२९ विदेशी एयरलाइन्स उड्ने नेपाली आकाश कसरी असुरक्षित ? उपमहानिर्देशको अन्तरवार्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 11, 2019 | 05:48:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राज कुमार क्षेत्रीले नेपाली आकाश पूर्ण रुपमा सुरक्षित भएको दाबी गरेका छन् । अन्तराष्ट्रिय नागरिक उड्यन संगठन (आइकाओ)को सुरक्षा संवेदनशीलताको सूचीमा रहेको नेपालले यहाँका विमानस्थल, यहाँ उडान भर्ने अन्तराष्ट्रिय तथा राष्ट्रिय एयरलाईन्सहरु सुरक्षित रहेको उनको दाबी छ । 

उनले नेपालमा २९ वटा विदेशी एयरलाइन्सले उडान भरिरहेको जानकारी दिँदै केही नयाँ कम्पनी आउने अन्तिम तयारीमा समेत रहेको जानकारी दिए । यसरी विदेशी एयरलाइन्सले नेपालमा उडान भर्न इच्छा देखाईरहेको भन्दै क्षेत्रीले यतिका धेरै विमान कम्पनीले उडान भरिरहेको नेपाली आकाश कसरी असुरक्षित भनेर प्रश्न समेत गरेका छन् । नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको तत्कालिन प्रवन्ध निर्देशक समेत रहेका क्षेत्रीले बिजपाटीका निरोज कुमार थापासँग कुराकानी गर्दै विमानस्थलको रन–वे मर्मत, सञ्चालनमा नरहेका आन्तरिक विमानस्थलको सञ्चालन, अन्तराष्ट्रिय तथा क्षेत्रीय स्तरका विमानस्थलको निर्माणलगायतका काम भईरहेकाले नेपाल उड्डयन युगमा प्रवेश गरेको दाबी गरेका छन् । 

हेरौँ भिडियोः 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved