'संघ आफैं निर्णयकर्ता होइन, नेतृत्त्वले केहि गरेन भन्नु गलत' अध्यक्षको निर्वाचन बिशेष अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 19, 2019 | 10:12:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आगामी असार २७ गतेलाई तोकिएको छ। यहि जेठ २४ गते बसेको संघको कार्यसमितिको बैठकले आगामी असार २७ गतेलाई निर्वाचन गर्ने निर्णय गरेको हो।

वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको व्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने लगायतका ५ बुंदे माग राखेर म्यानपावर व्यवसायीहरु बिभिन्न ५ बुंदे माग राखेर आन्दोलनमा छन। 

बिधानअनुसार बिशेष साधारणसभा डाकेर त्यसले अहिलेको कार्यसमितिको म्याद थप नगरे संघको कार्यसमितिको २ वर्षे कार्यकाल असार २७ सम्म रहनेछ।  म्यानपावर व्यवसायीले राखेका कुनै पनि माग अहिलेसम्म पुरा भएका छैनन। आन्दोलन नै टुंगोमा नपुगी म्यानपावर व्यवसायीहरु आन्दोलनमा किन भन्ने प्रश्न समेत उब्जिएको छ।

आन्दोलन नटुंगिएसम्म बिधान संसोधन गरेर अहिलेको कार्यसमितिलाई नै निरन्तरता दिने ठाउँ हुँदाहुँदै पनि म्यानपावर व्यवसायीहरु त्यो बाटो रोज्ने पक्षमा देखिएका छैनन। जसले गर्दा म्यानपावर व्यवसायीबीच धेरै असन्तुष्टि रहेको बुझ्न सकिन्छ।  

संघमा निबेदन परेपछि बिशेष साधारणसभा बोलाउन सक्ने ठाउँ हुन्छ। २५१ म्यानपावर व्यवसायीहरुले सामुहिक रुपमा हस्ताक्षर गरेर बिधान संसोधन गरि अहिलेको कार्यसमितिलाई नै केहि समयलाई निरन्तरता दिने विकल्प हुँदा हुँदैपनि व्यवसायीले निर्वाचन नै रोजेका छन। संघमा हाल ९ सय ८३ संस्था आवद्ध छन् । 

संघको आगामी निर्वाचनको मिति तोकिएसगै म्यानपावर व्यवसायी विच तीव्र मतभेत बढेको छ। विशेषगरि नेकपा समर्थित प्रगतिशील बैदेशिक रोजगार व्यवसायी मंच र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमविच संघको नयाँ निर्वाचन गर्ने कि नगर्ने भन्नेमै विवाद देखिएको छ। 

संघको निर्वाचन गर्ने निर्णयलाई लिएर नै व्यवसायी विच नै अहिलेको अवस्थामा निर्वाचन आवश्यकता हो, कि होइन भन्ने विवाद सतहमा आएको छ। सरकारले एकतर्फी धरौटी रकम बढाएको र व्यवसायीका माग सुनुवाई नभएको अवस्थामा सबै मिलेर सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिएका छन भने केहिले निर्वाचनको विकल्प नरहेको बताउदै आएका छन। यसै सन्दर्भमा बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलिले  आगामी निर्वाचनमा केन्द्रित रही बैदेशिक रोजगार व्यवसायी  संघका अध्यक्ष रोहन गुरुङसंग कुराकानी गरेको छ। प्रस्तुत छ भिडियो कुराकानीको सम्पादित अंश:  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved