सेन्चुरीमा बिलय हुँदापनि सगरमाथा फाइनान्सका सेयरधनीहरु फाइदामै हुनेछन- सीईओ राई (अन्तर्वार्ता)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 12, 2017 | 07:10:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मर्जर नीति अगाडी बढाए पश्चात बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने चर्चाले वित्तीय क्षेत्रमा राम्रै स्थान पाएको छ। त्यसमाथि पनि सेयरधनीहरुलाई राम्रो अंकको लाभांश खुवाउदै आएको सगरमाथा फाइनान्सले सेन्चुरी बैंकसंग बिलयमा जाने निर्णयले लगानीकर्ताको ध्यान खिंचेको छ। 

२०७४ असार मसान्त भित्र चुक्ता पुंजी ८० करोड पुर्याउन सक्ने अवस्थामा रहेको र कारोबार बिस्तारमा पनि अव्वल रहेको सगरमाथा फाइनान्सले बिलयको बाटो किन रोज्यो ? पाटन फाइनान्स जस्तो संकटग्रस्त फाइनान्सलाई प्राप्ति गरेर पनि सेयरधनीलाई राम्रै प्रतिफल दिन सक्नुको कारण के हुन् सक्छन ? लगायतका बिषयमा सगरमाथा फाइनान्सका संस्थापक प्रमुख कार्यकारी अधिकृत मन बहादुर राइसंग बिजपाटीका लागि मोहम्मद अज्मत अलिले गरेको कुराकानीको सम्पादित अंश: 


फाइनान्सको स्थापनाकाल देखि नै प्रमुख कार्यकारीको भूमिकामा रहेर फाइनान्सलाई सबल फाइनान्सको रुपमा परिचित गराउन सफल हुँदा हुँदै पनि बिलयको बाटो नै किन ? 

फाइनान्स कम्पनी सफल रुपमा नै अगाडी बढिरहेको छ। त्यहि पनि कार्यक्षेत्रको सिमितताका कारण दिर्घकालमा फाइनान्स कम्पनी भन्दा बैंक नै उचित हुन्छ भन्ने ठहराई रहेकाले बैंकमा बिलय हुने बाटो रोजिएको हो। दिर्घकालमा यो रोजाई उचित थियो भन्ने प्रमाणित हुनेनै छ। 


राष्ट्र बैंक वा कतैबाट केहि संकेत देखेर बिलयको बाटो त रोज्नु भएको होइन ?

नेपाल राष्ट्र बैंकले २०७२ सालको मौद्रिक नीतिबाट २ बर्षमा ४ गुणा पुंजी वृद्धि गर्नु पर्ने नीति अगाडी सार्यो। यो पुंजी पुर्याउन हामीले हकप्रद जारी गर्यौं। बोनस र हकप्रद मार्फत तोकिएको पुंजी पुग्ने भएतापनि सेयरधनीको एसेस्ट म्याक्सीमाइजेशनको हिसाबले बिलयमा जान लागेका हौँ। नकी राष्ट्र बैंकबाट कुनै संकेत पाएर। 

तपाई नेप्सेमा बैंक र फाइनान्स कम्पनीको सेयर कारोबार हेर्नुहोस। बैंकको तुलनामा बित्त कम्पनीहरुको सेयर कारोबार नगन्य छ। यसले पनि लगानीकर्ताको आकर्षण वित्तीय कम्पनी भन्दा बैंकमा बढी छ भन्ने देखाउंछ। त्यहि कारणले पनि बिलयको बाटो रोजेका हौँ। 


बोनस सेयर वितरण पश्चात चुक्ता पुंजी ७८ करो ६३ लाख पुगेको छ, प्रगति विवरण पनि राम्रै छ, त्यहि पनि बिलयको बाटोमा जाँदा तपाई सन्तुष्ट हुनुहुन्छ ?

म एकदमै सन्तुष्ट छु। स्थापनाकाल देखि नै प्रमुख कार्यकारीको रुपमा रहेको छु। २०६२ भदौ १३ गते वित्तीय कारोबार सुरु भएको यस संस्थाले २०६६ सालको क्यास क्रंच र ०६८ सालमा लिक्वीडीटि क्राइसेसको सामना गर्दै त्यस समयको अप्ठ्यारालाई पार गर्दै यहाँसम्म आईपुगेको हो। यस संस्थाले संचालन आम्दानि मात्र नहेरी सम्भव भएसम्म गैर संचालन लगानीबाट पनि आम्दानी गर्न सफल भएको छ। जसरी बैंकहरुले बिदेशी नोट सटहीको कारोबारबाट पनि राम्रो आम्दानी गर्छन। त्यसैगरी अफ ब्यालेन्ससिट लगानीबाट पनि उनीहरुले राम्रो आम्दानी गर्छन। हामीलाई पनि ऐनले  त्यो ब्यवस्था गरेको छ। जस्तो फाइनान्सियल ग्यारेन्टी यसलाई सर्वसाधारणले बैंक ग्यारेन्ट भन्छन तर वास्तवमा यसलाई फाइनान्सियल ग्यारेन्टी भन्छन। हामीलाई पनि ऐनले त्यो ब्व्स्था दिएपनि हाम्रो वित्तीय जमानतलाई सरकारी कार्यालयहरु, योजना, बिभाग, मन्त्रालय लगायतका संस्थाले त्यसलाई स्वीकृत नगर्ने पुरानै सोच भएकाले हाम्रो अफ ब्याल्नेससिट आम्दानी ज्यादै नगन्ने हुन्छ। त्यही अन्य वित्तीय संस्थाहरुसंगको तुलनामा हामीले   लगानीबाट केहि आम्दानी लिन सफल भएका छौँ। 


सगरमाथा फाइनान्सका सेयरधनीहरुको चाहना यो आर्थिक बर्षबाट प्रतिफल खुवाएर बिलयमा गएपनि हुने हो भन्ने थियो, तर त्यो त पुरा भएन नि ?  

पक्कै पनि चाहना हुनु अस्वाभाविक होइन। आर्थिक बर्षको तेस्रो त्रैमासको नजिक नजिक आएर हामीले सेन्चुरीमा गाभिन एमओयु गर्यौं। चौथो तथा अन्तिम त्रैमासीक भित्र संयुक्त कारोबार गरिसक्ने योजना भएकाले र त्यहि अनुसारको कार्ययोजना भएकाले पनि चालु बर्षको कमाईबाट बोनस नखुवाई बिलयमा गएका हौँ। तर यसो गरि सेन्चुरीमा जाँदा सेयरधनीहरुलाई पनि राम्रै हुने भएकाले प्रतिफल पाइन भनेर चित्त दुखाउनु हुने छैन भन्ने बिश्वास लिएको छु। 


संकटग्रस्त पाटन फाइनान्सलाई गाभेर पनि राम्रो प्रतिफल दिन सफल हुनुभएको छ, सगरमाथामा रहंदा राम्रो अंकको प्रतिफल पाएका सेयरधनीहरुको यो चाहना सेन्चुरीमा बिलय भएपश्चात पुरा हुन्छ भन्ने बिश्वास छ ?

पाटन फाइनान्स संकटग्रस्त नै त थिएन तर समस्याग्रस्त तर्फ उन्मुख थियो। फाइनान्स कम्पनी त्यहीमाथि नजिकैको फाइनान्स कम्पनी कम्जोर हुँदा त्यसको असर आफुलाई पनि पर्ने र अर्को तर्फ ललितपुर जिल्लाकै ब्यापारी, उद्योगी र स्थानीय मिलेर स्थापना गरेको फाइनान्सलाई प्राप्ति गर्दा लिक्वीडीटि सहज हुने भएकाले प्राप्ति मर्ज गर्यौं। २०७२ असार ३१ मा मर्ज भईसके पश्चातका दिनमा लिक्वीडीटिको सवालमा सगरमाथा फाइनान्सलाई सहज हुँदै गयो। २०७३ मङ्सिर देखि लिक्वीडीटि असहज हुन् थाल्यो तर सगरमाथाले त्यो बेहोर्न परेन। त्यो पाटन फाइनान्सलाई मर्ज गरेकाले र यहाँको स्थानीय ब्यापारी, उद्योगी भएको संस्था ल्याएका ले हामीलाई कहिल्यै पनि असहजता भएन। 


फाइनान्सलाई राम्रो स्वाप रेसियोमा बाणिज्य बैंकमा बिलय गराउने लक्ष्य थियो कि या फाइनान्स स्थापनाको उदेश्य अरु नै केहि थियो ? 

एउटा सफल फाइनान्स कम्पनी संचालन गरेर नाम जस्तै काम पनि सगरमाथा जस्तै उच्च बनाउने सोचका साथ फाइनान्सको स्थापना गरेका हौँ। त्यहि हिसाबले नेटवर्क र आउटलेट बिस्तार पनि गरेका थियौं। जब पछिल्लो समय बैंक वित्तीय संस्था बढी भएर राष्ट्र बैंकले मर्जर विनियमावली २०६८ जारि गर्यो। राष्ट्र बैंकले त्यो नीति जारि गर्न अगाडी नै लक्ष्मी बैंक र एनबि बैंकले फाइनान्स कम्पनीलाई प्राप्ति गरेका थिए। 

मर्जर विनियमावली २०६८ आइसकेपछीका समयमा एनआईसी एसिया बैंक र बैंक अफ एसिया जस्ता क बर्गका बैंकपनि मर्जर भए। त्यस्तै ग्लोबल बैंक र कमर्श एण्ड ट्रस्ट मिलेर ग्लोबल आइएमई बैंक बन्यो। त्यहि समयदेखि नै अबको समय संस्थाको गुणात्मक वृद्धि हो भन्ने लाग्न थाल्यो। 

त्यहि अनुसार चल्नका लागि बिभिन्न बैंक तथा वित्तीय संस्थासंग कुरा चल्यो। हामी कित फाइनान्स कम्पनीलाई आफुमा समाहित हुने, बिकास बैंकसंग नजाने, जानु पर्ने नै भयो भने बाणिज्य बैंकमा जाने भन्ने योजनामा थियौं। हामि बलियो अवस्थामा भएकाले थोरै स्वापमा जानु पर्ला भन्ने थिएन। हरेक बर्ष सेयरधनीहरुलाई राम्रै प्रतिफल दिएका छौं। त्यहि क्रममा सेन्चुरी बैंकमा सोचेजस्तो स्वापममा जाने कुरा भयो। उहाँहरुबाट राम्रो फाइनान्सलाई राम्रै दाम दिनुपर्छ भन्ने कुरा आयो। बजारमा थाहा हुँदा नहुँदै सेन्चुरी र सगरमाथाबीच एमओयु भयो।  दुवैको सोच, बिचार र योजना मिलेकाले समयको मागलाई आत्मसाथ गर्दै सेन्चुरीमा जाने निर्णय गर्यौं। 

यहाँ १२ बर्षदेखि सगरमाथा फाइनान्ससंग जोडिनु भएको छ प्रमूख कार्यकारीको रुपमा, अब थोरै संस्थासंग जोडिएका यहाँका व्यक्तिगत कुरा गरौँ न,उत्कृष्ट फाइनान्स मध्यको एक फाइनान्समा परिचित गराउन सफल हुनु भएको छ, हाम्रा पाठकलाई यहाँको पृष्ठभूमिबारे केहि बताइ दिनुहोस न?

सर्वप्रथम त म शिक्षक हु। २०४० सालदेखि २०४२ साल चैतसम्म अध्यापन गराउथे। त्यस पश्चात निजि क्षेत्रको उत्पादनमूलको कम्पनीमा काम गरे। नेपाल सरकारको पूर्ण स्वामित्व रहेको तारा गाउँ बिकास समितिमा अस्थायी लेखापालमा प्रवेश गरे। त्यहाँ १० महिनामा नै कायम मुकायम लेखा अधिकृत भए। २२-२३ महिनामा त्यहाँको ब्यापार महाशाखाको लेखा प्रमुख भए। 

२०४३ साल साउन १ देखि २०४८ बैशाख सम्म तारा गाउँ बिकास समितिमा काम गरे। २०४८ साल बैशाखमा युनाइटेड मिसन टु नेपालको फरेस्ट्री प्रोजेक्ट को प्रमुखको रुपमा काम गरे।     

२०४९ पुसदेखि चितवनको टांडीमा स्थित रतन नगरमा एसडीबि ब्रिक एण्ड टायल उद्योगमा प्रमुखको रुपमा काम गरे। त्यस्पचात टेक्सटाइल उद्योगमा महाप्रबन्धकको रुपमा काम गरे। त्यस लगत्तै ट्याक्स कन्सल्ट्यान्टको रुपमा काम गरे। १३ वटा संस्थामा गरे। त्यस पश्चात स्थापनाकाल देखि नै सगरमाथा फाइनान्समा प्रमुख कार्यकारीको रुपमा जिम्मेवारी सम्हालेको छु।

फरक फरक चाहना बोकेका र अलग अलग पृष्ठभूमिका संचालकहरुलाई खुसि बनाएर सेयरधनीहरुलाई पनि रिजाएर काम गर्न कत्तिको सजिलो गार्हो हुँदो रहेछ ? 

कार्यकारी प्रमुख इमान्दार, मेहनती ,परिश्रमी र दुरदर्शी हुनुपर्छ। उसलाई नाजायज फाइदा लिने सोच कहीं कतैंबाट हुनुहुदैन। अन्तरमनमा पनि आउनु हुँदैन। आफ्नो कम्पनीलाई राम्रोसंग एमोंग दि बेस्ट बनाउनु पर्छ भन्ने सोचका साथ काम गर्नुपर्छ। निश्चय नै संचालक समितिमा फरक फरक पृष्ठभुमि भएका व्यक्तिहरु हुन्छन। संस्थाको उदेश्यमा केन्द्रित भएर काम गर्ने हो भने प्रमुख कार्यकारीको रुपमा काम गर्न सहज नै हुन्छ। 


यहाँ अब सेन्चुरीमा रहेर नै संस्थालाई अगाडी बढाउनु हुन्छ या तपाईको भाबी योजना अरु नै केही छ ?

सेन्चुरीमा बिलय भईसकेपछी म सेन्चुरीमा गएर सेवा गर्ने मेरो सुरु मै सोच थिएन। त्यहि अनुसार नै हाम्रो सम्झौता भएको हो। १२ बर्षको थकाइलाई मेटाउन केहि समय आराम नै गर्नु पर्ला।  पुंजी बजार, बैंक तथा वित्तीय संस्था क्षेत्रका अनुभब भएको हुनाले पनि केहि समयको आरामपछी यहि क्षेत्रमा कार्यरत हुनेछु। 

सेन्चुरी भन्दा बाहिर रहे पनि सेयरधनी र लगानीकर्ता भएकाले र सेन्चुरीले प्रगति गर्दा त्यह्नी अनुसार हामीलाई पनि फाइदा हुने भएकाले सेन्चुरीको प्रगतिका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने छु र आवश्यकता अनुसार सल्लाह र सुझाब पनि दिनेनै छु।     

सगरमाथा फाइनान्ससंगको एकीकृत कारोबारका लागि किन हतारिदै छ सेन्चुरी बैंक ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved