१६ अर्ब लगानीका इँटा उद्योग संकटमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 03:24:19 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वाधार निर्माण सुस्त हुँदा र समग्र निर्माण क्षेत्रमा चरम मन्दी छाउँदा देशभरका इँटा उद्योगहरु संकटमा परेका छन् । व्यक्तिगत आवासीय घर, व्यवसायिक कम्प्लेक्सदेखि सरकारी प्रोजेक्टहरुको समेत निर्माण कार्य ठप्प हुँदा इँटा उद्योगहरु संकटमा परेका हुन् । 

नेपाल इँटा उद्योग महासंघका अनुसार सामान्य अवस्थाको तुलनामा आधाभन्दा कम माग रहेकाले इँटा उद्योगहरु सञ्चाल खर्च धान्नसमेत नसक्ने अवस्थामा पुगिसेका छन् । इँटा उद्योग महासंघमा देशभरका साढे ६ सय इँटा उद्योग आवद्ध रहेका छन् । देशभरीमा इँटा उद्योगमा १६ अर्ब २५ करोड भन्दा बढी लगानी छ । अहिले सबै उद्योगहरु संकटमा छन् । 

करिब ३ लाखलाई रोजगारी दिइरहेका इँटा उद्योग अहिले संकटमा पुगेको महासंघका अध्यक्ष शंकर बहादुर चन्द बताउँछन् ।

एकातिर देशभित्र दक्ष जनशक्ति उपलब्ध नहुँदा बाहिरबाट मान्छे ल्याउनुपर्ने र अर्कोतिर स्थानीय निकायले माटो र मस्कट लगायत उत्पादित इँटामा आफुखुशी कर लगाउँदा मार खेपिरहेका उद्योगहरु अहिले निर्माण क्षेत्र सुस्ताउँदा थप मर्कामा परेको अध्यक्ष चन्दको गुनासो छ । 

पछिल्लो मन्दीका कारण केही इँटा उद्योग बन्द भइसकेको र केही बन्द हुने जोखिममा रहेकाले मन्दीको मार खेपिरहेको इँटा उद्योग सहुलियत दिएर बचाउनुपर्ने माग पनि महासंघले राखेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved