प्राधिकरणले बिजुली काटिदिएपछि बोल्यो उदयपूर सिमेन्ट उद्योग, के भन्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 06:21:42 PM मा प्रकाशित

laxmi  sunrise bank

उदयपूर सिमेन्टले नेपाल विद्युत प्राधिकरणलाई बिजुली लाइन सूचारु गरिदिन अनुरोध गरेको छ । प्राधिकरणले ८ करोड बक्यौता नतिरेको भन्दै उदयपूर सिमेन्ट उद्योगको विद्युत लाइन काटिदिएपछि उद्योगले दूवै संस्था सरकारी स्वामित्वको भएकाले बिजुली नकाट्न अनुरोध गरेको हो । 

डेडिकेटेड फिडरको दशौँ अर्ब रुपैयाँ महशुल निजी क्षेत्रका उद्योगबाट उठाउन बाँकी रहेपनि निजी क्षेत्रका उद्योगहरु मुद्दा मामिलाको लागेको तर, सरकारी स्वामित्वको उद्योग भएकाले उदयपूर सिमेन्ट उद्योग मुद्दा मामिलामा नगएको दाबी गरिएको छ । 

बुझाउन बाँकी विद्युत महशुल रकमको हिसाब मिलान गरी फरफारक गरिदिन उद्योग मन्त्रालयमा पत्र पनि पठाइसकिएको उदयपूर सिमेन्टले जनाएको छ ।

विज्ञप्तिः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved