'आकर्षक ब्याजदर र जोखिम कम भएकोले ढुक्कले सांग्रिलाको ऋणपत्रमा आवेदन दिनुस्' (अन्तर्वार्ता)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2021 | 04:47:40 PM मा प्रकाशित

laxmi  sunrise bank

शांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले आज असार ६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले ७५ करोड बराबरको (प्रति कित्ता १ हजार अंकित दरका)  ७ लाख ७५ हजार कित्ता  ऋणपत्र निष्काशन गरेको हो  । 

जस मध्ये ४ लाख ५० हजार कित्ता निजि तबरबाट र ३ लाख कित्ता सर्वसाधार लगानीकर्ताको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको ३ लाख कित्ता मध्ये १५ हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ । ऋणपत्र निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

यसै सन्दर्भमा हामीले ऋणपत्र निष्काशनको उदेश्य, ऋणपत्रबाट प्राप्त हुने रकमको उपयोग, यसमा हुने जोखिम लगायतका विविध विषयमा शांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीसँग कुराकानी गरेका छौ  । प्रस्तुत छ कुराकानीको सम्पादित अंश: 

ऋणपत्र निष्काशनको उदेश्य के हो ? रकमको उपयोग कसरी हुन्छ ?

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नु पर्ने काम कारोबारका लागि आवश्यक पर्ने पूँजी जुटाउन र बैंकको पूँजीकोष बृद्धि गर्न ऋणपत्र निष्काशन गरिएको हो । ऋणपत्र निष्काशन गरी प्राप्त हुने पूँजी कम्पनी ऐन, नेपाल राष्ट्र बैंक ऐन तथा अन्य प्रचलित कानूनको अधिनमा रही बैंकको ब्यबसायिक प्रयोजनमा उपयोग गरिनेछ। ऋणपत्र जारी गरी प्राप्त हुने ऋण पूँजीको ८० प्रतिशत रकम अर्थात् ६० करोड रकम कर्जा लगानीको लागि उपयोग गरिने छ भने २० प्रतिशत अर्थात् १५ करोड रकम तरलता तथा व्यबसाय विस्तारको लागि प्रयोग गरिने छ ।

  ऋणपत्रले कस्तो रेटिङ पाएको छ ? यो ऋणपत्रमा जोखिम कत्तिको हुन्छ ?

यस बैंकले जारी गर्न लागेको १० वर्ष अवधि तथा ९ प्रतिशत ब्याजदर भएको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७” नामक ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले मध्यम कर्जा जोखिम (Moderate Credit Risk)  जनाउने "[ICRANP-IR]BB+1" को रेटिङ दिएको छ । यसलाई डबल बि प्लसको रेटिङ भनिन्छ । यो रेटिङ २०७७ माघ २२ मा प्रदान भएको हो र यो ग्रेड ३ फेब्रुअरी २०२२ सम्म बहाल रहन्छ।

अन्य बैंकहरुले पनि ऋणपत्र निष्काशन गरिरहेका छन् ,  शांग्रिला कै ऋणपत्रमा किन लगानी गर्ने ?

सांग्रिला डेभलपमेन्ट बैंकले जारी गरेको ऋणपत्रमा दिर्घकालिन रुपमा लगानी गर्न सकिने र व्याजदर ९ प्रतिशत आकर्षक रहेकाले समेत सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा लगानी गर्न उपयुक्त देखिन्छ । 

अन्य बैंकको तुलनामा कम रकमको ऋणपत्र निष्काशन गर्नु भएको छ ? थप निष्काशन योजना  छ?

एकै पटक ठूलो रकमको ऋणपत्र निष्काशन गर्दा बैंकको खर्च वढ्न जाने भएकाले बैकको रणनिती तथा व्यवसाय विस्तारको योजना अनुसार तत्कालको आवश्यकताका आधारमा ७५ करोड बराबरको ऋणपत्र निष्काशन गरिएको हो  । सोही अनुसार आवश्यकताका आधारमा भविष्यमा समेत निष्काशन गर्न सकिनेछ । 

ऋणपत्र निष्काशन हुँदा बैंकको वित्तीय अवस्थामा के कस्तो प्रभाव पार्छ ?

ऋणपत्र निष्काशन पश्चात बैंकको पुरक पूँजीमा ऋणपत्र रकम बराबर वृद्धि हुने भएकाले सोको  प्रत्यक्ष असर बैंकको पूँजीकोष अनुपातमा पर्ने भएकाले बैंकले आफ्नो रणनिती अनुसार व्यवसाय वृद्धिमा सघाउ पुग्न गई बैंकको वित्तीय विवरणमा सकारात्मक असर पर्न जान्छ । 

ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्तालाई के संदेश दिन चाहनुहुन्छ ? 

बैकले जारी गरेको ऋणपत्रमा ९ प्रतिशतको आकर्षक व्याजदर रहेकाले यस डेभलपमेन्ट बैंकले निष्काशन गरेको विवरणपत्रमा भएका व्यवस्थाहरु, वित्तीय अवस्था तथा प्रक्षेपित वित्तीय विवरणहरुको अध्ययन गरी ढुक्कका साथ लगानी गर्न लगानीकर्ताहरुलाई अनुरोध गर्न चाहन्छु ।  

ऋणपत्रमा कसरी आवेदन दिन सकिन्छ ?

ऋणपत्रमा आईपिओमा आवेदन दिए जस्तै मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ । ऋणपत्रमा छिटोमा असार ९ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिने छ ।  आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिनु पर्छ ।  

बैंकको भावी योजना के छन् ? 

आफ्ना ग्राहकवर्गको आवश्यकता र अपेक्षालाई दृष्टिगत गरी तद्अनुरुप सेवा पु¥याउन र प्रतिस्प्रर्धी बीच आफनो छुट्टै पहिचान बनाउन बैंकले विभिन्न नयाँ उत्पादन तथा सेवाहरु प्रचलनमा ल्याउने प्रकृया शुरु गरेको छ । साथै ग्राहक मैत्री सेवा उपलब्ध गराउँदै जाने योजना बैंकको रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved