सचिवहरुनै देशप्रति इमान्दार छैनन्, मन्त्रीका के कुरा - क्रसर उद्योगीका अध्यक्षको अन्तरवार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2024 | 12:07:16 PM मा प्रकाशित

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायहरु नवीकरणको मारमा परेको पाइएको छ। सरकारले विगत १० वर्षदेखि नवीकरण नगरिदिँदा व्यवसाय नै धरासायी बन्ने अवस्था भएको क्रसर उद्योगीको गुनासो छ।  

नवीकरण नहुँदा अरबौ लगानी भएको क्रसर उद्योग समस्यामा परेको यस क्षेत्रका व्यवसायीको गुनासो छ। व्यवसायीले विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुर लिई पुरानो मापदण्डका आधारमा नवीकरण गराउन र व्यवहारिक एवं नयाँ मापदण्ड ल्याउन माग गरेका छन् ।

१० वर्षदेखि क्रसर उद्योग नविकरण नहुँदा क्रसर उद्योग र यससंग जोडिएको रोजगारीमात्रै नभई राज्यलाई समेत अरबौ रुपैया राजस्व गुमाइरहेको व्यवसायीहरुको गुनासो छ। नविकरण नहुदा नदीनाला र पहाड दोहन गर्नेहरुको आत्मबल बढेको र नियममा रहेर कारोबार गर्नेहरु पलायनको अवस्थामा आएको व्यवसायीले चिन्ता गरेका छन्। 

क्रसर उद्योगको अहिलेको अवस्था, नवीकरण हुन नसक्नुको कारण लगायतका विषयमा बिजपाटी डटकम ले नेपाल क्रसर तथा खानी उद्योगी व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपाने सँग कुराकानी गरेको छ। प्रस्तुत छ, कुराकानीको सम्पादित भिडियो अंश :


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved