बिग मर्जरको लागि ब्रेक थ्रुको पहल जारि छ' मेगा बैंकका अध्यक्ष शाहको अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 07, 2019 | 07:31:00 PM मा प्रकाशित

laxmi  sunrise bank

चुक्तापुंजी वृद्धिको निर्देशन पूर्ण रुपमा पालना हुन नपाउंदै नेपाल राष्ट्र बैंकले 'बिग मर्जर' अभियान थालेको छ।  ठुला बाणिज्य बैंकलाई मर्जर गर्नलाई प्रोत्साहन लिईने कुरा बजेटमा उल्लेख भएपछि नेपाल राष्ट्र बैंक उत्साहित देखिएको छ। 

राष्ट्र बैंकले असार १२ गते सबै बैंक वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुलाई डाकेर अबको समय मर्जरको भएको संदेश दिएको थियो। बाणिज्य बैंकहरुलाई समय नै तोकेर उपयुक्त पार्टनर रोज्नलाई राष्ट्र बैंकबाट निर्देशन नै भएको छ। जस कारण असार २२ गते अर्थात निर्देशन भएको १० दिनमा नै करिब एक दर्जन बैंकहरुले मर्जरको निर्देशनमा लिखित प्रतिबद्दता जनाएका छन। 

चार बर्षअघिको बैंकको संख्या घटाउने अपुरो लक्ष्य पुरा गर्नलाई पनि राष्ट्र बैंक उत्साहित देखिएको बजारको बुझाई छ। यद्दपी केहि व्यक्तिको चाहनालाई पुरा गर्नको लागि मात्रै राष्ट्र बैंकले 'बिग मर्जर' को पहल थालेको आलोचकहरुको भनाई छ। 

संचालनमा रहेका २८ बाणिज्य बैंक मध्ये ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरको सम्झौतामा हस्ताक्षर नै भएको छ। यद्दपी ग्लोबल र मेगा तथा मेगा र जनता बीच मर्जर हुने बजार चर्चा थियो। यद्दपी मर्जरको बिषयलाई लिएर सुरु देखि नै मेगा बैंक चर्चामा रहेको छ। प्रमोटरहरुको संख्या बढी भएको, सहकर्मी बैंकहरु मध्ये अव्वल देखिएको, भविष्यमा उत्कृष्ट बैंक बन्ने बाटोमा रहेको लगायतका बिषयले पनि मेगाको चर्चा धेरै भएको विश्लेषण गरिएको छ। 

ग्लोबल र जनताबीच मर्जर सम्झौतामा हस्ताक्षर भए लगत्तै मेगा बैंक अब कसरि अघि बढ्छ भन्ने सर्वर्त्र चाँसो छ। त्यसमा पनि पछिल्लो समय प्रभु बैंक र मेगाबीच मर्जर हुने बिषयले बजार तताएको छ। यद्दपी मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले एमओयु नहुँदासम्म २६ वटै बाणिज्य बैंकसंग मर्जरको सम्भावना रहेको बताएका छन। मेगाले बिग मर्जरलाई नै ब्रेक थ्रु हुने गरि मर्जरको छलफललाई जारि राखेको अध्यक्ष शाहको भनाई छ। 

बैंकहरुले प्रतिफलको लागि मात्रै नभई सबल र सक्षम बन्न तथा अन्तराष्ट्रिय स्तरको बन्नको लागि पनि मर्जरको बाटो रोजेको अध्यक्ष शाहले बताएका छन। 'राष्ट्र बैंकले मर्जरमा जाने बैकंलाई प्रोत्साहन गर्ने नीति लिएको अवस्थामा मर्जरमा जानलाई अप्ठारो छैन' उनले भने, 'स्प्रेड रेट, सिसिड़ी रेसियो, सीईओं, संचालक समितिको समायोजनको मोडालिटी जस्ता बिषयमा सहुलियत भयो भने मर्जर होइन मेगा मर्जरलाई पनि गाह्रो छैन।' 

मर्जपछि कम्तिमा पनि १४ जनाको संचालक हुने भएकाले अन्तरिम कालका लागि समितिमा १४ जना नै बस्न पाउने गरि मौद्रिक नीति आउनु पर्छ भन्ने आफ्नो धारणा रहेको अध्यक्ष शाहले बताएका छन। 

'पश्चिमाञ्चल, टुरिजम जस्ता बैंकलाई गाभिसकेकाले मेगासंग मर्जरको राम्रो अनुभव छ' अध्यक्ष शाहले भने, 'चुक्तापुंजी पनि १० अर्ब ५७ करोड भएको बलियो बैंक हो, चुक्तापुंजी बढाउँनलाई मर्जरको आवश्यकता भएन, राष्ट्र बैंकको नीतिलाई साथ दिनलाई मर्जरका सबै विकल्प खुला गरेका छौँ।' 

विग मर्जरको चर्चा भइरहँदा यसले वित्तीय क्षेत्रमा पार्ने प्रभाव, राष्ट्र बैंकको नीति मोडालीटि तथा राष्ट्र बैंकले दिन सक्ने सहुलियत, यसले शेयर बजारमा पर्ने प्रभाव, कर्मचारी समायोजन लगायतको विषमा रहेर बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलिले मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहसँग कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित भिडियो अंश:



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved