भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार मेला’, ११ वटा कम्पनीका जुत्ताचप्पल बिक्रीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 09:37:05 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन फुटवयरको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ सञ्चालन भइरहेको छ । वैशाख २६ गतेबाट जुत्ताचप्पल ब्यापार मेला सुरु भएको हो । मेलामा ११ वटा कम्पनीका जुत्ता चप्पलहरु बिक्री तथा प्रदर्शनीमा राखिएको छ ।

सिटिजन फुटवयर, एसबिआर सुज, शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो सुजका जुत्ता चप्पल मेलामा राखिएका छन् ।

एउटै छानामुनी ग्राहकले रोजाई र आवश्यकता अनुसारको मूल्य तथा ब्राण्डका जुत्ता चप्पल खरिद गर्ने अवसर मेलाले उपलब्ध गराएको नेपाल छाला तथा जुत्ता उत्पादक संघका पूर्व अध्यक्ष एवं एसबिआर सुजका सञ्चालक बासु रोकाले जानकारी दिए ।

सबै वर्गका ग्राहकले खरिद गर्न सक्ने मूल्यका सबै प्रकारका जुत्ता चप्पल मेलामा उपलब्ध रहेको आयोजक राजेश विशुंखेले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved