बजेटबारे उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको यस्तो छ धारणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2024 | 06:26:54 PM मा प्रकाशित

laxmi sunrise bank

सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट प्रस्तुत गरेको छ । उक्त बजेटबारे  निजी क्षेत्रको अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रारम्भिक प्रतिक्रिया यसरी व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो सोही अनुरूप नयाँ चरणको सुधार र आयोग बन्नेसँगै सुधार वर्ष घोषणा भएको छ ।

महासंघले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको छ,कृषिमा करार खेती र पहाडमा फलफूल खेती को विषय आएको छ ।

पर्यटनमा वैवाहिक पर्यटन MICE पर्यटन Hill station बिकास गर्ने विषय आएका छन् ।

सूचना प्रविधि र start up मा केहि सहुलियत र विस्तारका योजना छन् । निजी क्षेत्र प्रवर्द्धन जुन महासंघको सधैको माग थियो त्यसलाई पहिलो प्राथमिकतामा समेटिएको छ। यसको कार्यान्वयन राम्रोसँग हुन सक्यो भने ६% को आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव पनि छ । 

बाँकी राजस्वमा भएको परिवर्तन अन्य विषयका असर का बारेमा आर्थिक विधेयक हेरेर महासंघले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved