सेबोनका अध्यक्षलाई झांक्रिको प्रश्न: कानुनी छिद्रा खोजेर सर्वोत्तमको सेयर किन किनेको ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2021 | 02:55:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सांसद रामकुमारी झांक्रिले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई कानूनी छिद्रा खोजेर सर्वोत्तमको सिमेन्ट किनेको आरोप लगाएकी छन्। आज संसदको अर्थसमितिको बैठकमा झाक्रीले अध्यक्ष ढुंगानालाई यस्तो आरोप लगाउदै सेयर किन किनेको भन्ने प्रश्न गरेकी हुन्। 

सांसद झाँक्रीले धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले कानुनी छिद्रा खोजेर सेयर किनेको दाबि गरेकी हुन्। उनले सर्वाेत्तम सिमेन्टको प्रकरणमा सेबोनको अध्यक्षमाथि नैतिकताको प्रश्न उठेको भन्दै अध्यक्षले गर्न नहुने काम गरेको बताइन। 

धितोपत्र बोर्ड, नेप्सेका प्रमुखले एकाघरमा सदस्यको नाममा कानुनी छिद्रा खोजेर सेयर किनेको तर धितोपत्र बोर्डसँग स्पष्टिकरण मागिएको भन्दै यसमा अर्थ मन्त्रलायको नियत पनि सहि नभएको उनले बताइन। 

बोर्डका अध्यक्ष र संचालकले सेयर किन्ने तर धितोपत्र बोर्डसँग स्पष्टिकरण लिने भन्दै सांसद झाक्रीले यसबारेमा अर्थमन्त्रालयसँग समेत जवाफ माग्नुपर्ने बताईन्।

उनले ५१ कम्पनिको नाम सार्वजनिक गर्दा बोर्डले ईन्साईडर ट्रेडिङ गरेको हुन सक्ने भन्दै आशंका व्यक्त गरिन्। अघिल्लो दिन बोर्डमा निर्णय हुने अनि भोलिपल्ट नाम सार्वजनिक गर्दा कति इन्साईडर भयो होला भन्दै अध्यक्ष ढुंगानालाई प्रश्न गरिन। 

तर अर्थसमिति पुगेका बोर्ड अध्यक्ष भिष्म ढुंगानाले आफुले भने कुनै जवाफ दिएनन्। उनको साट्टो उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीले अध्यक्ष ढुंगानाको तर्फबाट जवाफ दिएका थिए। अधिकारिले अध्यक्ष ढुंगानाले नभई उनको छोरीले सर्वोत्तमको सेयर किनेकाले कानुन बिपरित नभएको जवाफ दिए।    

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved