।  

कम्पनीले जापानी सीएनबीएन प्रविधिमा कम्पोस्ट मल उत्पादन गरिरहेको छ । सरकारले तोकेको मापदण्डअनुसार नै मल उत्पादन भइरहेको साखःले बताएका छन् । 

कम्पनीले हाल ५८ वटा कोठाबाट मल उत्पादन गर्दै आएको छ । एउटा कोठाबाट १० टन मल उत्पादन हुन्छ । 

यो कम्पोस्ट मलले रासायनिक मलले जस्तै काम गर्ने भन्दै साखःले सबै नगरपालिकासँग सहकार्य गरेर उत्पादन विस्तार गरिने योजना रहेको सुनाए । गाईबस्तुको गोबर, ढुटो, पातपतिंगर, रातोमाटो लगायतका कच्चा पदार्थबाट यो मल उत्पादन हुन्छ । 

साखः ग्रुपले उत्पादन गरेको यो मल गन्धरहित छ । तरकारी, धान, फलफूल लगायतका अन्न बालीमा यसको प्रयोग गर्न सकिने बताइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved