![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकको आर्थिक सङ्कुचनका कारण उद्योग व्यवसायले गति लिन नसकेको बताएका छन् छ । धादिङ उद्योग वाणिज्य सङ्घको ११औँ अधिवेशन उद्घाटन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले उद्योग व्यवसाय गतिशील बनाउन सबै व्यवसायीले राजनीतिक स्वार्थ त्यागेर एकजुट भई अघि बढ्नुपर्ने बताएका हुन्।
नेपालको औद्योगिक क्षेत्रको विकासको प्रचुर सम्भावना रहँदारहँदै यस क्षेत्रले रोजगारी, आयआर्जन, गरिबी न्यूनीकरण र निर्यातमा सोचेजति योगदान पुर्याउन नसकेको उनको भनाई छ ।
“व्यवसायलाई कृषितर्फ लैजाऔँ । बाँझो जग्गामा हरियाली ल्याउन, जग्गालाई एकीकृत गरेर अगाडि बढ्न सक्नुपर्छ । त्यसो गर्न सकियो भने अन्न आयात घटाउन सकिन्छ”, उनले भने, “बाँझो जग्गालाई हरियाली बनाउने काममा सहयोग गर्न कृषि मन्त्रालय सदैव तत्पर छ ।”