'महालक्ष्मीले सपना देखाएर बीमा पोलिसी बेच्दैन' सीईओ भट्टराईको अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 16, 2019 | 01:14:06 AM मा प्रकाशित

laxmi  sunrise bank

कान्छो बीमा कम्पनीको रूपमा फागुन २७ देखि औपचारिक कारोबार थालेको महालक्ष्मी इन्स्योरेन्सले आकर्षक योजनासहित बजार बिस्तारमा आक्रामक देखिएको छ। संचालनमा आएको डेढ महिनामै देशभरका ४० भन्दा बढी जिल्लामा अभिकर्ता तालिम, अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न गरिसकेको छ। 

बीमा समितिबाट २३ वटा शाखा संचालनको अनुमति लिएको महालक्ष्मीले देशका महत्त्वपूर्ण स्थानहरुमा आफ्नो उपस्तिथी जनाईसकेको छ। काठमाडौंमा १० वटा शाखा गरि देशका मुख्य मुख्य शहरहरुमा महालक्ष्मीले आफ्ना शाखा संचालनमा ल्याइएसकेको छ। छोटो अवधिमै आफ्नो उपस्तिथीको व्यापक प्रचार प्रसार गर्न सफल देखिएको महालक्ष्मी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईसँग कम्पनीको प्रगति, बीमा बजार र आगामी योजनाबारे बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलिले कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

महालक्ष्मीलाई बोकेर देश दौडाहा अभियानमा हुनुहुन्छ, कार्य प्रगति कहाँसम्म पुर्याउनु भयो ?

नेपालका ४० भन्दा बढी जिल्लाहरुमा अभिकर्ता तालिम, अन्तरकृया र छलफल कार्यक्रम सम्पन्न गरिसकेका छौँ। बीमा समितिबाट २३ वटा शाखा संचालनको अनुमति लिएकोमा काठमाडौंमा १० वटा र देशका मुख्य शहरहरुमा शाखा संचालनमा ल्याईसकेका छौँ। 

शाखा संचालनमात्र पर्याप्त नभएको र बैंकहरुले पनि बीमाको कारोबारलाई प्राथमिकता दिएकाले दर्जन बढी बैंकहरुसंग बीमा सेवा सम्बन्धी सहमति गरि ती बैंकका सयौं शाखा मार्फत महालक्ष्मीको बीमा सेवा उपलब्ध गराएका छौं। अझैं करिब दर्जन हाराहारीसंस्थासंग सम्झौताको तयारिमा छौँ। एक अर्थमा भन्दा हामि अत्यन्त आक्रामक रुपमा बजारमा फैलिएका छौं। 

प्रतिस्पर्धी भन्दा बर्षदिन ढिलोगरि संचालनमा आउनुभएको छ, काम गर्न कठिनाई कस्तो छ ? 

अहिलेपनि बीमा बजार खालि नै भएको देख्छु। आजको दिनमा बीमा बजारलाई हेर्दा प्रसस्त अवसर देखेको छु। पहिले संचालनमा आएका कम्पनीमा ९ वटा कम्पनी एकै पटक थपिँदा त्यसले बजारमा केहि अस्वस्थ प्रतिस्पर्धा देखिएकै हो। बीमा पोलिसी बिक्रि गर्ने कुरामा समेत  प्रतिस्पर्धा यस्तो छ कि बीमा पोलिसी पनि सपना देखाएर बिक्रि गरिएको छ। कपि पेष्ट गरेर बीमा पोलिसी ल्याउँदा त्यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढाएको छ भन्ने कुरा तपाईहरुकै संचार माध्यममा पढ्न परेको छ। 

तर महालक्ष्मीले सपना देखाएर पोलिसी बेच्दैन। हामीले सर्वसाधारणलाई नै सोधेर के गर्दा उनीहरुलाई बढी फाइदा हुन्छ भन्ने अध्ययन गरेर त्यहि अनुसारको युनिक पोलिसी ल्याएका छौँ। ८३ प्रतिशत बीमा बजार अझैं खाली छ। त्यसैले पनि महालक्ष्मीले बीमा बजारमा अथाह सम्भावना र अवसर देखेर अघि बढिरहेको छ। 

तथ्यांकले बीमा बजार बढ्न नसकेको देखाएको छ, कम्पनीको संख्या कम भएको हो वा बीमा बारे जनचेतना नबढेको हो ?

बिगतमा बीमा गर्नलाई डर त्रास देखाइन्थ्यो त्यो अवस्था आज पनि केहि मात्रामा भेटिन्छ। तर पहिलेका दिनको तुलनामा अहिले बीमा बजारबारे आम जनमानसमा जनचेतना बढेको छ। तर अझैं पनि यो पर्याप्त छैन। संख्या कम भएको भने होइन भन्ने मलाई लाग्छ। 

शाखा संचालन र प्रचार प्रसारमा आक्रामक हुनुहुन्छ, आम्दानी कस्तो छ महालक्ष्मीको ?

बीमा र बैंकको आम्दानीलाई तुलना गर्ने हाम्रो बानि छ। बैंकको शाखा संचालन भएपछि ग्राहक आउँछन, पैसा जम्मा गर्छन, केहिले ऋण लिन्छन र बैंकिङ कारोबार सुचारु हुन्छ र बैंकको पनि आम्दानी हुन थाल्छ। तर त्यस्तै अवस्था बीमा कम्पनीको हुदैन। यो एजेन्टमा आधारित व्यवसाय हो। आजको दिनमा पनि बीमाबारे चेतना नफैलिएकोले एजेन्ट संजालमा पूर्ण रुपमा भर पर्नुपर्ने अवस्था छ। 

बैंकले घरको दैलो दैलोमा बैंकिङ पुर्याईसकेका छन तर त्यहि अवस्था बीमा कम्पनीमा छैन। त्यहि भएर पनि महालक्ष्मीले संचालनको डेढ महिनामै ४० भन्दा बढी जिल्लामा अभिकर्ता तालिम सम्पन्न गरि ६०० बढी अभिकर्ता बनाईसकेको छ, अझैं ६०० भन्दा बढी पाइपलाइनमा छन। 

गाउँगाउँमा एजेन्ट पुगेर बीमा सेवा दिंदै गर्दा सेवाग्राहीले नजिकैको स्थानबाट सहजै आफ्नो पोलिसी प्रोसेसिंग गर्न पाए भने सेवाग्राही पनि खुसि हुन्छन। त्यसैले हामीले एजेन्टको संख्या बढाउनुको साथ साथै आउटलेटको संख्या पनि उत्तिकै बढाईरहेका छौँ। त्यसैले हामीले अहिले नै आम्दानी तर्फ ध्यान दिएको छैन। अहिले हामि शाखा बिस्तार तथा कारोबार बिस्तारमा केन्द्रित छौँ। त्यसपछि त हाम्रो बीमा बजार बढी हाल्छ र आम्दानी भईहाल्छ। 

सेवाग्राहीले बैंकमा गएर बीमा सेवा लिने कि सम्बन्धित कम्पनीकै शाखामा गएर ?

बैंक आफैंमा सर्वसाधारणले धेरै विश्वास गरेको संस्था हो। अगाडी आएर बैंकले नै बीमा सेवा दिने अभ्यास भर्खरै बढेको छ। यसले बैंकको आम्दानी मात्र नभई बीमा प्रतिको सर्वसाधारणको बिश्वास पनि बढ्ने मैले देखेको छु। 

अहिलेकै रफ्तारमा बैंकले बीमा सेवा दिने हो भने भोलिका दिनमा अभिकर्ताले भन्दा बैंकले दिने बीमा सेवाको हिस्सा ठुलो हुने देख्छु। कहाँ गएर बीमा सेवा लिने भन्ने कुरा ठुलो होइन, कसको बीमा पोलिसी बढी लाभदायक छ त्यो हेर्ने हो। 

बैंकले नै अभिकर्ताको काम गरिदिएपछि अभिकर्ताले बेरोजगार हुँदैनन र ?

पक्कै पनि बैंकले नै बीमा सेवा दिएपछि बीमा बजार बढ्नेमा कुनै शंका छैन तर बैंकले बीमा सेवा दिंदै गर्दा धेरै अभिकर्ताको रोजी रोटि खोसिने चुनौती देखेको छु। बर्षौंदेखि अभिकर्ताको रुपमा काम गरिरहेका अभिकर्तालाई पलायन हुनबाट रोक्नका लागि पनि राज्यले एजेन्टमा आधारित बीमा सेवालाई प्रोत्साहन दिनै पर्छ। यसकालागि बैंकले बेच्ने बीमा पोलिसि र अभिकर्ताले बेच्ने बीमा पोलिसी फरक गराउने नीति राज्यले लिनुपर्छ। बैंकले बेच्ने पोलिसी र अभिकर्ताले बेच्ने पोलिसीबीच भिन्नता हुनै पर्छ। 

महालक्ष्मीको पोलिसी नै किन भनेर प्रश्न गर्दा यहाँको जवाफ के हुन्छ ?

मैले बिभिन्न फोरममा पनि महालक्ष्मीको पोलिसी किन रोज्ने भन्ने जवाफ दिंदै आएको छु। पहिलो कारण महालक्ष्मीमा ५ वटा बैंकको लगानी रहेको छ। त्यसैले पनि यो बलियो छ। 

दोस्रो कारणमा लामो समयदेखि जीवन बीमामा काम गरिरहेका व्यक्तिहरुको संयुक्त टिम छ महालक्ष्मीमा। मैले नै दुईवटा कम्पनीको सफल नेतृत्त्व गरिसकेको छु। 

तेस्रो पोइन्ट, महालक्ष्मीको प्रोडक्ट नै युनिक छ। महालक्ष्मी डबल बीमा योजना, महालक्ष्मी लगानी फिर्ता योजना जस्ता युनिक बीमा प्रोडक्ट हामीले ल्याएका छौँ। हिजोका दिनमा बीमा कम्पनीले पैसा डबल हुन्छ भनेर बीमा पोलिसी बेचेका थिए त्यसैले त्यहि सेन्टिमेन्ट र आवश्यकतालाई ध्यानमा राखेर हामीले यो योजना ल्याएका छौँ। 

अर्को तर्फ निर्जिबन बीमा कम्पनीहरुले टर्म पोलिसी बिक्रि गर्दै आएका थिए। औषतमा ४-५ प्रतिशतले मात्रै टर्म पोलिसीबाट फाइदा उठाएको पाइन्छ बाँकीले यसबाट प्रत्यक्ष लाभ लिन नपाएको अवस्था छन। पैसा तिरेर अन्तिममा कुनै सुविधा नपाउँदा टर्म पोलिसी लिंनेको मन पोलेको थियो। यहीं 'ग्याप' लाई ध्यानमा राखेर महालक्ष्मीले 'महालक्ष्मी लगानी फिर्ता योजना' ल्याएको हो। दुर्घटना नहुनेले पनि फाइदा पाउन भन्ने उदेश्यले हामीलाई थोरै फाइदा हुने गरि यो योजना ल्याएका हौँ। यस योजनामा निश्चित अवधिका लागि पैसा तिर्दा जोखिम कभर हुन्छ, निश्चित अवधि भित्र कुनै दुर्घटना भएन भने बिमितले तिरेको पैसा फिर्ता पाउँछ। यस्तो बीमा पोलिसी बजारमा अरु कोहिसंग छैन। 

चौथोमा अभिकर्ताको युनिक संजाल हो। महालक्ष्मीमा अभिकर्ताको संजाल चार तहको छ। ए, बि, सी, डी गरि चार तहको संजाल छ। डी मा अभिकर्ता हुन्छ, त्यसमा उसले बेचेको पोलिसीको कमिशन पाउँछ। त्यसमा उसले बेचेको पोलिसीको आधारमा सी ले ३ प्रतिशत, बि ले ३ प्रतिशत  प्रतिशत, र ए ले २ प्रतिशत कमिशन पाउँछ। यसले अभिकर्तालाई फाइदाको साथै प्रोत्साहन पनि दिन्छ। यो चार तहको संजाल नै महालक्ष्मीको चौथो बलियो आधार हो। 

पाँचौंमा महालक्ष्मी इन्स्योरेन्स विश्वको नम्बर एक पुनर्बिमा कम्पनीसंग हामि आबद्ध छौँ। यहाँका धेरै कम्पनीले जर्मनीको म्युनिखसंग आबद्द हुने प्रयास गरे तर हामि मात्र सफल भयौं। यो संस्थासंग आबद्द हुँदा हामीलाई एक करोडसम्मको एक्सीडेन्टल डेथ बेनिफिट दिएको छ। जुन अरु कुनै बीमा कम्पनीसंग यो सुविधा छैन। ४० लाखसम्मको नन मेडिकल सुविधा दिएको छ। हाम्रो कर्मचारीलाई अन्तर्राष्ट्रिय गुणस्तर र मापदण्डअनुसारको तालिम समेत दिएको छ। यिनै पांच कारण महालक्ष्मी अरु भन्दा किन बलियो र उत्कृष्ट छ भन्ने आधार हो।

अबको कति बर्षमा महालक्ष्मी नम्बर एक जीवन बीमा कम्पनी बन्छ ?

हामीले औपचारिक रुपमा आफ्नो कारोबार संचालनको घोषणा गरेकै दिन अबको दुई बर्षमा नयाँ दश कम्पनी मध्ये उत्कृष्ट बन्ने र पांच बर्षभित्र नम्बर एक कम्पनी बन्ने घोषणा गरेका छौँ। 

यो घोषणाको लागि घोषणा होइन। हिजो गरेको कामको आधार नै मेरो बलियो पक्ष हो। विगतमा काम गरेको नेपाल लाइफलाई मैले एक नम्बर बनाए । एशियन लाइफलाई पनि एक नम्बरमा बनाए । यहाँ आउनुअगाडी त्यही विश्वासले महालक्ष्मी बैंकको सिइओ थिए । त्यो बैंकलाई पनि विकास बैंकमा एक नम्बरमा बनाएर छोडे । तीन वटा कम्पनीलाई एक नम्बर बनाएको हुनाले यस कम्पनीलाई पनी नम्बर १ बनाउन सकिने मेरो विश्वास छ । मुख्य त हिजो काम गरेको सफलता नै आधार हो।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved