अरुण भ्यालीले असार ९ देखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2021 | 08:27:00 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower Development Company ले ४ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्वसाधारण समुहको ४ लाख ३५ हजार ८ सय ४९ कित्ता शेयर लिलाम गर्ने भएको हो । 

कम्पनीले यी शेयर असार ९ गतेदेखि १६ गतेसम्म लिलाम गर्ने भएको हो । शेयर लिलामीको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । लिलामीको शेयरमा मुक्तिनाथ क्यापिटलको कार्यालय, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय, र अरुण भ्याली हाइड्रोको कार्यालयबाट आवेदन दिन सकिने छ । 

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । यी शेयरको न्युनतम मूल्य १०० तोकिएकोले सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ  

 कम्पनीले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म १:०५ को अनुपातमा ५० प्रतिशतले हुन आउने ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। 

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव गरेपनि विद्युत नियम आयोगले कम्पनीलाई २ चरणमा हकप्रद निष्काशन गर्ने अनुमति प्रदान गरेको थियो ।  हालको ५० प्रतिशत हकप्रद निष्काशनपछि कम्पनीले  फेरी दोस्रो चरणको हकप्रद निष्काशन गर्ने जनाएको छ । 

कम्पनीले आफुले निर्माण गर्न लागेको २ वटा आयोजनाको लागि रकम जुटाउन हकप्रद निष्काशन गर्न लागेको हो ।  हकप्रद शेयर मार्फत उपलब्ध भएको रकमलाई कम्पनीले काबेली बी १ जलविद्युत आयोजना र अपर काबेली २ जलविद्युत आयोजना गरी कुल २३.५ मेगावाट आयोजनाको निर्माण कार्यमा उपयोग गर्ने जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved