शेयरबजारमा प्रवेश गर्न चाहनेका लागि यो नै उचित समय हो,लगानीकर्ता संघका अध्यक्षको अन्तर्वार्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 18, 2017 | 09:29:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पुंजीबजारमा रहेका संघहरुले लगानीकर्ताको हितमा काम नगरेको भन्दै भदौ १ बाट नयाँ लगानीकर्तासंघको जन्म भएको छ। सामुहिक हितको लागि काम गर्ने तथा बजारलाई मर्यादित एवम ब्यबस्थित बनाउनको लागि काम गर्ने प्रतिबद्दता सहित स्थापना भएको 'नेपाल पुंजीबजार लगानीकर्ता संघ' का अध्यक्ष नबराज सुबेदीसंग बिजपाटि डटकमले सोधेको छ:

शेयरबजारको पछिल्लो अवस्थालाई कसरि लिनुभएको छ ?

पछिल्लो समय शेयरबजारमा भित्रिने लगानीकर्तामा परिपक्वता बढेको पाएको छु। लगानीकर्तामा शेयरबजारको अध्ययन गर्ने बानीमा बिकास भएकाले  लगानी गर्ने निर्णयको क्षमता मजबुत बनेको छ। 

त्यसैले अबको बजार बिगतमा जस्तो केहि सिमित समुहले 'म्यानुपुलेट' गर्ने सक्ने अवस्थामा छैन। शेयरबजारमा आएको उतारचढावले पनि यी कुराहरुलाई प्रमाणित गर्छ। 

शेयरबजारका लागि वातावरण चौतर्फी रुपमा सकरात्मक बन्दै गएको छ, त्यहि पनि लगानीकर्तामा अन्यौल किन ?

वातावरण सकारात्मक बन्दै गएको अवस्था हो तर ठोस नतिजा देखिएको छैन। त्यसैले पनि लगानीकर्ता अहिले पख र हेरको अवस्थामा छन। केहि संस्थागत लगानीकर्ताहरुले समेत पख र हेरको नीति अख्तियार गरेकाले अहिले कारोबारको भोलुम पनि कम देखिएको हो। 

लगानीकर्ता अन्यौलमा हुनुका धेरै कारण हुन सक्छन। वित्तीय बजारमा कायम महँगो ब्याजदर, राजनीतिक धुर्बिकरण, भ्याट र प्यानका सम्बन्धमा बेला बेलामा आउने चर्चाले पनि लगानीकर्तामा अन्यौल देखिएको हो जस्तो मलाई लाग्छ।  

यो अन्यौलको अवस्था कहिलेसम्म रहला ? बजारको सम्भावित मोड कता हुन सक्छ ?

यी अन्यौल बिस्तारै हट्ने क्रममा छन। जस्तो बैंक वित्तीय संस्थाहरुको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुने क्रममा छ। बैंक वित्तीय संस्थाको बेस रेट घट्ने भएकाले र उनीहरुसंग अत्यधिक तरलता रहेकाले कात्तिक दोस्रो पहिलो सातादेखि लगानीकर्ताले सिंगल डिजिटमा सेयर कर्जा पाउने अवस्था आउंदैछ। मेरो जानकारीमा आए अनुसार घर जग्गा र गाडीमा प्रवाह गरिने ऋणको सिलिंग पुगिसकेको छ। तर बैंक वित्तीय संस्थाले  राष्ट्र बैंकले तोकेको प्राथमिक पुंजीको ४० प्रतिशत ऋण सेयर कर्जामा दिन सक्ने भएपनि १० प्रतिशत पनि प्रवाह भएको छैन। त्यसैले अब तरलता व्यवस्थापन गर्न ऋण प्रवाह गर्ने ठाउँ भनेको नै शेयरकर्जा नै हो।   

अर्को कुरा राजनीतिक अस्थिरताको पनि समाधान हुने तरखरमा छ। अब दुईवटा कि बाम गठबन्धन को कि प्रजातांत्रिक गठबन्धनको सरकार बन्ने निश्चित छ। यसले पनि राजनीतिक स्थायीत्व दिनेछ।

स्थानीय तहको निर्वाचन भईसकेकाले पुँजीगत खर्चमा पनि अब सरकारलाई समस्या हुनेछैन र अर्थतन्त्र चलायमान नै रहनेछ। त्यस्तै तिहार लगत्तै धितोपत्र बोर्डले ब्रोकरहरुलाई मार्जिन ल्यान्डिङको सुविधा दिंदैछ। तत्कालमा देखिने मध्येका यी कारणहरुले पनि शेयरबजारलाई अब सकारात्मक दिशा तर्फ लैजानेछ भन्ने मैले बुझेको छु। 

त्यस्तै निकट भविष्यमा नै अनलाइन ट्रेडिङ कार्यन्वयनमा आउने अवस्थामा छ भने एनआरएनएलाई भित्र्याउने कार्यविधि पनि अन्तिम अवस्थामा पुगेको छ भन्ने नियमन निकायको भनाई छ। बजार बिस्तारका लागि ब्रोकरको कार्यक्षमता बढाउँने कि बैंक तथा वित्तीय संस्थाहरुलाइ ब्रोकर लाइसेन्स दिने भन्ने बिषयले छिट्टै निर्णय हुने अवस्थामा छ। यी सबै कारणले गर्दा शेयरबजारको भविष्य राम्रो देखेको छु। 

पुंजीबजारमा प्रवेश गर्न चाहनेका लागि यो नै उचित समय हो भन्ने मैले बुझेको छु। अहिले सस्तो मुल्यमा राम्रा राम्रा कम्पनीका सेयरहरु उपलब्ध छन। तिनीहरुमा लगानी सुरक्षित छ। त्यसैले यो समय नै बजार प्रवेशको उचित समय हो। भोलि नेप्से उच्च अंकमा पुग्दा त्यस बेला बजार प्रवेश गर्नेहरुको जोखिम पनि बढेर जानेछ।  

शेयरबजारका लागि चौतर्फी सकारात्मक कुरा भएपनि सेयरको माग र आपुर्तिबिचको सन्तुलन भत्किएको अवस्था छ, यसको व्यवस्थापन हुन सक्ने आधार के छ ?

यो यथार्थ हो कि माग र आपुर्तिबिचको सन्तुलन भत्किएको अवस्था छ। तर अर्को सत्य कुरा के हो भने सस्तो ब्याजदरमा सेयर कर्जा पाउने अवस्था हुने बित्तिकै अहिले निष्क्रिय जस्तै बनेका संस्थागत लगानिकर्ताले सेयर उठाउन थाल्नेछन। त्यहि माथि ब्रोकरलाई मार्जिन ल्यान्डिङको सुविधा दिने कुराले खरिद क्षमता बढाउनेछ। 

त्यस्तै हालै निष्काशन प्रक्रिया सम्पन्न भएको 'सिद्दार्थ इक्विटी फन्ड' को कम्तिमा पनि ७० प्रतिशत पैसा पनि पुंजीबजारमा नै आउने हो। अझै केहि सामुहिक लगानी कोषहरु आउंदैछन। उनीहरुले लगानी गर्ने भनेको पनि पुंजीबजार नै हो। 

अर्को महत्त्वपूर्ण कुरा भनेको अनलाइन ट्रेडिङ र ब्रोकर सेवा बिस्तारले देशका दुराजमा मात्र होइन, एनआरएनएलाइ पनि लगानीको वातवरण खुला हुनेछ। यी सबै तत्त्वहरुले नै बजारमा सेयरको माग र आपुर्तिबिचको सन्तुलन ल्याउनेछ भन्ने मेरो बुझाई हो। 

नेप्से इन्डेक्स घट्ने बढ्ने त यसको नियम नै हो, तर इन्डेक्स बढ्दै गर्दा सुरक्षित लगानी गरि प्रतिफल लिन लगानिकर्ताले के गर्नु पर्छ ?

हेर्नुस, बजारको सुन्दर पक्ष भनेको नै यसमा आउने उतारचढाब नै हो। यहाँ इन्डेक्स घट्दा पनि कमाउने अवसर हुन्छ, बढ्दा पनि कमाउने अवसर हुन्छ। मात्र के हो भने हाम्रो निर्णय कस्तो हुन्छ भन्ने मात्र हो। 

शेयरबजारबारे आवश्यक ज्ञान सुरक्षित लगानीका लागि पहिलो सर्त हो। त्यसपछि आफ्नो क्षमता र उदेश्यबारे लगानीकर्ता स्पष्ट हुनुपर्छ। बैंकले दिने ब्याजदर भन्दा केहि प्रतिशतले बढी प्रतिफल मात्र उदेश्य हो कि जोखिम मोलेर पनि प्रतिफल चाहिने हो। त्यसको स्पष्ट जवाफ लगानिकर्तासंग हुनुपर्छ। नेपाल मात्र होइन बिश्वको सेयरबजारलाई त्यहाँको वातावरणले प्रभाब पर्छ नै। कम्पनीका आधारभूत पक्षको अध्ययन त छदै छ। त्यसमा पनि समग्र देशको अर्थतन्त्र, राजनीति अवस्था र ब्याजदर कता जाँदैछ भन्ने कुराको ज्ञान हुन आवश्यक छ। 

आफुसंग भएका कुल लगानीको ५० प्रतिशत रकम राम्रो प्रतिफल दिने कम्पनीहरुमा दीर्घकालीन लगानी गर्नुपर्छ। यसो गर्दा जति उतारचढाब आएपनि प्राप्त हुने प्रतिफलले हामीले तिर्नु पर्ने ब्याजलाइ सन्तुलन राखिदिन्छ। 

३० प्रतिशत लगानी रकम कारोबार गर्न सक्नुपर्छ। बजारको सेन्टिमेन्टलाई क्यास गर्न पनि आफुसंग भएको कुल लगानीको ३० प्रतिशत रकम कारोबार गर्नुपर्छ। कमाउने नै सबैको उदेश्य हो। त्यसैले लगानीकर्ता मात्र होइन, कारोबारी पनि बन्न जान्नुपर्छ। २० प्रतिशत रकम आफ्नो साथमा राख्नुपर्छ। यो रकम बजारमा उतारचढाब आउन सक्ने कम्पनीमा खेल्न काम लाग्छ। 

शेयरबजार देशभर फैलिन्छ ५० वटा ब्रोकरमा मात्र सिमित हुदैन, नेप्सेका सीईओको अन्तर्वार्ता

        

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved