'पोर्टफोलियो व्यवस्थापन मात्र होइन, स्टार्टअप व्यवसायमा पनि लगानी गरिरहेका छौँ' (अन्तर्वार्ता)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 05, 2022 | 01:49:50 PM मा प्रकाशित

laxmi  sunrise bank

संचालनमा रहेका सबैभन्दा कान्छो क्यापिटल हो, माछापुछ्रे क्यापिटल। करिब दुई बर्ष अगाडी क्यापिटलको लाइसेन्स पाएपनि औपचारिक रुपमा कारोबार थालेको भने मात्रै १३ महिना भएको छ।

तत्कालिन कृति क्यापिटललाई मर्ज{ गरेर २०७७ साल माघ २ गते माछापुRछ्रे s[lt क्यापिटलको नाममा औपचारिक रुपमा कारोबार थालेको हो। यो १३ महिनाको अवधिमा माछापुछ्रे क्यापिटलले समकालिन क्यापिटलहरु झैं आफ्नो व्यवसायको आकार बढाएको छ भने बजारमा उत्तिकै मात्रामा अरु सेवाहरु दिंदै आएको छ।

हाल यस क्यापिटलको नेतृत्त्वमा गोबिन्द शर्मा छन्। गण्डकी प्रदेशको पर्वत जिल्लाबाट २०३७ सालमा एसएलसी दिएका शर्मा यस अगाडी माछापुछ्रे बैंकमा कार्यरत थिए। काठमाण्डुको शंकरदेव क्याम्पसबाट एमबिए गरेका शर्माले माछापुRछ्रे बैंकबाट २०६० सालमा अधिकृत txबाट बैंकिंङ करियर सुरु गरेका हुन्।

माछापुच्छ्रे बैंकमा कम्पनी सचिवको जिम्मेवारी समेत निभाएका शर्मा मर्चेन्ट बैंकरको लाइसेन्स दिलाउने बेलादेखि नै माछापुछ्रे क्यापिटलमा जोडीएपनि उनले हालै मात्र क्यापिटलको नेतृत्त्व सम्हालेका हुन्। शर्मा अहिले क्यापिटलमा एक्टिङ सीईओको रुपमा रहेका छन्। प्रस्तुत छ, शर्मासँगको कुराकानीको सम्पादित अंश:   

माछापुछ्रे क्यापिटल संचालनमा आएको झन्डै २ बर्ष पुग्न लाग्यो, व्यवसायको अवस्था कस्तो छ ?

माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्डवाट अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभुति सेवा तथा संस्थागत परामर्श सेवा साथै डिपोजिटरी सेवा प्रदान गर्दै आएको छ । कम्पनीले अहिले झन्डै सवा अर्बको पोर्टफोलियो व्यवस्थापन गरिरहेको छ। नेपाल धितोपत्र बोर्डको कानुनी व्यवस्थाअनुसार न्युनतम ३ लाखदेखि पोर्टफोलियो व्यवस्थापन गर्न पाइने भएपनि माछापुछ्रे क्यापिटलले भने न्युनतम २० लाखदेखिको पोर्टफोलियो व्यवस्थापन गरिरहेको छ। यद्यपी ग्राहक तथा संस्था हेरिकन २० लाखको सिलिंङमा क्यापिटलले केहि सहजीकरण गर्ने गरेको छ।

पोर्टफोलियो व्यवस्थापन सेवा भनेको के हो ?

पोर्टफोलियो व्यवस्थापन सेवाले बिज्ञहरुवाट लगानीयोग्य कम्पनीहरु र शेयर बजारको उचित बिश्लेषण गरी ग्राहकको लगानी रकमलाई उच्चतम प्रतिफल दिने गरी शेयर बजार लगायतमा लगानी गरी उचित व्यवस्थापन गर्नु लाई जनाउँछ । 

माछापुछ्रे क्यापिटलबाट पोर्टफोलियो व्यवस्थापनको सेवा कसरी लिन सकिन्छ  ?

पोर्टफोलियो व्यवस्थापन ;]jf लिन चाहनेहरुले काठमान्डू स्थित बागदर्बारको जेडीए कम्प्लेक्समा अवस्थित क्यापिटलको कार्यलयमा सम्पर्क गर्न सक्छन भने क्यापिटलको वेबसाइटको फर्म भरेर पनि यो सेवा लिन सक्छन।

यद्दपी क्यापिटल आफैंले पनि सम्भावित ग्राहक तथा संस्थालाई भेटेर पोर्टफोलियो व्यवस्थापन गर्नलाई सहजीकरण गर्ने गर्दछ।

प्रतिफलको ग्यारेन्टी दिनुहुन्छ कि के छ ?

पोर्टफोलियो व्यवस्थापन गर्नेलाई अत्यधिक ५० प्रतिशतसम्मको रिटर्न दिएपनि क्यापिटलले आफुले दिने प्रतिफलको दरमा कुनै प्रतिबद्दता गर्ने गरेको छैन। सेयर बजारमा लगानी गर्दा जोखिम हुन्छ र त्यहिअनुसारको आम्दानी पनि हुन्छ तर लगानी गर्नको लागि पर्याप्त जानकारी छैन वा पर्याप्त समय दिन नसक्ने जस्ता ग्राहकहरु उचित प्रतिफलवाट बन्चित हुन नपरोस भन्नको लागि पोर्टफोलियो व्यवस्थापन अत्यन्त हितकारी र फाइदाजनक हुने गर्दछ।

पोर्टफोलियो व्यवस्थापनसँगै माछापुछ्रे क्यापिटलले अरु कुन कुन सेवा संचालन गरिरहेको छ ?

पोर्टफोलियो व्यवस्थापनसंगसंगै माछापुछ्रे क्यापिटलले डीम्याट खाता खोल्ने, अन्डरराइटिङ सेवा दिने तथा कर्पोरेट एडभाईजरीको सुविधा दिने जस्ता कामहरु समेत गर्दछ।

साधारणतया कमर्शियल बैकको सब्सिडरी कम्पनीको रुपमा संचालनमा रहेका क्यापिटलहरुले पोर्टफोलियो व्यवस्थापन डीम्याट खाता खोल्ने, अन्डरराइटिङ सेवा दिने तथा कर्पोरेट एडभाईजरीको सुविधा दिने सहित इस्यु म्यानेजर र आरटिएस का समेत काम गर्नेगर्दछन। तर माछापुछ्रे बैंकको सब्सीडरी कम्पनी भएपनि माछापुछ्रे क्यापिटलले क्यापिटलको लाइसेन्स लिने बेलामा अन्य सेवाहरु धितोपत्र बोर्डले रोकेकाले माछापुछ्रे क्यापिटलले बिक्रि प्रबन्धक र आरटिएस को अनुमति पाइसकेको छैन। यद्दपी छिट्टै दुवै सेवाको अनुमति मिल्ने क्यापिटलको बिश्वास छ।

क्यापिटलले दिंदै आएको कर्पोरेट एडभाइजरी कस्तो सेवा हो ?

माछापुछ्रे क्यापिटलले दिंदै आएका सेवा मध्ये कर्पोरेट एडभाइजरी सेवा पनि एक महत्त्वपूर्ण सेवा हो। त्यसो त यो सेवा नेपालको लागि पनि नौलो होइन। तर यो सेवा हिजोका दिनमा चार्टड एकाउन्टेन्सी फर्म जस्ता संस्थाहरुले गर्दै आएका थिए तर पछिल्लो समयमा धितोपत्र बोर्डवाट अनुमति प्राप्त गरी मर्चेन्ट बैंकरहरुले पनि यो सेवा दिइरहेका छन् ।

यस अन्तर्गत सामान्यतया नयाँ आइडीया भएका स्टार्टअप वा पहिल्यैदेखि नै व्यवसाय गरिरहेकाहरुले आफ्नो व्यवसाय थप विस्तार गर्न तथा व्यवसायलाई थप व्यवस्थित गर्नलाई कर्पोरेट एडभाइजरी को सेवा लिने गर्दछन्। यस अन्तर्गत व्यवसायको संरचना हेरफेर, मुल्यांकन, व्यवसायिक योजना, लोन सिण्डिकेशन, चालु पूँजी फाइनान्सिंग, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटि, वित्तीय सुझाव तथा सल्लाह, सम्पत्ती व्यवस्थापन लगायतका बिषयमा दिइने परामर्श सेवा पर्दछन् ।

क्यापिटलले संचालन गरिरहेको कृति भेन्चर फण्ड के हो ?

कम्पनीको आफ्नै लगानीका साथै बिभिन्न व्यक्ति तथा संस्थाहरुको समेत लगानीमा हाइड्रोपावर, सेवा, रियल स्टेट, कृषि लगायतका क्षेत्रमा लगानी गर्ने उद्येश्यले स्थापित संस्था कृति भेन्चर फण्ड लिमिटेड हो।

नयाँ आइडिया भएका स्टार्टअप तर वित्तीय स्रोतको आवश्यक परेका व्यवसायमा समेत लगानी गर्नेगरि निकट भविष्यमा नै माछापुछ्रे क्यापिटलले ुस्पेशल इन्भेष्टमेन्ट फण्डु ल्याउने तयारीमा रहेको छ । 

त्यस्तै, म्युचुअल फण्ड समेत ल्याउने तयारीमा रहेको माछापुछ्रे क्यापिटल नेपाल धितोपत्र बोर्डवाट प्राप्त गर्नु पर्ने अनुमतिको पर्खाइमा छ ।

अन्त्यमा,

तपाइँको बुझाईमा पीएमएस अर्थात पोर्टफोलियो व्यवस्थापन सेवा भनेको कसका लागि हो र ?

पोर्टफोलियो व्यवस्थापन सेवा ती व्यक्तिहरुको लागि हो जो शेयर बजारमा लगानी गर्न त चाहन्छन तर उनीहरुसंग सम्वन्धित विषयको प्रर्याप्त जानकारी र समय छैन साथै कुन बेला कसरी कारोबार गर्ने वा कस्तो स्टकमा किन लगानी गर्ने जस्ता बिषयमा प्राविधिक ज्ञान नभएकाहरुका लागि पीएमएस सेवा उपयुक्त हो।

भिडियोः



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved