सिडीएसका सीइओ आचार्यका ४ प्राथमिकता, २ दिनमै शेयर राफसाफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2020 | 09:19:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियारिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पूर्ण प्रसाद आचार्य नियुक्त भएका छन्। नेपाल स्टक एक्सचेन्ज नेप्सेको  सोमबार बसेको संचालक समितिको बैठकले आचार्यलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

समितिले सीइओको लागि ३ जनाको नाम सिफारिस गरेकोमा आचार्य नियुक्त भएका हुन्।  बैंकिङबाटै आफ्नो करियर सुरु गरेका सीईओ आचार्यसँग कृषि विकास बैंकमा मात्रै ३० बर्ष काम गरेको अनुभव छ। 

सामान्य पदबाट बैंकमा जागिर सुरु गरेका आचार्य कृषि विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतसम्म पुगेर बैंकबाट अवकाश लिएका हुन्। आचार्यसँग बैंकिङ करियरको बेला तराईका बिभिन्न जिल्ला तथा नेपालका दुरदराज तथा बिकट ठाउँमा पुगेर समेत जनताको सेवा गरेको अनुभव छ। 

आचार्यसँग डबल स्नातकोत्तरको अध्ययनको अनुभव छ। तथ्यांकशास्त्र तथा व्यवस्थापनमा स्नातक गरेका आचार्यसँग केहि शिक्षण पेशाको समेत अनुभव रहेको छ। इलामको मंगलबारे गाउँ घर भएका आचार्यलाई नजिकबाट चीन्नेहरुले शान्त स्वभाव र आफ्नो क्षमतामा विश्वास गर्ने व्यक्तिको रुपमा चिन्दछन् । 

यसै सन्दर्भमा हामीले उनलाई केहि प्रश्न गरेका छौ : 

सिडीएस एण्ड क्लियारिङ लिमिटेडको सीईओमा आबेदन किन ?

बैंकिङ र सेयरबजारको सम्बन्ध परिपुरक भएकाले बैंकमा हुँदापनि दैनिक जसो नै सेयरबजारको चाँसो हुन्थ्यो। पुंजीबजारमा केहि गरौं भन्ने चाहना पनि थियो, उमेर भन्दा पनि काम गरेको ३० बर्ष पुगेको कारणले बैंकबाट अवकाश लिएकाले बाँकी समय पुंजीबजारको सुधारमा केहि योगदान दिउँ भनेर   सीईओका लागि आबेदन दिएको हो। 

बाँकी समय काम गर्नका लागि उपयुक्त सँस्था भएकाले सिडीएसको जिम्मेवारि लिन तयार भएर आबेदन दिएको हो। भर्खरै बामे विस्तार हुँदै गरेको सेयरबजारमा थप केहि गरौँ भन्ने उदेश्य भएर नै यहाँ आएको हुँ। 

तत्कालका प्राथमिकता के छन् ?

आन्तरिक रुपमा भित्र नै बसेर काम गरेको अनुभव छैन र त्यहाँका कर्मचारीलाई यो बिषयमा धेरै थाहा छ। तर बाहिरबाट हेर्दा सिडीएसमा तत्कालै गर्नुपर्ने केहि काम छन्। 

अहिले पनि सेटलमेन्टको अवधि ३ दिन छ। अन्तराष्ट्रिय बजारलाई हेर्दा पनि सेटलमेन्ट अवधि २ दिनमै आइसकेको छ। त्यसैले पहिलो प्राथमिकता भनेको सेटलमेन्ट अवधिलाई दुई दिन अर्थात टि प्लस टु मा ल्याउने छ। 

त्यस्तै लगानीकर्तालाई विश्वसनीय सेवा दिने र मार्केटको मोडललाई थप परिस्कृत गर्नुपर्ने छ। यसका लागि सिडीएससीमा आफैंसँग डेडीकेटेड एक्ट पनि छैन। गैर आवासीय नेपाली लगायतलाई नेपालमा लगानी गर्ने वातावरण बनाउन र लगानीमा विश्वसनीयता सृजना गर्नका लागि प्रविधि मात्र नभई नीति पनि अपडेट गरेर अगाडी बढ्ने योजना छ। 

यो पनि: सिडीएसको प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त 

अर्को, सिडीएस आफैंले एक व्यक्ति एक डिम्याट खाताको लक्ष्य लिएको छ। ३ करोड जनसंख्या भएपनि १७ लाख हाराहारीमा मात्रै डिम्याट खाता छन्। धितोपत्र बोर्ड र नेप्सेको सहयोगमा बजार बिस्तारका लागि पनि डिम्याट खाता खोल्न प्रचार प्रसार तथा प्रोत्साहन गर्ने योजना छ। 

अहिले पनि सरकारी ऋणपत्र डिम्याट भएका छैनन्। यसलाई डिम्याट गर्ने र सेयरको दोस्रो बजारमा अनलाइन मार्फत कारोबार योग्य बनाउने योजना छ।

सिडीएससीमा व्यवस्थापन भन्दा प्रविधिमा आधारित जिम्मेवारी बढी हुन्छ, बैंकरलाई यो जिम्मेवारी पुरा गर्न कठिनाई कति देख्नुहुन्छ ?

प्रविधि मार्फत नै सेवा प्रवाह गर्ने र पेपरलेस हुने भन्ने सिडीएससीको लक्ष्य नै हो भन्ने राम्रोसँग थाहा छ। अहिलेपनि अधिकांश बैंक तथा वित्तीय क्षेत्र प्रविधि मार्फत सेवा दिन स्तरमा पुगेका छन्।  

त्यसैले लामो समय बैंकिङ अनुभव भएको र पुंजीबजारसँग जानकार नै भएकाले अहिलेको आवश्यकताअनुसारको प्रविधि निर्माण गर्ने  र भएका सुविधालाई उचित व्यवस्थापन गरि अपग्रेड गर्दै लैजानलाई मेरो अनुभवले साथ दिन्छ भन्ने विश्वास छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved