'हामी हाइड्रो कम्पनी होइनौ, यस अघि नै लाभांश दिएकोले पनि आईपिओमा प्रतिफल सुनिश्चित'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 28, 2020 | 08:22:05 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपालीहरुद्धारा प्रवद्र्धित एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साउन १६ गतेदेखि आईपिओ निष्काशन गर्दै छ । कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ९८ हजार ४६ कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख ६९ हजार ९ सय २ कित्ता सामुहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात् ६७ हजार ९ सय ६१ कित्ता कर्मचारीहरुको लागि छुट्याइएको छ ।  बाँकि रहेको ३१ लाख ६० हजार १ सय ८३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  

यसै सन्दर्भमा बिजपाटी डटकमले कम्पनीकी प्रमुख  कार्यकारी अधिकृत उषा खतिवडासँग कुराकानी गरेको छ । कुराकानीको क्रममा सीइओ खतिवडाले आफ्नो कम्पनी हाइड्रोपावर कम्पनी नभएको तर इन्भेस्टमेन्ट कम्पनीको रुपमा हाललाई हाइड्रो कम्पनीमा लगानी मात्र गरिएको बताएकी छिन् । उनले सबै हाइड्रोलाई एकै बास्केटमा हालेर दाज्न नहुने र कम्पनीले छनौट गरेका आयोजनाहरु राम्रो रहेको बताएकी हुन् ।

कम्पनीले गहन अध्ययन गरेर लगानी गर्ने हाइड्रो आयोजना चयन गरेको र कम्पनीले चयन गरेका आयोजनाले प्रतिफल दिने उनले बताएकी छिन् । उनले आफ्नो कम्पनीले यस अघि नै ७.३९ प्रतिशत बोनस शेयर प्रदान गरिसकेको र अबको दिनमा पनि राम्रो प्रतिफल दिने भएकोले कम्पनीमा लगानी सुरक्षित हुने बताएकी छिन् ।

अहिलेकै अवस्थामा पनि कम्पनी नाफा मै रहेको र प्रिमियममा आईपिओ निष्काशन गर्ने सक्ने अवस्था हुँदा हुदै पनि अंकित मूल्य मै आईपिओ निष्काशन हुन् लागेको उनको भनाई छ । यस कारण पनि कम्पनीले राम्रै प्रतिफल दिने उनी बताउछिन् । उनले कम्पनीमा गरिएको लगानीमा प्रतिफल सुनिश्चित हुने भएकोले संसार भरी छरिएर रहेका गैर आवासीय नेपालीहरुले सुरु गरेको यस अभियानमा सहभागी हुन आग्रह गरेकी छिन् । उनले आगामी दिनमा कम्पनीले राष्ट्रिय गौरवको आयोजनामा पनि लगानी गर्ने योजना रहेको बताएकी छिन् ।

हेर्नुस् भिडियो कुराकानी : 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved