नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकरहरुलाई मार्जिन कारोबारको अनुमति दिएको छ। अहिलेलाई ८ ब्रोकरले औपचारिक रुपमा अनुमति पाएका छन भने थप ३ ब्रोकर पाइपलाइनमा छन।
क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (ब्रोकर नम्बर ५०), भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४), सेक्युर्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३६), श्रीकृष्ण सेक्युरिटिज (ब्रोकर नम्बर २८), प्राइम सेक्युरिटिज (ब्रोकर नम्बर १६), नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४), दीपशिखा सेक्युरिटी (३८) र कोहिनुर सेक्लायुरिटी (३५) लाई अनुमतिपत्र पाएका छन।
त्यस्तै नेपाल राष्ट्र बैंकबाट दिव्या सेक्युरिटिज (ब्रोकर नम्बर ५९), आर्यतारा सेक्युरिटिज (ब्रोकर नम्बर ५७) र दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३३) ले अनुमति पाइसकेका छन। निकट भविष्यमा नै यिनीहरुले नेप्सेबाट मार्जिन कारोबारको अनुमति पाउनेछन।
सामान्यतया सेयर खरिद गर्ने प्रयोजनका लागि ऋण स्वरूप रकम उपलब्ध गराउन सक्ने व्यवस्थालाई धितोपत्रको मार्जिन कारोबार भन्ने गरिन्छ। यो एक प्रकारको अल्पकालीन कर्जा हो। मार्जिन कारोबार उपलब्ध गराएबापत ब्रोकरले आपसी सहमतिमा ग्राहकसंग सेवा शुल्क र ब्याज लिन पाउनेछन।
मार्जिन कारोबारको व्यवस्थाले थप पूँजी उपलब्ध भई कारोबार सङ्ख्या बढ्न जाने र त्यसले तरलता बढ्ने अपेक्षा गरिएको छ। यसले सेयरको दोस्रो बजारलाई थप विकसित र परिपक्व बनाउन मद्दत मिल्ने बिश्वास लिइएको छ।
ब्रोकरलाई मार्जिन कारोबारको अनुमति दिएसंगै त्यसबाट सेयरका लगानीकर्ता उत्साहित भएका छन। सबै लगानीकर्ताले मार्जिन कारोबारको सुविधा सहजै पाउँछन भन्ने जसरि संदेश पुगेकाले लगानीकर्ता धेरै नै उत्साहित भएको बताइएको छ। तर यथार्थमा सबै लगानीकर्ताले मार्जिन कारोबारको सुविधा भने पाउनेछैनन। कुन ग्राहकले मार्जिन कारोबारको सुविधा पाउँछ भन्नेकुरा ब्रोकरमा निर्भर रहनेछ।
मार्जिन कारोबारलाई लिएर सेयरका लगानीकर्तामा उठेका प्रश्न, जिज्ञासा र चाँसोलाई सम्बोधन गर्नका लागि बिजपाटी डटकमले स्टक ब्रोक्रर एशोसियनका अध्यक्ष भरत रानाभाटसंग कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित भिडियो अंश: