रातो बासमति चामलको निकासी खुल्ला गर्न उद्योगीको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 02:07:41 PM मा प्रकाशित

laxmi  sunrise bank

रातो बासमति चामल विदेशी निकासी खुल्ला गर्न उद्योगीहरुले माग गरेका छन् । आइतबार नेपाल चामल तेल दाल उद्योग संघले एक कार्यक्रम गरी यस्तो माग गरेका हो ।

रातो बासमति चामल हाइ भ्यालु प्रोडक्ट भएको साथै किसानले दोब्बर बढी भाउ पाउने र नेपालको पहिचान बन्न सक्ने संघको दाबी छ । 

आगामी आर्थिक वर्ष २०८०८१ को नीति तथा कार्यक्रम सार्वजानिक भइसकेको अवस्थामा र बजेट निमार्णको चरणमा रहेको सरकारलाई संघले स्पष्ट औद्योगिक नीतिको माग गरेको छ । 

“उद्योगले उत्पादन गर्ने बस्तुमा लाग्ने गरेको मु.अ.कर, भन्सार महसुल लगाएत अन्य असमान करका दरले कृषि उद्योगलाई मात्र नभई समग्र क्षेत्रलाईनै प्रभावित पार्ने गरेकोले सरकारको औद्योगिक नीति बनाउदा बेलैमा बिचार पु¥याई देओस भन्ने हाम्रो अनुरोध छ ।” संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ । व्यवसायी कर विरोधी नभएको स्पष्ट पार्दै संघले स्वदेशी उद्योग र उद्योगीको संरक्षण गर्नुपर्ने बताएको छ । सरकारले बेला बेलामा परिवर्तन गर्ने नीतिले उद्योग व्यवसायमा ठूलो प्रभाव पार्ने उल्लेख गरेको छ । 

कृषिलाई विशेष प्राथमिकतामा राखेर स्थापना भएका चामल, तेल, दाल जस्ता उद्योगको प्रष्ट नीति नभएको भन्दै संघले कृषि भूमिको संरक्षण, उन्नत बीउ बिजन र मलजलको उचित व्यवस्था हुन नसक्ने राज्यको कमजोरी रहेको संघको ठम्याई छ । 

दालमा आत्मनिर्भर भइसकेको जिकिर गर्दै संघले अनावश्यक रुपमा दालको आयात भएको बताएको छ । त्यस्तै रातो बासमति चामल विदेश निकासी खुल्ला एंव तोरी तेलमा लागेको १३ मु.अ.कर खारेजी हुनु माग संघले गरेको छ । 

एकल अंकको बैंक साथै विद्युतमा  अनुदान दिनुपर्ने माग उद्योगीहरुको रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved