१० महिनामा १३ खर्ब ३ अर्बको आयात, व्यापार घाटा घटेको घट्यै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2024 | 03:46:29 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक वर्ष २०८०/ ०८१ को १० महिनाको अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २.३९ प्रतिशतले कम हो । 

गत आवको १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार चालू आवको वैशाखसम्म निर्यातमा पनि कमि आएको छ । गत आवको सोहि अवधिको तुलनामा निर्यातमा ३.६१ प्रतिशतले ह्रास आएको हो । 

गत आवको १० महिनामा १३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । चालू  आवको सोहि अवधिमा यस्तो निर्यात १२ अर्ब ६१ करोड रुपैयाँमा सिमित रहेको छ । 

आयात र निर्यातसँगै व्यापार घाटा पनि घटेको छ । व्यापार  घाटा २.२६ प्रतिशतले घटेको हो । चालू आर्थिक वर्षमा व्यापार घाटा घटिरहेको छ । गत महिनाहरुमा पनि यस्तो व्यापार घाटा घटेको भन्सार विभागले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved