'बिग मर्जरले एकाधिकार जन्माउँछ' राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक थापाको अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 21, 2019 | 04:14:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंक आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारिमा जुटेको छ । मौद्रिक नीति कस्तो हुनुपर्छ भन्ने बिषयमा सरोकारवालाहरुले सल्लाह सुझाब दिने क्रम जारि छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहँदा बजारमा भने  बिग मर्जरको भर्चा चलिरहेको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत ठुला बाणिज्य बैंकलाई मर्ज गराउने संकेत गरेसंगै मेगा मर्जले झनै स्थान पाएको छ । वित्तीय क्षेत्रले आयोजना गरेको अधिकांश फोरमहरुमा मेगा मर्जरले स्थान पाउने गरेको छ । 

बैंकहरुको संख्या धेरै भएकाले बैंकिंङ प्रणालीमा तरलता अभाव रहेको, बैंकहरुबीच अश्वस्त प्रतिस्पर्धा बढेको भन्नेहरुले यसको बैकहरुको मर्जरलाई समाधानको रुपमा लिएका छन। नेपाल राष्ट्र बैंकका पुर्व र्कायकारी निर्देशक तथा अर्थशास्त्री नरबहादुर थापा भने विग मर्जरलाई राष्ट्रिय एजेन्डा बनाउन नहुने बताउँछन् । 

सन् २०१२ मा ३१ वटा वाणिज्य बैंक, ८८ वटा विकास बैंक र ७९ वटा फाइनान्स रहेकोमा अहिले त्यो संख्या धेरै घटेको उनी बताउछन । अहिले बैंकहरुमा देखिएको समस्या संख्या कै कारणले नभएको उनको भनाई छ। सबैभन्दा पहिले विग मर्जर के को लागि भन्ने प्रस्ट हुन जरुरी रहेको थापा बताउँछन् । बैंकहरुलाई फोर्स मर्जर गराउँदा बैंकिङ समस्या समाधानको साटो बढ्न सक्ने उनको भनाई छ । स्वेच्छिक रुपमा मर्जमा जाने संस्थालाई भने केन्द्रिय बैंकले प्रोत्साहन दिनुपर्ने उनको भनाई छ । 

बैंकहरुको संख्या कम हुँदा बैंकीङ क्षेत्र केही बैंकको हातमा जाने र यसले एकाधिकार उत्पन्न हुने उनको दाबी छ ।  यस्तो हुँदा राष्ट्र बैंकको वित्तीय पहुँच विस्तार र समावेशी बैंकीङ अवधारणामा धक्का लाग्नुको साथै राष्ट्र बैंकलाई अर्को चुनौति आउन सक्ने उनको भनाई छ । 

राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा वित्तीय क्षेत्रलाई कसरी समेट्नुपर्छ, विग मर्जर मुलूकको आवश्यकता हो कि  होइन, विग मर्जरले वित्तीय क्षेत्रमा कस्तो प्रभाव पार्न सक्छ , वित्तीय क्षेत्रमा देखिएको समस्याको समाधान के हुन सक्छ, लघुवित्तहरुको लाइसेन्स र मर्ज लगायतका बिषयमा रहेर बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलिले नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक नर बहादुर  थापासँग कुराकानी गरेको छ। 

प्रस्तुत छ सोहि भिडियो अन्तर्वाता : 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved