'रिलायन्स लाईफका सेयरधनीलाई यसैवर्ष प्रतिफल' सीईओ पराजुलीको अन्तर्वार्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 19, 2020 | 11:05:03 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गते बुधबारदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्दै छ । कम्पनीले प्रति कित्ता सय रुपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने लागेको हो । जस मध्य समान ५-५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याइएको छ।  बाँकि रहेको ५६ लाख ७० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । 

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६३ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । आवेदन दिनको लागि भदौ ८ गतेसम्मको समय तोकिएको छ ।  सो अवधिसम्म पर्याप्त आवेदन नपरे भदौ २२ गतेसम्म आवेदन दिन सकिने छ ।  इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको हो ।   ग्रेड ४ ले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको बताउछ।  रेटिंङ  कम्पनीले  ग्रेड १ देखि ५ सम्मको ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँछ।

कम्पनीले शेयर निष्काशन गर्नको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।  कम्पनीमा हाल १ सय १३ जना संस्थापक लगानीकर्ता रहेका छन् । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ४७ करोड रहेको छ । सर्वसाधारण्मा सेयर जारी गरेपछि कम्पनीको पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । 

यसै विषयमा बिजपाटी डटकमले कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीसंग कम्पनीको हालको वित्तीय अवस्था, आईपिओमा उठेको रकमको लगानी योजना, लगानीकर्ताले पाउने प्रतिफल, समग्र जीवन बीमा ब्यबसाय र शेयर बज्रसँग सम्बन्धित रहेर कुराकानी गरेको छ ।

कुराकानीको क्रममा सीइओ पराजुलीले रिलायन्सले संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राखेकोले सकेसम्म छिट्टै साधारणसभा गरेर लगानीकर्तालाई  'डिसेन्ट प्रतिफल' दिने बताएका छन्  ।

हेर्नुस् कुराकानी : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved