'जनता सचेत छन, बोनसको लोभले बीमा पोलिसी बिक्रि हुदैन' सूर्या लाइफका सीईओको अन्तर्वार्ता

विजय पराजुली

विजय पराजुली

Jun 30, 2019 | 04:58:04 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय बीमा क्षेत्रमा मर्जरको चर्चा चलिरहेको छ। सरकारले बजेटमा नै मर्जरलाई प्राथमिकतामा राखेको छ। मर्जरमा जाँदा छुट दिने कुरा बैंक तथा वित्तीय संस्थालाई मात्र रहेकोमा आगामी आर्थिक वर्षमा बीमालाई पनि दिने भएको छ। सरकारले पनि मर्जरलाई प्राथमीकतामा राखेको र नियमन निकायले त्यही अनुसारको मर्जरको नीति ल्याइसकेको छ।  

अहीले मर्जको लागि उपयुक्त समय हो की होइन भन्ने कुरा बजारमा चर्चाको बिषय बनेको छ। १० वटा जीवन बीमा कम्पनीले हालै मात्र  लाइसेन्स पाएको बर्षदिन नबित्दै मर्जरको सरकारले ल्याएको मर्जरको बिषयमा व्यापक छलफल रहिरहेको छ।

हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरु सिमित व्यवसायीको हातमा रहेकाले मर्जर सम्भव नभएको विश्लेषण गरिएको छ भने केहिले सरकारले चाहेको अवस्थामा जीवन बीमा कम्पनीको समेत मर्जर सम्भव रहेको बिचार व्यक्त गरेका छन। जीवन बीमाहरुको मर्जरको सम्भावनाबारे बिजपाटी डटकमले '' शिर्षकमा विश्लेषण सहितको टिप्पणी लेखेको छ। 

जीवन बीमा कम्पनी बढेपनि बीमाको व्यवसाय अपेक्षाकृत रुपमा बढ्न नसकेको आरोप समेत लाग्दै आएको छ। जीवन बीमाको बजार १८ प्रतिशत मात्रै रहेको अवस्थामा बीमा कम्पनीहरुसंग ब्यापार र व्यवसाय बिस्तारको सम्भावना उत्तिकै छ। जीवन बीमा कम्पनीको संख्या घटाउने कि उनीहरुको क्षमता बढाउने भन्ने बहसको बिषय बनेको छ। यहि बिषयलाई समेटेर बिजपाटी डटकमका लागि विजय पराजुलीले सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेसंग कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंश: 

सरकार र नियमक निकायबाट नीतिगत रुपमा अगाडी बढीसकेको छ । सरकारले बजेटममा समावेश गरेको छ भने नियामकले पनि स्वेच्छिक मर्जरमा नगए क्रस होल्डिङ अस्त्र प्रयोग गर्ने बताएका छन् नी ?

सरकारले बजेटमा मर्जरमा जाने बीमालाई कर छुटको ब्यवस्था गरेको छ । तर अर्को कुरा के ध्यान दिन जरुरी छ भने हाम्रोमा जीवन बीमा कम्पनी र र्निजिवन बीमा कम्पनी गरे दुई किसिमका बीमा कम्पनी छन। जीवनमा जस्तो निर्जीवन बीमामा लाइसेन्स वितरण भएको छैन। जीवनमा १० वटा थपिदा निर्जीवनमा तीनवटा मात्रै नयाँ लाइसेन्स थपिएका छन।   

चुक्तापुँजी पनि जीवनको भन्दा निर्जिवन बीमामा कम छ। यस्तो परिस्थितिमा नियामकले कानुन परिमार्जन गरेर मार्ग प्रशस्त गरेको छ। बीमा समितिको अध्यक्षले पनि केही कार्यक्रममा मर्जरको आवश्यकता जीवनमा भन्दा र्निजिवन बीमामा रहेको बताइरहनुभएको छ । जीवनमा मर्जरको बेला अलि भएको छैनकी जस्तो मलाई लाग्छ। 

नयाँ जीवन बीमा कम्पनी आएपछि प्रतिस्पर्धा कतिको बढेको छ ?

बजारमा नयाँ प्लेयरको प्रवेश पछि प्रतिस्पर्धा स्वभाविक रुपमा बढ्छ । तपाईहरुले पनि देखिरहनुभएको छ। कस्तो प्रतिस्पर्धा भइरहेको छ भन्ने । यसमा मैले केही बताउनुपर्छ जस्तो लाग्दैन । 

नयाँ कम्पनीको प्रवेशसँग अस्वस्थ प्रतिस्पर्धा बढेको छ भन्ने सुनिन्छ नि ? 

अस्वस्थ प्रतिस्पर्धा के लाई भन्ने भन्ने कुरा आउँछ । एउटाले गर्दा ठिक अर्कोले गर्दा अस्वस्थ भन्ने हुँदैन। 

केही स्थापित र ठुला कम्पनीले बोनसलाई देखाएर पोलिसि बेचिरहेका छन् भन्ने सुनिन्छ नी ? 

अहीले बीमीतहरु शिक्षित भईसकेका छन् । कुन कम्पनीले बोनस कति दिन्छ भन्ने कुरा बीमा कम्पनीलेहरुले आफ्नो वेबसाईड र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने हुन्छ। बीमा कम्पनीले आफुले चाहेर बोनस दिने होइन । फाइनान्सियल स्टेटमेन्ट एक्चुअरि भ्यालुएसन गरेर बीमा समितिले स्वीकृति दिएपछि मात्रै बोनस घोषणा गर्ने हो। पोलिसी एजेन्ट मार्फत विक्रि हुने हो। एजेन्टले पोलिसि विक्रि गर्नको लागि यति वर्षमा डबल दिन्छु यति बोनस दिन्छु भन्नु एजेन्टको पोलिसि विक्रि गर्नलाई भन्ने गरेको हुन सक्छ। त्यसको आधिकारीकता थाहा भएन । बोनसको रेट भनेको आधिकारीक रुपमा  निर्धारण हुन्छ र  त्यसलाई सार्वजनिक पनि गरिन्छ । 

बैंकले संस्थागत एजेन्ट लिएपछि पोलिसी बिक्रिमा अस्वस्थ प्रतिस्पर्धा बढेको छ भनिएको छ, बजार हल्ला मात्रै हो कि ? 

बीमा पोलिसि विक्रि गर्ने विभिन्न च्यानल हुन सक्छन् । तर नेपालमा अहिले सम्म पोलिसि विक्रि गर्ने माध्यम व्यक्तिगत अभिकर्ता नै हो। नेपालमा बीमा पोलिसि सप्लाई गर्ने बैकल्पनीक बाटो खोजिएको हो । यही अन्र्तगत कर्पोरेट एजेन्टको धारणा आएको हो । यो संसार भरि चलेको माध्यम   हो। बैंकहरुको देशभरि छरीएको चयानलबाट एउटा एमओयु गर्दा देशको सबै कुना काप्चाबाट बीमाको पोलिसि विक्रि हुन्छ भने यो गलत हो जस्तो लाग्दैन। कर्पोरेट एजेन्ट बीमाको पहुँच बढाउने उपयुक्त माध्यम हो जस्तो लाग्छ। यसमा कसैलाई समस्या हुन सक्छ तर नराम्रो केही भएको जस्तो लाग्दैन । अगाडी बढ्न पनि खोज्ने र समस्या आउँछ भनेर ब्याक हुनु हँदैन । अगाडी बढ्नको लागि च्यालेन्ज स्वीकार गर्नु पर्छ । 

यस्तै नेपालमा बैंक तथा वित्तीय संस्थाहरुमा जति नागरिकको विश्वसनीयत बीमा कम्पनीहरुमा देखिएको छैन । कर्पोरेट एजेन्ट बनाउँदा नागरिकले मैले बैंकमा नै बीमा पनि गरेकु छु प्रिमीयम पनि बैंकमै तिरेको छु त्यसैले मेरो पैसा हराउँदैन भन्ने विश्वास उनीहरुलाई हुन्छ । नागरिकको बैंक प्रतिको विश्वासलाई बीमा कम्पनीले क्यास गर्न लागेको हो । नराम्रो केही होइन यसलाई ब्यवस्थीत गर्न आवाश्यक छ जस्तो लाग्छ ।

सुर्या लाइफ उत्कृष्ट बीमा कम्पनीको रुपमा नै अगाडी बढेको देखिन्छ, बजार विस्तारको लागि कम्पनीले कस्तो पोलिसि र रणनिति लिएर अगाडी बढ्दै छ ? 

विजनेस गर्नको लागि र बजारमा स्थापित हुनको लागि पनि अरुको भन्दा कुनै नयाँ योजना ल्याउनुपर्ने आवश्यकता छ। प्रतिस्पर्धात्मक बजारमा नयाँ पन दिन सकीएन भने पोलिसि विक्रि हुने सम्भावना कमै हुन्छ। नेपालको बीमा बजारमा सबै बीमा कम्पनीको एउटै किसिमको पोलिसि छन। 

एउटाले ल्याएको पोलीसिमा केही परिर्वतन गरेर त्यसलाई विक्रि गरेका हुन्छन। एउटाले घातक रोगको १७ वटामा सुरक्षा दिन्छ भने अर्कोले २० वटा दिन्छ त्यति मात्र फरक छ । नयाँ कुरा केही छ जस्तो लाग्दैन । एउटाले ल्याएको पोलिसिमा अर्कोले प्रिमीयम कम गर्ने अथवा एउटा सुविधा थप वा घटाउने गर्ने मात्र हो ।  नयाँ प्रोडक्ट नल्याउने हो भने दिगो बन्न सकिदैन भन्ने सुर्या लाइफले बुझेको छ । त्यहि सोच अनुरुप सुर्या लाइफले नयाँ प्रोडक्ट ल्याउँदै छ । त्यसको विभिन्न चरणहरु छन्, बीमा समितिको स्वीकृति एक्चुरीको भ्यालुएसन बजारको माग लगायतको कुरा यसमा जोडिन आउँछ । नयाँ आर्थिक वर्षमा नयाँ पोलिसि ल्याउने तयारी गरिरहेका छौँ । 

बीमाको नयाँ प्रोडक्ट ल्याउँदा एक्चुअरीले डिजाइन तयार गर्छ, नेपालमा एक्चुअरी छैनन, विदेशीले नेपालको लागि प्रोडक्ट डिजाइन गर्दा कतिको उपयोगि बन्न सक्छ ?

प्रोडक्ट विदेशीले बनाएको भन्ने हुँदैन । डाटा बीमा कम्पनीले दिने हो । कन्सेपट पनि बीमा कम्पनीकै हुन्छ । पोडक्ट कस्तो ल्याउने कस्तो खालको हो, समय सुहाउँदो, माटो सुहाउँदो, नेपालीको आयस्तर अनुसारको  बनाउने अथवा डिजाइन गर्ने भनेको बीमा कम्पनीले हो त्यसको प्राविधिक विश्लेषण अथवा कति प्रिमियम लिने त्यसलाई कसरी सचालन गर्ने भन्ने निर्धारण मात्र एक्चुअरीले गर्ने हो । त्यसैले यसमा कुनै समस्या हुन्छ जस्तो मलाई लाग्दैन । 

सुर्या लाइफले गत वर्षको मुनाफाबाट बोनस प्रस्ताव गरेको छ। उक्त बोनसले बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी पुग्ने देखिदैन । अब पुँजी पुर्याउने योजना के छ ?  

हामीले गत वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस वितरण गरिसकेका छौ। उक्त बोनस असार ११ गतेको साधारणसभाले पारित गरिसकेको छ। उक्त बोनस पारितसँगै कम्पनीको पुँजी करिब १ अर्ब २७ करोड पुगिसकेको छ । बाँकी रहेको पुँजी पुर्याउन गत वर्ष प्रस्ताव गरेको ७० प्रतिशत हकप्रदलाई आगामी साधारणसभाले निरन्तरता दिन्छ । उक्त हकप्रद निष्कासन पछि कम्पनीको पुँजी करिब २ अर्ब १५ करोड पुग्छ । 

लगानीकर्ताले चालु आर्थिक वर्षको मुनाफाबाट आगामी आर्थिक वर्षमा कति प्रतिशतसम्म लाभांश पाउन सक्छन् ? 

बीमा कम्पनीले एक्चुअरी भ्यालुएसन रिपोर्ट नआइकन कति प्रतिशत लाभांश दिन सक्छ भन्ने मुस्कील हुन्छ । कम्पनीको उदेश्य भनेको उत्कृष्ट सेवा प्रदान गर्दै शेयधनीलाई बढी भन्दा बढी लाभांश दिने नै हो । कम्पनीको पुँजी बढेको छ । १० प्रतिशत मात्रै बोनस दिन पनि अवको दिनमा त्यही अनुसारको विजनेस भोल्युम बढाउन जरुरी छ । सुरुमा ५ प्रतिशतबाट बोनस दिन सुरु गरेको हो। गत वर्षको मुनाफाबाट १२ प्रतिशत दिएका छौ । चालु बर्षको मुनाफाबाट १० प्रतिशत सम्म दिन सकिन्छ भन्ने अपेक्षा छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved