'एनआईसी एशिया ब्यालेन्स फण्ड इक्विटी र डेब्ट मार्केटको मिश्रण हो' सीईओ रायमाझीको अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2019 | 11:41:47 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकको कोष प्रवर्दन र एनआईसी एसिया क्यापिटलको व्यवस्थापनमा संचालनमा आउँन लागेको एनआइसी एशिया ब्यालेन्स फण्ड’ को १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ करोड ५० लाख इकाई साउन ८ गतेदेखि बिक्रि खुला हुँदैछ।

१० रुपैयाँ अंकित मुल्य रहेको ब्यालेन्स फण्डको इकाईमा लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम १ करोड ७५ लाखकित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्। साउन ८ देखि १२ गतेसम्म ब्यालेन्स फण्डको इकाई बिक्रि खुला रहनेछ। सो अवधिमा सबै इकाई खरिदको लागि आवेदन नपरेमा भदौ ५ गतेसम्म आवेदन खुला रहनेछ।

साढे १२ करोड ५० लाख इकाइ मध्ये १५ प्रतिशत इकाई कोष प्रवर्दक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटललाई छुट्याइएको छ। यस हिसाबमा १० करोड ६२ लाख ५० हजार इकाई सर्वसाधारणको लागि छुट्याईने छ। इच्छुक लगानीकर्ताले ब्याल्नेस फण्डको इकाईमा धितोपत्र बोर्डबाट आश्वा लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको साथै मेरो शेयरबाट समेत आबेदन दिन सक्नेछन।  

बजारमा संचालनमा रहेका अन्य म्युचुअल फण्डको नेट एसेट भ्यालू (न्याभ) औषतमा १० रुपैयाँ भन्दा कम रहेको अवस्थामा सामुहिक लगानी कोष प्रति लगानीकर्ताको आकर्षणमा कमि देखिएको छ। बैंकहरुले बिगतमा अहिले धेरै अंकको दरमा ब्याज दिएको अवस्थामा सर्वसाधारणको आकर्षण फिक्स डिपोजिटमा समेत देखिएको छ।   

यस्तो चुनौतीको अवस्थामा समेत योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले कोषबाट लगानीकर्तालाई पहिलो बर्ष नै ९ प्रतिशतसम्म लाभांश वितरण गर्ने प्रतिबद्दता गरेको छ। १० बर्ष अवधि रहेको बन्दमुखी यस सामुहिक लगानी कोषबाट इकाईधनीले औषतमा १८.७६ प्रतिशत लाभांश प्राप्त गर्नेछन भने कुल १८६.७१ प्रतिशत लाभांश पाउने बताइएको छ। 

बजारमा संचालनमा रहेका म्युचुअल फण्डले पुर्व घोषणाअनुसार उचित प्रतिफल दिन नसकेको अवस्थामा एनआईसी एसिया क्यापिटल योजना व्यवस्थापक रहेको यस ब्यालेन्स फण्डले लगानीकर्तालाई प्रतिफल कसरि दिन्छ भन्नेमा सबैको चाँसो रहेको छ। एनआइसी एशियाले संचालनमा ल्याएको पहिलो म्युचुअल फण्ड एनआइसी एशिया ग्रोथ फण्डको बिगतको रेकर्ड राम्रो रहेकाले पनि यस ब्यालेन्स फण्डमा समेत लगानीकर्ताको आकर्षण रहने अपेक्षा गरिएको छ। 

भोलि साउन ८ देखि बिक्रि खुला हुने यस ब्यालेन्स फण्डको इकाईमा लगानी कति प्रतिफल मुलक हुन्छ ? घोषित लाभांश दिन सक्छ वा सक्दैन ? यस कोषले सेयरबजार बाहेक कस्तो क्षेत्रमा लगानी गरि सेयरधनीलाई आकर्षक प्रतिफल दिन सक्छ भन्ने प्रश्न लगानीकर्तामा रहेको छ। यस्तै चाँसो सम्बोधन गर्नलाई बिजपाटी डटकमका मोहम्मद अज्मत अलिले योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीसंग कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

लगानीको लागि एनआईसी एसिया ब्यालेन्स फण्ड किन ?

ब्यालेन्स फण्डमा लगानी किन भन्दा पनि ब्यालेन्स फण्ड भनेको के हो भन्ने बुझ्न आवश्यक छ। इक्विटी र डेब्ट मार्केटको सम्मिश्रण हो। डेब्ट मार्केटमा निश्चित प्रतिफल हुन्छ भने इक्विटी मार्केटमा प्रतिफलको सिमा नै हुदैन, यो जति पनि हुन सक्छ, त्यसैले एनआईसी एसिया ब्यालेन्स फण्ड यी दुवैको मिश्रण हो। 

ब्यालेन्स फण्डको धेरै हिस्सा इक्विटी मार्केटमा लगानी गर्छौं केहि प्रतिशत डेब्ट मार्केटमा लगानी गर्छौं। जब सेयर बजार बढ्दो ट्रेन्डमा हुन्छ धेरै हिस्सा हामि बजारमा लगानी गर्छौं र केहि हिस्सा डेब्ट मार्केटमा लगानी गर्छौं। बजार घट्दो ट्रेन्डमा भएको अवस्थामा डेब्ट मार्केटमा धेरै लगानी गर्छौं। यसले लगानीको विकेन्द्रीकरणको फाइदा हुन्छ भने तुरुन्त परिवर्तन गर्न सक्ने भएकाले पुंजी सुरक्षा गर्न सजिलो हुन्छ, यसले अन्तत जोखिम कम गर्न मद्दत गर्छ। 


कसले लगानी गर्न पाउँछ ?

यसमा नेपाली नागरिक, गैरआवासीय नेपाली, नेपालमा दर्ता भएका संघ संस्था र वित्तीय संस्थाले एनआईसी एसियाको ब्यालेन्स फण्डमा लगानी गर्न सक्छन। 

लगानीकर्ताले पाउने प्रतिफल कति हुन्छ ?

यो दश बर्ष अवधि भएको बन्दमुखी ब्यालेन्स फण्ड हो, लगानीकर्ताले औषतमा १८.७६ प्रतिशत प्रतिफल पाउने हामीले प्रक्षेपण गरेका छौँ।

ब्यालेन्स फण्डको लगानीको पोर्टफोलियो कस्तो हुन्छ ?

नेपाल धितोपत्र बोर्डको व्यवस्थाअनुसार हामीले लगानी गर्छौं। बढीमा ३० प्रतिशत फिक्स डिपोजिट टाइपको ऋणपपत्र जस्तो क्षेत्रमा लगानी गर्छौं भने ७० प्रतिशतसम्म सेयरमा लगानी गर्छौं। 

बैंकमा पैसा राखेर ब्याजबाट आम्दानी गर्ने विकल्प पनि छ, अब ब्यालेन्स फण्डमा नै लगानी किन ?

बैंक डिपोजिटलाई इक्विटी मार्केटसंग तुलना गर्न गाह्रो होला। बचत गर्दा केहि प्रतिशत प्रतिफल तर फिक्स हुन्छ। तर इक्विटी मार्केटमा गरिएको लगानीको प्रतिफल अनलिमिटेड हुन्छ। बजार बढ्ने ट्रेन्डमा हुँदा बैंकको डिपोजिटबाट हुने आम्दानी भन्दा इक्विटी मार्केटबाट हुने आम्दानी बढी हुन्छ। यसमा लगानीको बिकल्प हुन्छ। बचतमात्र होइन बचतको साथसाथै लगानी गर्ने बेला हो।

बजारमा धेरै म्युचुअल फण्ड छन, कुन रोज्ने केलाई आधार मानेर रोज्ने ?

लगानीकर्ताले म्युचुअल फण्ड कसले चलाएको छ, पहिलेको ट्रयाक रेकर्ड कस्तो छ, योजना व्यवस्थापक को हो भन्ने जस्ता कुरालाई हेरेर पनि म्युचुअल फण्ड रोज्न सकिन्छ। प्रतिफल त छदै छ साथसाथै म्युचुअल फण्डको पोर्टफोलियो कस्तो छ भन्ने जानकारी लिंदा म्युचुअल फण्ड कुन रोज्ने भन्नेमा सजिलो हुन्छ।




  

  








Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved