एचआईडिसीएलको हकप्रद भर्नु भयो ? यस्तो छ कम्पनीको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2021 | 09:34:28 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)ले साउन ५ गतेदेखि हकप्रद बिक्रि गरिरहेको छ ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १:१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन  गरेको हो।

लगानीकर्ताले साउन २५ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रद शेयर  निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ २७ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।

कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै चैत्र १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले जेठ ९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएकोथियो ।  कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । 

क्यापिटलले शेयर डिम्याट नगरेको भएपनि एचआईडिसीएल हकप्रद भर्न सकिने स्पष्ट पारेको छ । हकप्रद भर्नको लागि शेयर डिम्याट गरेकै हुनु नपर्ने स्पष्ट क्यापिटलले स्पष्ट पारेको हो ।

शेयर डिम्याट नगरेको भएपनि अहिले हकप्रदमा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यद्यपि शेयर डिम्याट नगराएका र २०७८ असार मसान्तपछि शेयर डिम्याट गराएकाको हकमा भौतिक रुपमा आवेदन गर्नु पर्ने क्यापिटलले जनाएको छ ।

भौतिक फारम  क्यापिटलको कार्यालयको अलावा ग्लोबल आईएमई बैंकको न्युरोड, नयाँ बानेश्वर, लगनखेल र सानो ठिमी  शाखाबाट लिएर पनि बुझाउन सकिने भएकोले क्यापिटलको केन्द्रिय कार्यालयमा भिडभाड नगरिदिन र नेपाल सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न क्यापिटलले आग्रह गरेको छ । शेयर डिम्याट गराएकाले पनि अहिले हकप्रदमा आवेदन गर्न सक्ने र हकप्रद भर्न कै लागि तत्काल नै शेयर डिम्याट गर्न नपर्ने क्यापिटलले प्रष्ट पारेको हो । २०७८ असार मसान्तसम्म शेयर डिम्याट गराएकाले भने मेरोशेयर मार्फत अनलाइन नै आवेदन दिन सक्ने छन् । 

हेर्नुस सूचना : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved