राधा पोखरेल धितोपत्र बजार क्षेत्रका लागि कुनै नौलो नाम होइन । उनी लामो समयदेखि पूँजीबजारको विषयमा सरोकार राख्छिन् । उनी नेपाल पूँजीबजार लगानीकर्ता संघको अध्यक्ष पनि हुन् ।
उनले समय समयमा बजारमा देखिएका समस्या र शेयर शिक्षाका बारेमा आम लगानीकर्तालाई जानकारी पनि गराउने गर्छिन् । अरुलाई लगानी गर्न सिकाउने उनी आफू चाँही कसरी शेयर कारोबार गर्छिन् होला त ? उनको रोजाईमा कस्ता कम्पनी पर्छन् ?
शेयर खरिद गर्ने र बिक्री गर्ने समय कुन हो ? उनको पोर्टफोलियोमा कस्ता र कुन समूहका कम्पनीहरु छन् त ? खरिद गरेको कति समयपछि शेयर बिक्री गर्ने भन्ने बारेमा जान्नु तपाईको लागि कौतुहलको विषय हुन सक्छ ।
त्यसैले आज यी र यीनै विषय वस्तुमा केन्द्रित रहेर ‘इन्भेष्टर्स भ्वाईस’ मा बिजपाटी डटकमका बरिष्ठ संवाददाता भोजराज भण्डारी ले उनीसँग लामो कुराकानी गरेका छन् । प्रस्तुत छ, भिडियो कुराकानीको सम्पादित अंश :