स्वदेशी उत्पादनहरु प्रयोगमा नआउँदा उद्योगहरु कमजोर अवस्थामा पुगे : सचिव राउत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2025 | 01:30:58 PM मा प्रकाशित

laxmi sunrise bank

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रा.लि‍मा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा  छलफल  गरिएको छ । बुधबार बसेको उक्त बैठकमा ब्रुअरी प्रा.लि‍मा मर्ज भएका कम्पनीहरुमा श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल गरिएको  हो ।

उक्त छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले प्रतिस्पर्धात्मक रुपमा स्वदेशी उत्पादनहरु प्रयोगमा नआउँदा उद्योगहरु कमजोर अवस्थामा पुगेको बताएका छन् । उनले यो चार, पाँच वर्षको अवधिमा उद्योग कम्पनीहरु मर्ज हुने अवस्था बढेको बताएका हुन् ।

उनले भने, ‘प्रतिस्पर्धात्मक रुपमा हाम्रो स्वदेशी उत्पादनहरु प्रयोगमा आउन नसक्दाखेरी हाम्रा उद्योगहरु कमजोर अवस्थामा गएका छन् । अहिले यो चार, पाँच वर्षको पिरियडमा धेरै उद्योग कम्पनीहरु मर्ज भैइसकेका छन् । त्यसैगरी ब्रुअरी प्रा.लि‍मा कोही चाँही मर्ज हुने, कोही सेयर बेचेर निस्कने गरेको समस्या रहेका छन् ।’

साथै, उनले यसलाई कानूनी रुपमा समाधान गर्न माउण्ट एभरेष्ट ब्रुअरीले विभाग मार्फत मन्त्रालयमा कुनै कुराहरु नराखेको बताए । उनले उद्योगले पाउने छुट, सुविधा, प्रोत्साहनको विषयमा पनि उद्योग मन्त्रालयले कुरा गरिरहेको बताए । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved