'आरोपका के कुरा, प्रचण्डसँग जोडेर आतंकवादी समेत भने' जालिम मियाँको भिडियो अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 18, 2020 | 12:09:01 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनको बुहानमा देखिएको कोरोना भाइरस युरोप अमेरिका हुँदै भारतसम्म आइपुग्दा यसले राजनीतिकसँगै धार्मिक रुप लिएको छ। कोरोना भाइरस चीन हुँदै युरोप अमेरिका कसरि फैलियो भन्ने विषय अनुसन्धानकै क्रममा रहेका बेला भारतमा भने कोरोना भाइरस फैलनुको प्रमुख आरोप  मुस्लिम समुदायको एउटा समुह जसलाई (तब्लिग जमात भनिन्छ) माथि लागेको छ। 

त्यतिमात्र नभई भारतका मिडियाहरुले नेपालका पर्साका जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले भारतमा कोरोना भाइरस फैलाएको आरोप लगाएका छन्। पालिकाका अध्यक्ष समेत रहेका मियाँलाई नेपालको 'कोरोना बम' को उपमा समेत दिईएको छ। भारतीय मिडियाहरुले मियाँले तब्लिग जमाअत (इस्लाम धर्मको शिक्षा दिंदै हिड्ने एउटा समुह) लाई आश्रय दिएर नेपालबाट भारतमा कोरोना फैलाएको आरोप लगाएका छन्। 

भारतीय मिडियाबाट प्रभावित भई नेपालका मिडिया तथा कथित विद्वानहरुले समेत मियाँले विदेशी मुस्लिम नागरिक भित्र्याएर नेपालमा पनि कोरोना फैलाएको आरोप लगाएका छन्। 

मियाँसँगै जोडेर मिडियाहरुले तब्लिग जमाअतलाई अपराधी झैं व्याख्या गरिरहेका छन्। मस्जिदबाट भारतीय मुस्लिम समातिए, नेपालमा रहेका भारतीय मुस्लिममा कोरोना देखियो ,तब्लिग जमाअतमा हिडेका भारतीय मुस्लिममा कोरोना देखियो, जस्ता समाचारका शिर्षक यतिखेर दैनिक पत्रिकादेखि राष्ट्रिय स्तरका मिडियाले प्रयोग गरिरहेका छन्। शिर्षक सुन्दा र पढ्दा कोरोनाले पनि चार महिनाको अन्तरमा धार्मिक रुप लिएको जस्तो देखिएको छ भने नेपालमा कोरोना फैलाउन भारतीय नागरिक सकृय छन भन्ने जस्तो देखिन्छ। 

अर्को तर्फ, मियाँमाथि नक्कली नोटको कारोबार गरेको, हातहतियार कारोबार गरेको जस्तो गम्भीर आरोप लागेका छन्। भारतीय मिडियाबाट 'कोरोना बम' भनेर सुरु गरिएको आरोप अहिले जमाअतीसँग जोडिएको छ। जमाअत आखिर मस्जिदमै किन बस्दछन भन्ने लगायतका विषयहरु समेटेर बिजपाटी डटकमले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँसँग भिडियो कुराकानी गरेको छ।


नोट: यहाँ भिडियो नखुले बिजपाटीको युट्युब च्यानलमा गएर पुरा अन्तर्वार्ता हेर्न सक्नुहुन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved