ईंट्टा उद्योगमा इन्नोसीएसआरले ल्यायो वातावरणमैत्री प्रविधि, सीइओ युनशुकसँगको अन्तर्वार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2023 | 04:44:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लगायत दक्षिण एसिया र ल्याटिन अमेरिकि देशहरूमा प्रमुख निर्माण सामग्रीको  रूपमा ईंट्टा नै रहेको छ। यी देशमा वायु प्रदुषणको प्रमुख कारण मध्ये ईंट्टा उत्पादनमा लाग्ने कोइला वा दाउराको उपयोगले उत्पादन हुने धुंवा पनि हो ।

येल विश्वविद्यालयको एक अध्ययन अनुसार ईंट्टा उत्पादन कार्यले कालो कार्बन उत्सर्जनको २३% हिस्सा अगटेको छ। जसले गर्दा  वातावरण प्रदुषणका साथै विश्व तापमान पनि वृद्धि भईरहेको छ । जसका कारण हिमालबाट हिंउ पग्लने र हिमताल फुट्ने समस्या बढ्दो छ। विश्व बैंकको प्रतिवेदनको अनुसार नेपालको वायु प्रदुषणको ३७% हिस्सा  ईंट्टा पोल्ने कार्यले ओगटेको छ।

कार्बन समस्यालाइ दिगो  रूपमा सामधान गर्नको  लागि इन्नोसियाआर कम्पनीले गुड ब्रिक्स नामक नया प्रविधि नेपाली बजारमा ल्याएको छ। यो प्रविधिको प्रयोगबाट व्यवसायीहरुले वातावरणमैत्री उच्च गुणस्तरको ईंट्टा उत्पादन गर्न सक्दछन् । यो प्रविधिको प्रयोगबाट नपोलीकन ईंट्टा उत्पादन गर्न सकिन्छ। यो प्रविधिमा केवल माटोमा गुड सोइल स्टेबिलाइजर र सिमेनटको अनि स्वचालित यान्त्रिक प्रक्रिया मार्फत उच्च चापद्वारा ईंट्टा उत्पादन गरिन्छ। इन्नोसीयसआर कम्पनीले नेपाललाई आफ्नो उच्च प्राथमिकतामा राखेको छ।

२००८ मा स्थापना भएको यस इन्नोसियासार कम्पनीले एशियाभरि कुल ५०० गोलोबल फर्च्यून कम्पनीहरूलाई उनीहरूको व्यवसायिक सामाजिक उत्तरदायित्व (CSR) लगायत कमपनिको विकास गर्न सल्लाहकारको भुमिका निर्बाह  गर्दै आएकोछ। सार्वजनिक तथा निजि क्षेत्रलाइ समेटेर विकसुन्मुख देशहरुमा दिगो व्बसाय निर्माण गर्नको लागि “राम्रो गर्नको लागि राम्रो गर्दै” भन्ने  मूल नारालाई  आत्मसाथ गर्नु इन्नोसियसआरको मुख्य लक्ष्य रहेको जनाएको छ ।

यसै सन्दर्भमा प्रस्तुत छ कम्पनीका  सस्थापक तथा कार्यकारी अधिकृत साम युनशुक लि संगको अन्तर्वार्ता।

प्रश्नः इन्नोसीएसआरले व्यवसाायिक सामाजिक उत्तरदायित्व (CSR) र कम्पनीको विकास गर्न परामर्शदाताबाट सोइल स्ट्याबलाइजर उत्पादन र वितरकको रुपमा परिवर्तन हुनु को कारण के हो?

यो लामो अध्ययन र अनुसन्धानपछिको नतिजा हो। हामीले धेरै देशहरूमा, विशेष गरी विकासोन्मुख देशहरुमा गैरसरकारी संस्थाका व्यक्तित्वहरू, शिक्षाविद्हरू, र सरकारी निकायहरु लगायत विभिन्न सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया गरेका थियौं। सबै विकसित शहरहरुमा वातावरण मैत्री प्रविधिहरूको माग बढ्दै आइरहेको छ, तर ती प्रविधिहरू सरल, लागत प्रभावकारी, प्रमाणित पनि हुनु पर्ने थियो। त्यसैको परिणाम स्वरुप यो प्रविधिको जन्म भएको  हो र यसलाई हामीले ”Impact technology” को नाम दियौ।

हामीले यस प्रविधिलाई विकासशील देशहरूमा लागु गरेर हेर्दा यसको नतिजा एकदमै प्रभावकारी भेट्यौ  र यो प्रविधिले विभिन्न देशहरुमा ईंट्टा उत्पादनबाट हुने प्रदुषण समाधान गर्न मुख्य भूमिका निर्बाह गर्ने छ।

प्रश्नः यो प्रविधि कसरी अद्वितीय छ ?

गुड सोइल स्टेबिलाइजर  बजारमा भएको सोइल स्टेबिलाइजर भन्दा धेरै फरक छ। हम्रो सोइल स्टेबिलाइजरले सिमेन्टको शक्तिलाई सुदृढ पार्दै, माटो भित्रका जैविक पदार्थहरूलाई निष्क्रिय बनाएर बलियो मजबुती क्षमता प्रदान गर्दछ। हाम्रो भन्दा पहिले आविष्कार गरिएका अधिकांश सोइल स्टेबिलाइजरहरू सडक निर्माणका लागि मात्र प्रयोग गरिने गरेको थियो जसमा धेरै कम मजबुती चाहिन्छ। तर हामीले उत्पादन गरेको स्ट्याबिलाइजरहरू ईंट्टा उदद्योगलाई मध्यनजर गरेर बनाएका छौजुन एक प्रकारको क्रान्ति हो।

प्रश्नः हालको बजार कस्तो देख्नुभएको छ? बजार विस्तारको लागि हाल कस्ता योजनाहरू छन्?

अहिले हाम्रो सञ्चालन नेपालमा केन्द्रित छ, जसमा हामीले रणनीतिक रूपमा देशलाई १६ वटा बजारमा विभाजन गरेका छौं, प्रत्येकको आफ्नै छुट्टै ईंट्टा बजार र प्राथमिक ईंट्टा उत्पादकहरू छन्। अहिलेसम्म, हामीले ती क्षेत्रका सबैभन्दा बलियो ईंट्टा उत्पादकहरूसँग यी १२ वटा  बजारहरूको लागि हाम्रो प्रविधि प्रयोग गर्न सम्झौताहरू हस्ताक्षर गरेका छौं। यी क्षेत्रहरूमा इँटा उत्पादकहरूले गुड सोइल स्टेबिलाइजर प्रविधिको साथ नयाँ ईंट्टा उद्योगहरु निर्माण गर्न थालेका छन्। अबको तीनदेखि चार वर्षभित्र नेपालका यी उत्पादकहरूले पकाउनुपर्ने ईंट्टाको मोडलबाट हाम्रो मोडलमा परिणत हुनु हुनेछ। हामीले भारत, बंगलादेश, पाकिस्तान र मेक्सिको लगायत अन्य दक्षिण एसियाली र ल्याटिन अमेरिकी देशहरूमा पनि येही बिजनेश मोडेल को रुपमा संचालन गर्ने हाम्रो कम्पनि को योजना छ जसमा बजार आकार लगभग १० अरब अमेरिकी डलर रहेको छ।

प्रश्नः  तपाईंहरू र अरू संस्था जस्ले यस क्षेत्रमा काम गरिरहेका छन् , यसबिच कुनै अन्तर छ?

हामी दशक अघिदेखी वातावरणीय, सामाजिक तथा उतरदायी व्यवसायीब मोडलमा काम गरिरहेका छै। बहुराष्ट्रिय क्षेत्रमा काम गरेतापनि स्थानिय रूपमा सबल तरिकाले काम गरेको अनुभव हामीसंग छ। विभिन्न क्षेत्र र बजारमा काम गर्दा कसरि स्थानिय तबरमा काम गर्ने , सञ्जाल कसरि बनाउने र उक्त सञ्जालमा रही कम गर्ने, सरोकारवालाहरु संग मिलेर काम गर्ने जस्ता पक्षहरूमा हामी सक्षम छौ। जब हामीले नेपालमा व्यवसायिक रुपमा प्रवेश गर्यौ , सम्पूणर् सरोकारवालाहरुको सफलतामा जोड दिएका थियौं। यसमा ईंट्टा उद्योगी, जसले हाम्रो प्रबिधिबाट ईंट्टा उत्पादन गरेर व्यापार वृद्धि गर्दै हुनुहुन्छ। त्यसैले नै हामीलाई प्रोत्साहन अझै मिलेको छ। सरोकारवालाहरुको बिश्वास जित्न सफल हुनु नै  हाम्रो व्यवसाय दिगो तथा लाभदायक हुनुको प्रमुख कारण हो।

प्रश्नः कुनै नयाँ उत्पादनहरू सार्वजनिक गर्ने तयारीमा हुनु हुन्छ ?

हामी सधैं निर्माण सामग्री बारेको अनुसन्धान र विकासमा केन्द्रित छौं। हाम्रा धेरैजसो जिज्ञासाहरू फोहोर उत्पादनहरूलाई कसरी निर्माण सामग्रीमा परिणत गर्ने र कसरी एकै पटक धेरै फोहोर सम्बन्धि समस्याहरू समाधान गर्न सकिन्छ भन्ने हो । यही सोचले हामीलाई ढलको फोहोर र प्लास्टिकको फोहोर प्रयोग गरेर इँट्टा र सडक बनाएर परीक्षण गर्नुका साथै सडकको धुलोबाट पेभर ब्लकहरू परीक्षण गरिरहेका छौ ।  दुबै उत्पादनहरू अझै पनि  अनुसन्धान कै चरणमा छन्, तर हामीले उत्कृष्ट परिणामहरू देखिरहेका छौं र हामी तिनीहरूलाई चाँडै बजारमा उतार्न सक्नेमा आशावादी छौं।

प्रश्नः इन्नोसीयसआरको भविष्य कस्तो छ

हाम्रो लक्ष्य जहिले पनि समाधानको खाँचो परेको अवस्था र प्रबिधि प्रदायकहरू बीचको खाडललाई कम गर्ने हो।  हामी अन्तराष्ट्रिय रुपमा अन्तर सिमा व्यावसायीकरणमा अब्बल छौं।  हामीले हाम्रो वातावरण मैत्री प्रबिधि गती प्रदायक (Technology Accelerator) सुरु गर्ने र स्थानीयकरण गर्ने, र यसबारे बहुपक्षीय विकास बैंकहरू सँग  परामर्शदाताको रुपमा काम गर्ने योजना बनाएका छौं। हामीले विकासोन्मुख बजारहरूमा हाम्रो आफ्नै वातावरण मैत्री प्रविधि ल्याउन सफल भएकाले, हामी अन्य कम्पनीहरूलाई उनीहरूको हरित प्रविधिहरू विकासशील देशहरूमा ल्याउन मद्दत गर्न सक्ने स्थानमा छौ। वातावरण संरक्षण गर्दै आर्थिक रूपमा फलदायी परिणामहरू प्रदान गर्नेमा हाम्रो कम्पनी विश्वस्त छ ।

इन्नोसीयसआर कम्पनीको सफलताको नेतृत्व साम युनशुक लि को हुन् त ?

इन्नोसीयसआर कम्पनीको संस्थापक र समूह सीईओ, ’साम’ युनसुक लीसंग विश्वव्यापी दिगोविकासको लामो र सम्मानित इतिहास छ। इन्नोसीयसआरको मुख्य रणनीति, “प्रभाव टेक्नोलोजी“ को रूपमा चिनिन्छ, वातावरण मैत्री प्रबिधि कम्पनीहरूको कामलाई विकासोन्मुख देशहरूसँग जोड्दै उनीहरूलाई उनीहरूको सामाजिक र आर्थिक लक्ष्यहरूमा पुग्न मद्दत गर्दछ। इन्नोसीयसआरमा सामेल हुनु अघि, साम अटोमोटिभ डिभिजनमा ट्रिलोजी चाइनाका ग्राहक साझेदार र युनिसेफका लागि सल्लाहकार थिए। सामले चाइना युरोप इन्टरनेशनल बिजनेस स्कूल (CEIBS) बाट एमबीए र कोरिया विश्वविद्यालयबाट बीए गरेका छन्। सामले “चीन एमबीए (2005) र “ग्रीन लिडरशिप इन चाइना (स्प्रिंगर) का सह-लेखक पनि हुन्।

प्रस्तुत अन्तर्वार्ताको अंग्रेजी भर्जन  द सिलिकन रिभिउको डिसेम्बर अंकमा प्रकाशित भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved