सिभिल बैंक व्यक्तिगत निक्षेपकर्ताहरुको पहिलो रोजाई बन्दैछ: डिपोजिट प्रमुख बिष्टको अन्तर्वार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2021 | 10:29:23 PM मा प्रकाशित

laxmi  sunrise bank

“समृद्धिका लागी सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढी रहेको सिभिल बैंकले विगतका वर्षहरु भन्दा व्यवसायको आयतनमा विशेष रुपमा अप्रत्याशित वृद्धि गरी एउटा नमुना बैंकको रुपमा आफुलाई प्रस्तुत गर्न सफल भएको छ। 

निरन्तर रुपमा मौलिक बैंकिंग सेवाहरु पस्कँदै आइरहेको सिभिल बैंकले साउन महिनामा प्रकाशित भएको विभिन्न बाणिज्य बैंकहरुको ब्याजदरलाई अध्ययन गर्दा सबैभन्दा उच्च ब्याजदर सिभिल बैंकले प्रदान गरिरहेको छ। यसै सन्दर्भमा सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंगका प्रमुख भोला बहादुर बिष्टसंग गरिएको कुराकानीमा आधारित अंशः 

सिभिल बैंकको उच्च ब्याज पाउनेमा ठुला निक्षेपकर्ताहरु मात्रै हुन् कि सर्वसाधारण निक्षेपकर्ता पनि हन् ?

सर्वप्रथम त बैंकको दृष्टिकोणमा सबै ग्राहकहरु समान हुन् हामीले श्रावण महिनामा न्युनतम मौज्दात शुन्य रहेको नेपाली बचत खातामा ४.०१% को वार्षिक प्रतिफल प्रदान गरीरहेका छौं जुन अन्य बैंकहरुको उच्च व्याज संग बराबरको प्रतिफल हो । यसको अलावा यस बचत खातामा ए.टि.यम, मोबाइल बैंकिंग, ईन्टर्नेट बैंकिंग, यस.यम.यस बैंकिंग साथसाथै रु पांच लाख सम्मको दुर्घटना मृत्यु बीमा संगसंगै रु तीन लाख सम्म को निक्षेप सुरक्षण निःशुल्क रुपमै उपलब्ध गराईन्छ ।

यहाँहरुले निरन्तर रुपमा बचत खाताहरुमा उच्च ब्याज प्रदान गर्नु पछिको कारण ?

सर्वप्रथम हामी हाम्रा ग्राहकहरुको मेहेनतको कमाईलाई कदर गर्छाैं र अहिलेको विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा अन्यले प्रदान गरीरहेको व्याज भन्दा आकर्षक व्याज दिई बढी भन्दा बढी लाभान्वित होउन। अनि सिभिल बैंक आम नेपालीको बैंकको रुपमा परिचित हुन पनि हामीले निरन्तर रुपमा उच्च ब्याज प्रदान गर्दै आइरहेका छौं । 

सिभिल बैंकको सुपर प्रीमीयम बचत खाता कस्तो बचत खाता हो र कस–कसले खोल्न सक्छन ?

न्युनतमा मौज्दात रू २५,००० रहेको सिभिल बैंक सुपर प्रीमीयम बचत खातामा बैंकले ६.०१ प्रतिशतको सर्वाधिक वार्षिक ब्याजदरको अलावा मेटलाईफ बीमा कम्पनी सँगको सहकार्यमा खातावालालाई ६ वटा प्रमुख घातक रोगहरु (मेजर क्यान्सर, मेजर स्ट्रोक, पहिलो हृदयघाट, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज) का लागि रू दुई लाख सम्मको निःशुल्क औषोधपचार वीमा सुविधा प्रदान गर्नेछ । साथै मोवाईल बैंकिङ्ग सुविधा, इन्टरनेट बैंकिङ्ग सुविधा, एटीएम कार्ड, एसएमएस बैंकिङ्ग सुविधा पनि निःशुल्क रुपमै प्रदान गरिनेछ । र यो बचत खाता १८ वर्ष देखि ५८ वर्ष ननाघेका जो कोहिले पनि सजिलै सित बैंकमा गई खाता खोल्न सक्नेछन ।  

खुत्रुके खाताको बारेमा पनि केहि भनिदिनुहोस ?

अन्य बैंकहरुले प्रदान गरिरहेको रिकरिंग डिपोजिटहरुमा सर्तहरु तथा बन्देजहरु हुने गर्छन भने यो भन्दा पृथक रहेर सिभिल बैंकले आफ्नो रिकरिंग डिपोजिट – खुत्रुके खातालाई सर्त तथा बन्देज मुक्त बनाईएको छ जसमा बचत गर्न चाहने ग्राहकले दुई बर्ष देखि दश बर्षसम्मको खुत्रुके खाता रेकरिंग डिपोजिट खोल्छन अनि मासिक न्युनतम रु पाँच सय देखि माथि गर्दै जान्छन्, कुनै महिनामा कुनै कारणबस जम्मा गर्न असमर्थ भएमा पनि कुनै किसिमको पेनाल्टी तिर्नु पर्ने हुँदैन अनि आफुले निर्धारण गरेको समय सिमा पश्चात साँवा तथा ब्याजको एक मुष्ठ भुक्तानी पाउँछन। 

अझ यस खातामा सुपर प्रिमियम बचत खातामा भन्दा १ प्रतिशत थप ब्याज पाईन्छ । केहिगरी अवधिको बीचमा आकस्मिक कारणले रकम आवष्यक भएमा संचित रकमको ७० प्रतिशत रकम ऋण स्वरुप बिना झन्झट रकम निकाल्न सकिन्छ ।

हाल व्यक्तिगत मुद्दतीमा कति प्रतिशत व्याज प्रदान गरिरहनु भएको छ ?

हाल हामीले व्यक्तिगत मुद्दतीमा अधिकत्तम ८.७१ प्रतिशतसम्म व्याज प्रदान गरिरहेका छौं ।

अहिलेको कोरोना संक्रमणको जोखिममा खाता खोल्न केहि अतिरिक्त व्यवस्था गर्नु भएको छ कि ?

हो गरेका छौं । कोरोना संक्रमणको जोखिम भएकोले घरबाटै अनलाइन मार्फत खाता खोलि पछी आफुलाई पायक पर्ने शाखामा गई केवल दस्तखत गरी खाता संचालनमा ल्याउन सकिन्छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved