नारायणी डेभलपमेन्ट बैंकले चैत्र ३ देखि २२ हजार कित्ता शेयर लिलाम गर्ने, कहाँ दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2021 | 08:20:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंक Narayani Development Bank  ले चैत्र ३ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले संस्थापक तर्फको १५ हजार ९ सय ७४ कित्ता र सर्बसाधारण समुहको ६ हजार ५ सय ८३ कित्ता गरि कुल २२ हजार ५ सय ५७ कित्ता शेयर लिलाम गर्ने भएको हो ।

यस लिलामीको शेयरमा  लगानीकर्ताले चैत्र १० गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर लिलामको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आवेदन फारम पाउँन र बुझाउनको लागि क्यापिटल कै कार्यालय नक्साल, तथा ग्लोबल आईएमई बैंकका शाखाहरु बिर्तामोड, बिराटनगर, जनकपुर, आदर्शनगर, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुंग, नेपालगंज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर केन्द्र तोकिएका छन् ।

शेयरको न्युनतम मूल्य १०० रुपैयाँ अंकित गरिएकोले इच्छुक लगानीकर्ताले आवेदन दिँदा सो भन्दा बढी कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

कम्पनीले माघ १३  देखि  १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रद बाँडफाँडपछि बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । बैंकले यस पश्चात फेरी २ सय प्रतिशत हकप्रद निष्काशनको तयारी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved