कोरियाली ‘गुड ब्रिक सिस्टम' बाट उत्पादित इट्टाको माग बढ्दो छ' व्यवसायी कुवँरको अन्तर्वार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2022 | 07:54:06 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युतीय प्रविधिबाट इँट्टा बनाउने कोरियाको ‘गुड ब्रिक सिस्टम' ले पछिल्लो समय नेपालमा पनि रोजाईमा पर्न थालेको छ। अन्तराष्ट्रिय बजारमा दश बर्ष अगाडीदेखि नै विद्युतीय प्रविधिबाट अर्थात्  'गुड ब्रिक सिस्टम' बाट इट्टा बनाउन थालिएपनि नेपालमा यसको सुरुवात दुई बर्ष अगाडीदेखि भएको हो। 

सन् २०१८ मा नेपाल भित्रिएको यस प्रविधिले २ वर्षसम्म नेपालका १५ सय भन्दा बढी स्थानको माटो र भूगोल समेतको अध्ययन गरेर विद्युतीय प्रविधिबाट बल्ल इट्टा उत्पादन थालेको हो। 

भट्टामा पोलेर इट्टा बनाउँदा भन्दा बढी किफायती र फाइदामुलक पाइएपछि यस प्रविधिबाट इट्टा बनाएर इट्टाको व्यवसाय गर्नेको सङ्ख्या नेपालमा पनि क्रमश बढिरहेको पाइएको छ। गोरखाको पालुङटारबाट सुरु भएको यो व्यवसाय विस्तारै देशभर फैलने क्रम बढेको छ। 

सङ्खुवासभा, तनहुँ, काभ्रे लगायतका दर्जन बढी स्थानमा यो प्रविधिमा आधारित इँट्टा उद्योग खुल्ने अन्तिम तयारीमा छन् भने अन्य कतिपय ठाउँहरुमा सम्भाव्यता अध्ययनका कामहरु समेत भईरहेका छन्।  पछिल्लो समय इन्नोसिएसआरसँग जोडिएर इट्टा व्यवसाय थाल्नेहरुमा मैनाघाटका धनुर कुँवर पनि जोडिएका छन्।  आफैं पनि निर्माण व्यवसायमा जोडिएका कुवँरले विद्युतीय प्रयोगबाट उत्पादन भएका इट्टाको माग बढ्ने क्रमदेखेपछि यो व्यवसायमा हात हाल्न पुगेका छन्।  

नेपालमा पछिल्लो दुई बर्षदेखि मात्रै सुरुवात भएको ‘गुड ब्रिक सिस्टम' बाट इट्टा बनाउने प्रविधि अपनाएर इट्टा उत्पादन थाल्नुका कारण, यो व्यवसायको अहिलेको अवस्था र भावी योजनाबारे बिजपाटी डटकमले कुवँरसँग कुराकानी गरेको छ। प्रस्तुत छ, कुराकानीको सम्पादित अंश:

मैनाघाट हाइड्रोलिक सोयल कम्प्रेसर ब्लक उद्योग कस्तो उद्योग हो ?

मैनाघाट हाइड्रोलिक सोयल कम्प्रेसर ब्लक उद्योग नवलपरासीमा अवस्थित छ।  हाल यस उद्योगबाट गुड ब्रिक 'नपोलि स्वचालित मसिन बाट बनाइने इट्टा' बनाइराखेका छौं। गत चैत्रबाट संचालित यस उद्योगबाट  दैनिक १०,००० इट्टा बनाइराखेका छौं। हामी वातावरण मैत्री तथा भरपर्दो इट्टा बनाउने प्रविधिको खोजि गर्दै जादा गुड ब्रिकसंग जोडिएका हौँ। हामीले खोजेको जस्तै प्रविधि भेटिएकोमा हामी खुसि छौं। 

विद्युतीय प्रविधिबाट इँट्टा बनाउने कोरियाको ‘गुड ब्रिक सिस्टम' कस्तो लाग्यो ?

गुड ब्रिक प्रविधि दक्षिण कोरियाली कम्पनी इन्नोसीएसआर बाट निर्मित सोयल स्टेबिलाइजर् प्रयोग गरी बनाइन्छ।  सोयल स्टेबिलाइजरले माटो र सिमेन्टको मिश्रणलाइ मजबुत जोडाइ बनाउने काम गर्दछ।  यसले गर्दा इट्टा मजबुत र बलियो हुन्छ जसले अन्तरास्ट्रिय र राष्ट्रिय मापदण्ड ८ मेगापास्कल पुरा गरेको छ। हामी यहि गुड ब्रिक प्रविधि प्रयोग गरेर इट्टा बनाइराखेका छौं। 

गुड ब्रिक प्रविधिले इट्टा उत्पादनमा लाग्ने समयलाई घटाउँछ र स्वचालित मसिनको प्रयोगले  झनझटरहित बनाउँछ। यस प्रविधिमा कामदार पनि दस गुणा कम लाग्छ। यसको बनोट र आवरण पनि अरु इट्टा भन्दा आकर्षक देखिन्छ। 

नेपालमा तपाई जस्तै गुड ब्रिक उत्पादक अरु पनि हुनुहुन्छ ?

नेपालमा गोरखा र काभ्रेमा गुड ब्रिक उत्पादन भैराखेको छ।  र गुड ब्रिकको हाल बुझ्न खोज्ने मान्छे धेरै हुनुहुन्छ। हाम्रै उद्योगमा पनि गुड ब्रिक उत्पादन सुरु भयो भन्ने थाहा भएपछी बुझ्न धेरै जना आउनुभएको छ। हाल नेपालभरी १५ भन्दा बढी स्थानमा गुड ब्रिक उद्योग स्थापना गर्नको लागि काम भैराखेको छ। यी उद्योगहरु यसै वर्षको अन्त्य सम्ममा संचालनमा आउने तयारीमा छन्। 

गुड ब्रिक प्रविधि अपनाउनका फाइदाहरु के के छन् ?

गुड ब्रिक उत्पादकको रुपमा भन्नु पर्दा इट्टा उत्पादन गर्न यति सरल हुन्छ भन्नेमा कल्पना नै गरेको थिएन। यस प्रविधिमा कोइलाको आवस्यकता नपर्ने, सरल, सस्तो र भरपर्दो प्रविधि भएकोले उत्पादकको झन्झट हटाउछ। साथै यसमा जग्गा पनि थोरै भए पुग्छ। ग्राहकले पनि सस्तो मुल्यमा गुणस्तरीय इट्टा प्राप्त गर्दछन।  साथै स्वचालित मसिनको प्रयोग हुने भएकोले इट्टाको गुणस्तरपनि समान हुन्छ।

गुड ब्रिकको बिक्रि कस्तो भैरहेको छ ?

बिक्रि राम्रो भैरहेको छ। सुरुवाती चरणमा हामीले ४,००० इट्टा प्रतिदिनबाट सुरु गरेका हौँ र हाल हामीले उत्पादन बढाएर प्रतिदिन १०,००० पुर्याएका छौं। छोटो समयमानै गुड ब्रिकले बजारमा आफ्नो राम्रो उपस्थिति बनाउन सफल भएको छ। गुड ब्रिकको माग बजारमा बढ्दो छ। हामीले प्रदेश ६ को सुर्खेतमा पनि उद्योग संचालनको तयारीमा छौं। हाम्रो उदेश्य प्रदेश ६ र आसपासका क्षेत्रमा गुड ब्रिक उपलब्ध गराउने रहेको छ। दिन दिनै गुड ब्रिकले बजारमा आफ्नो हिस्सा बढाउदै छ। 

ग्राहकको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

हाम्रा ग्राहकहरु पूर्ण रुपमा सन्तुस्ट हुनुहुन्छ। इट्टाको स्वरूप, बनावट, मूल्य र गुणस्तरले ग्राहकको अपेक्षा पुरा गरेको छ। यसको एकसमानको बनावटले गर्दा यसमा कम मोर्टार लाग्छ र निर्माण कार्य पनि चाडै हुन्छ। हाम्रो उद्योगबाट उत्पादित इट्टा व्यक्तिगत तथा संस्थागत दुवै क्षेत्रमा प्रयोग भएका छन्। ग्राहकबाट राम्रो प्रतिक्रिया आइरहेको छ। त्यसैले गर्दा नै हामी हाम्रो बजार तथा उत्पादन क्षमता बढाउँन सफल भएका छौं। 

आगामी योजनाहरु के छन् ?

 हामी अब सुर्खेतमा उत्पादन सुरु गर्दै छौं। प्रदेश ६ को बजारमा गुणस्तरीय इट्टाको माग राम्रो पाएका छौं। त्यसैले हामी चाडो भन्दा चाडो प्रदेश ६ का ग्राहकहरुमाझ गुड ब्रिक ल्याउने तयारीमा छौं। 

नेपालको इट्टा उद्योग कस्तो देख्नु भएको छ ?

नेपालमा इट्टा एकदम रुचाइएको र धेरै बजार हिस्सा ओगटेको निर्माण सामग्रीको रुपमा रहेको छ। यति हुदा हुदै पनि बजारमा गुणस्तरीय इट्टा उपलब्धता सिमित छ। त्यसैले ग्राहकहरुले सम्झौता गरेरै कम गुणस्तरको इट्टा प्रयोग गर्नु पर्ने बाध्यता छ। त्यसैले गुड ब्रिकले गुणस्तरीय इट्टाको माग पूर्ति गर्न मद्दत गर्नेछ। वातावरण मैत्री प्रविधि भएकाले यो समय सापेक्ष छ साथै यो श्रमिक मैत्री र समयको पनि बचत गर्ने पद्दति हो। 

अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?

मलाई गुड ब्रिक उत्पादक हुन पाउँदा खुसी लागेको छ। वातावरण प्रति सचेत भएकाले मा सधै वातावारणीय पक्षहरुप्रति सजग छु। साथै गुड ब्रिकले मेरो गुणस्तर, लागत सम्बन्धि अपेक्षा पुरा गरेको छ। साथै इन्नोसीएसआर कम्पनीबाट मैले पुरा सहयोग पाईरहेको छु र भविष्यमा पनि पाउने प्रतिवद्दता प्राप्त गरेको छु। म इट्टा उत्पादकहरुलाई गुड ब्रिक उत्पादन म सहभागी हुन प्रोत्साहित गर्न चाहन्छु। यो वातावरणीय रुपमा मात्रै नभएर ब्यापारिक हिसाबले पनि उत्कृष्ट छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved