अन्तर्वार्ता: 'ग्राहक सन्तुष्टि र गुणस्तरमा सिजी इलेक्ट्रोनिक्सले कुनै सम्झौता गर्दैन'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 18, 2018 | 03:30:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारमा चौधरी समुहको लगानी रहेको नेपालकै ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले छोटो समयमै आफ्नो पहिचान स्थापित गरेको छ। आफ्नो मुख्य ब्राण्डको नामबाट नै सिजीले नेपालमै इलेक्ट्रोनिक्स सामग्रीहरुको उत्पादन तथा एसेम्बल गर्दै आएको छ। छोटो समयमै नेपाली बजारमा आफ्नो छुटै छाप बनाउन सिजी इलेक्ट्रोनिक्स कसरि सफल भयो र नेपालमै उत्पादन गर्ने जोखिम किन मोल्यो र कम्पनिका आगामी योजना के छन जस्ता बिषयमा बिजपाटिले सिजि इलेक्ट्रोनिक्सका ब्राण्ड प्रोडक्ट प्लानिङ एण्ड म्यानेजमेन्टका सिनियर अफिसर सरोज गौतमसंग कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:        


सिजीको ब्राण्डकै कारण सिजी इलेक्ट्रोनिक्स छोटो समयमै स्थापित ब्राण्ड बनेको हो ?

सिजी हाम्रो होम ब्राण्ड हो। सब ब्राण्डलाई होम ब्राण्डको प्रभाब त पर्छ नै। तर केवल सिजी ब्राण्डकै कारण सिजी इलेक्ट्रोनिक्स नेपालको रोजिएको ब्राण्ड बनेको होइन। यस्तो ब्राण्ड बन्नुको पछाडी धेरै कारण छन। जस मध्ये सिजी इलेक्ट्रोनिक्सद्वारा उत्पादित सामग्रीको बिश्वनियता नै पहिलो हो। 

सिजी इलेक्ट्रोनिक्समा धेरै ब्राण्ड राखेका छौं। सिजी, एलजी तथा तोसिवा सनसाइन छन। हामि सिजीको टिभी यहीं बनाउछौ भने अन्य प्रोडक्ट चिन,भारत, इन्डोनेसिया, कोरियाबाट सोर्सिंग गर्छौं। सिजी इलेक्ट्रोनिक्सबाट हामि मिडिया, प्लानिङ, प्रोग्रामिङ, प्रोडक्ट भित्र्याउने देखि बजार व्यवस्थापन, मार्केटिङ, सेल्स, ब्राण्डिङ, रणनीति लगायतका बिजनेश पोलिसी बनाउछौं।  

बजारमा अनगिनत इलेक्ट्रोनिक्स कम्पनि छन, अन्य क्षेत्रमा दबदबा हुँदै सिजी आफैं इलेक्ट्रोनिक्स व्यवसायमा प्रवेश किन गर्यो ?

बजार बिस्तारसंगसंगै व्यवसायको क्षेत्र पनि बिस्तार हुनु स्वाभाविक नै हो। आवश्यकता अनुसार सिजी ग्रुपले हरेक क्षेत्रमा काम गरिरहेको छ। अहिले नेपाली बजारको बढ्दो माग र आवश्यकतालाई सम्बोधन गर्नैका लागि सिजीले इलेक्ट्रोनिक्स क्षेत्रको हात हालेको हो। 

रह्यो कुरा, बजारमा धेरै ब्राण्ड छन भन्ने। बजारमा कति ब्राण्ड छन भन्दा पनि कसले ग्राहकको आवश्यकतालाई सम्बोधन गर्न सकेको छ भन्ने बढी महत्त्वपूर्ण हुन्छ। जसले सम्बोधन गर्न सक्छ उही नै अग्रणी बन्ने हो। 

हामीले नेपाली बजारको माग र आवश्कता अनुसार नै सामानहरु उत्पादन गर्दै आएका छौं। त्यसैले पनि नेपाली बजारमा छुटै पहिचान छ सिजी इलेक्ट्रोनिक्सको। 

नेपालीहरुको जीवन शैलीपनि पनि परिवर्तन भएको छ। अधिकांश मानिसहरु विद्युतीय उपकरण चलाउन थालिसकेका छन। त्यसमा पनि लोडसेडिङ मुक्त हुँदै गर्दा विद्युतीय सामग्रीको माग बढ्ने क्रममा छ। त्यसैले पनि सिजी आफ्नै ब्राण्ड 'सिजी इलेक्ट्रोनिक्स' का साथ नेपाली  बजारमा आएको हो ।      


बजारमा धेरै ब्राण्डका इलेक्ट्रोनिक्स सामग्री छन, ग्राहकले सिजी इलेक्ट्रोनिक्स नै किन रोज्ने ?

अरु ब्रान्ड र सिजी इलेक्ट्रोनिक्समा धेरै फरक छ। पहिलो कुरा त सिजी इलेक्ट्रोनिक्स नेपाली बजारमा सर्टिफाईड ब्राण्ड हो। हाम्रो फ्याक्ट्री, उत्पादन, त्यसको गुणस्तर, व्यवसायिक पोलिसी सबै अनुगमन गरेर सर्टिफाईड गरिन्छ। त्यहि सर्टिफाईड पश्चात नै हामीले ट्रेडमार्क लिएका छौं, जुन अरु कम्पनीमा बिरलै हुन्छ। 

दोस्रो कुरा, सिजी इलेक्ट्रोनिक्सका कयौं सामग्री नेपालमै उत्पादन हुन्छ भने केहि सोर्सिंग हुन्छ। ग्राहकहरुले सिजी इलेक्ट्रोनिक्सबाट 'फर्स्ट सर्भिस' पाउँछन। ग्राहकको गुनासोलाई हामिले फर्स्ट ह्याण्डमा नै समाधान गर्छौं। हाम्रा उत्पादनको विश्वसनीयताको अर्को आधार भने हाम्रा उत्पादन समय सान्दर्भिक र आवश्यकता अनुसार मोडिफाइड हुँदै आएका छन। जसलाई ग्राहकहरुले अधिक रुचाएका छन। 

महत्त्वपूर्ण कुरा, ग्राहकको सन्तुष्टि र सामग्रीको गुणस्तरीयतामा सिजी इलेक्ट्रोनिक्सले कुनै सम्झौता गर्दैन। त्यसैले त हामि नेपालकै ठुलो इलेक्ट्रोनिक्स ब्राण्डको हैसियतमा ग्राहकहरुलाई सेवा दिंदै आएका छौँ।


शहर केन्द्रित मात्र हुने हो कि अब ग्रामिण क्षेत्रमा पनि प्रवेश गर्ने सोच्दै हुनुहुन्छ ?

माग अनुसार बजार बिस्तार गर्दै जाने हो। देश अब लोडसेडिङ मुक्त जस्तो भईसकेको छ भने नेपालीको जीवनशैली पनि परिवर्तन हुँदैछ। यसै कुरालाई महसुस गर्दै हामीले ग्रामिण क्षेत्रमा बजार बिस्तारकै लागि बर्ग छनौट गरेका छौं।

सिजिको जुन ब्राण्ड छ, मध्यम तथा कम आम्दानि भएका समुहहरुलाई सम्बोधन हुने गरि सिजी इलेक्ट्रोनिक्सले सामग्री तयार गरेको छ। सुपथ मुल्यमा ग्राहकलाई गुणस्तरीय सामान दिएका छौं। त्यसैले पनि ग्रामिण क्षेत्रमा पनि हामीले डिलर बिस्तार गरिसकेका छौँ।

देशभर सिजी ब्राण्डको मात्रै २०० भन्दा बढी डिलर विस्तार भईसकेका छन्। कम मुल्यमा गुणस्तरीय सामान ग्रामिण क्षेत्रमा पुर्याउन उनीहरुलाई परिचालन गरि 'ट्रान्सपोर्टेसन' मा ध्यान दिएर सामाग्रीहरु शहर देखि ग्रामिण क्षेत्रसम्म पनि पुर्याएका छौं। 

हामि 'अन टाइम सेल्स' मा बिश्वास गर्दैनौं। ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हो। त्यसैले उत्पादनमा कुनै समस्या आए त्यसको तुरुन्त समाधान हुनेगरि धेरै सर्भिस सेन्टर समेत विस्तार गरेका छौँ। 

कम गुणस्तरको सामग्री बेच्दा हाम्रो सर्टिफाईड लाई पनि असर पार्छ। त्यसैले पनि गुणस्तरमा ध्यान दिनुको बिकल्प छैन। डिलर र सर्भिस सेन्टरको विस्तारले ग्राहकले धरै समस्या फेस गर्नुपर्दैन। मेसिनरी सामान भएकाले सामान्य समस्य आउन सक्छ, त्यसको समस्या आएकामा हामि हाम्रा सर्भिस सेन्टर र टोल फ्री नम्बरमा आएको कलको आधारमा २४ घण्टा भित्र समस्या हाल गर्छौं। 

सर्टिफाईड ब्राण्ड भएकाले इलेक्ट्रोनिक्स सामान बेच्ने कम्पनीहरुबीचको प्रतिस्पर्धा मैत्रीपूर्ण भएन भनिन्छ, यस्तो अवस्थामा तपाई कसरि अगाडी बढ्दै हुनुहुन्छ ?

यस्तो गुनासो आउनुमा फरक फ्याक्टर छन। केहि कम्पनिका 'अन टाइम सेल्स' रणनीतिले यस्तो गुनासो आएको हुन सक्छ। ग्राहकले पनि सर्टिफाईड कम्पनिद्वारा उत्पादित सामग्री खरिद गर्नुपर्यो। समस्या पर्दा तत्काल समाधान हुने कम्पनिका उत्पादन लिनु पर्यो। त्यसो गर्दा यस्तो गुनासो स्वत: कम हुँदै जान्छन। 

अर्को तर्फ हामीले नेपाली बजारको माग अनुसार नै आफ्ना सामग्रीहरु बजारमा पुर्याएका छौँ भने ग्राहकहरुको गुनासोलाई २४ घण्टा भित्र सम्बोधन गरेका छौँ। त्यसैले पनि सर्भिस सेन्टरको विस्तार व्यापक बनाएका छौँ। ग्राहकलाई अझ सहज होस भनेर टोल फ्री को सुविधा दिएका छौँ। 


सिजी इलेक्ट्रोनिक्सले नयाँ केहि प्रोडक्ट ल्याउँदै छ ?

भर्खरै मात्र हामीले जाडो सिजनमा इलेक्ट्रिक गिजर फस्टमा ल्याएका हौँ, यसको अत्यन्त राम्रो प्रभाब परेको छ। कुनै उपभोक्ताको आलोचना आएको छैन। अहिले सिजी ८६ इन्च टिभी नेपाली बजारमा भित्र्याएका छौं। यसमा पनि हाम्रो टार्गेट पुरा भएको छ। 

नेपालमा ब्यवसायीहरु उद्योगी बन्न छाडेर ट्रेडर बन्दै गएका छन, सिजीले कहिलेसम्म नेपालमै सबै विद्युतीय सामग्री उत्पादन गर्छ ?

अवश्य नै, तपाईले भनेजस्तै नेपालमा व्यवसायीहरु उद्योगी बाट ट्रेडर बन्दै गएका छन। यसका धेरै कारण छन। तर पनि हामि उत्पादनमा नै जानु पर्छ भनेर उत्पादनलाई प्राथमिकतामा राखेका छौँ। 

हामीले टिभी उत्पादन सुरु गरिसकेका छौं। त्यस्तै एलइडी बल्ब पनि उत्पादन गर्दैछौं। अब हामि साना साना समानबाट उत्पादनमा जाने योजनामा छौं। उत्पादनमा जाने भनेको कम्पनिको समग्र योजनासंग पनि जोडिनु हो। नेपालमै उत्पादन गर्दा हामि ग्राहकलाई गुणस्तरीय सामान अझ सस्तोमा दिन सक्छौं भन्ने कोणबाट हामि छलफलमा केन्द्रित छौं।    

नेपालको इलेक्ट्रोनिक्स सामाग्रीमा सिजी ब्राण्डको हिस्साको अवस्था के छ ?

नेपाली बजारमा इलेक्ट्रोनिक्स सामग्रीको ठुलो हिस्सा चिनिया सामग्रीको छ। हामीले कुल हिस्साको १० प्रतिशत दाबि गर्छौं। मिसन २०२० भनेर हामीले मिसन नै सुरु गरेका छौं। यस मार्फत हामि अबका दुई बर्षमा हाम्रो बजार हिस्सा २० प्रतिशत पुर्याउनेछौं। यसका लागि हामि नयाँ प्रोडक्ट पनि थप्छौं। 


नेपालको रोजगारीको क्षेत्रमा सिजी इलेक्ट्रोनिक्सको योगदान के छ ?

सिजीले नेपालको रोजगारीको क्षेत्रमा ठुलो योगदान दिएकै छ। त्यसमा पनि सिजी इलेक्ट्रोनिक्सले पनि नेपालको रोजगारीमा योगदान दिएको छ। सिजी इलेक्ट्रोनिक्समा प्रत्यक्ष रुपमा ५०० ले रोजगारी पाएका छन्। सिजी इलेक्ट्रोनिक्सले नेपालमै टिभी उत्पादन गर्दै आएकोमा अब थप सामग्रीपनि उत्पादन गर्दैछ। यसले पक्कै पनि रोजगारीको संख्या बढाउने नै छ। 


ग्राहकका लागि यहाँको संदेश के छ ?

बजारमा धेरै थरिका अनेक इलेक्ट्रोनिक्स सामग्री उपलब्ध छन। सस्तो भन्दैमा त्यसको गुणस्तरीयता र विश्वसनीयतालाई पनि बिर्सिनु हुँदैन। त्यहिमाथि मेसिनरी सामान भएकाले सामान्य समस्याहरु आईनै रहन्छन त्यसैले तत्काल समस्याको समधान गरिदिने कम्पनिको सामान किन्न मेरो अनुरोध छ। 

सकेसम्म विश्वसनीय र नेपालको सर्टिफाईड कम्पनिका इलेक्ट्रोनिक्स सामग्री किन्नुपर्छ। त्यसमा पनि सर्भिस सेन्टर र टोल फ्रीको सेवा दिने कम्पनिका सामग्री खरिद गर्दा भोलि समस्या आएको बेलापनि तत्काल समाधान पाइन्छ। 

अर्को कुरा देश बनाउन सबैको योगदानको आवश्यकता हुन्छ। सिजीले पनि सकेसम्म नेपालमा नै उत्पादन गरि इलेक्ट्रोनिक्स सामग्री बिक्रि गरि रहेको छ र टिभीसंगसंगै अरु सामग्री पनि उत्पादन गर्ने योजनामा छ। यसले देशको राजश्व र रोजगारीमा पनि ठुलो सहयोग मिल्ने हाम्रो अपेक्षा छ। 

सिजी ब्रान्डका इलेक्ट्रोनिक्स सामग्री प्रयोग गर्नुहोस र यसलाई अझ उत्कृष्ट बनाउन सल्लाह र सुझाब दिनुहोस भन्न चाहन्छु।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved