'आइपीओ पाउनेले ५ बर्षदेखिको मुनाफाबाट लाभांश पाउँछ' पुनर्बिमाका सीईओको अन्तर्वार्ता

जोखिम मात्र होइन, नाफा पनि कमाएका छौं
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 02, 2019 | 09:20:58 PM मा प्रकाशित

laxmi  sunrise bank

पुनर्बिमा कम्पनीले पहिलो पटक सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्ने तयारि गरेको छ। कम्पनीले निष्काशन गर्न लागेको आइपीओले ग्रेड २ को रेटिंङ पाएको छ। रेटिंङ  कम्पनीले  ग्रेड १ देखि ५ सम्माम ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँदछ।  

कम्पनीले एक अर्ब  साठी करोड बराबरको आईपिओ निष्काशन गर्न लागेको हो  ।  कम्पनीले प्रति शेयर १०० अकित दरका  एक करोड साठी लाख कित्ता साधारण शेयरहरु  निष्काशन गर्ने भएको हो । 

हाल नेपाल  पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्व , जारी पूँजी  १० अर्व, र चुक्ता पूँजी ८ अर्व ४०  करोड  रहेको छ  । आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी.१० अर्ब  पुग्नेछ।

२०७१ कात्तिक १ मा कम्पनीको रुपमा संचालनमा आएको पुनर्बिमा कम्पनीले २०७२ साउन १ देखि मात्रै पुनर्बीमा व्यवसाय सुरु भएको हो।सार्वजनिक तथा निजी साझेदारी नीति अन्तर्गत नेपाल सरकारको समेत स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७१ साल पौष ४ गते बिमा समितिबाट पुनर्बीमाको इजाजतपत्र प्राप्त पाएको थियो। कम्पनीले आर्थिक बर्ष २०७४÷७५ को अन्त्य सम्म कुल ४ अर्ब पुनर्बीमा शुल्क संकलन गरेको छ।

नेपाल कठिन राजनीतिक अवस्थाबाट गुज्रिदै गर्दाको समयमा स्थापित यस कम्पनीले पुलको रकम तथा बिमा कम्पनी प्रवद्र्धक भएर पछिल्लो चार बर्षदेखि काम गर्दै आएको छ। 

व्यवसाय संचालनमा आएको चार बर्ष पुरा गरि पाँचौं बर्षमा आइपुग्दा पुनर्बिमा कम्पनीले व्यवसायको आकार मात्रै नभई आफ्नो जोखिम बहन  क्षमता समेत बढाएको छ।कम्पनीले पुनर्बिमाका लागि बाह्य देशबाट व्यवसाय ल्याउने र देशभित्रका बिमा कम्पनीलाई पनि पुनर्बिमा सुविधा प्रदान गरिरहेको छ।  

कम्पनीको पछिल्लो वित्तीय अवस्था, पाइपलाइनमा रहेको आइपीओ, लगायतका बिषयमा बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलिले कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीसंग कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंश: 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved