बिजपाटीद्वारा प्रस्तुत इन्भेष्टर भ्वाइस कार्यक्रम विशुद्ध शेयर लगानीकर्ताको हकहित संरक्षणको उदेश्यले सञ्चालनमा ल्याइएको कार्यक्रम हो। यस कार्यक्रममार्फत शेयर बजारको पछिल्लो जानकारी, पछिल्ला घटनाक्रमबारे लगानीकर्तालाई जानकारि गराउने जमर्को गरेका छौं। अर्कोतर्फ, यस कार्यक्रममा शेयर लगानीकर्ताको अनुभव र शेयर कारोबार गर्दा लगानीकर्ताले पालना गर्नुपर्ने नियमबारे पाठकलाई जानकारी दिने गर्दछौं।
पछिल्ला चार वटा शृंखलामा हामीले शेयर लगानीकर्ताका अभिभावक तथा नेताको रुपमा पहिचान बनाएका नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल, शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल र शेयर विज्ञ देव गुरागाईं, नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेलाई बिजपाटी स्टुडियोमा बोलाएर कुराकानी गरिसकेका छौं।
सोहि शृंखलालाई निरन्तरता दिने क्रममा हामीले नेपालको पूँजीबजारको अग्रपंक्तिमामा रहेको बजार सञ्चालक तथा नियामक नेपाल स्टक एक्सचेन्ज(नेप्से) का प्रवक्ता मुराहरी पराजुलीलाई बिजपाटी स्टुडियो मा बोलाएका छौं।
पराजुलीले पछिल्लो १८ वर्षदेखि नेप्सेको विभिन्न विभागमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका छन्। हाल नेप्सेको प्रवक्ताको जिम्मेवारीमा रहेका पराजुली आफैंले पनि विभिन्न लेख तथा अन्तरवार्ता मार्फत आम नेपालीहरुलाई शेयर बजारको बारेमा सूचना तथा ज्ञान दिंदै आएका छन्।
यस शृंखलामा हामीले नियामक नेप्से र नेपाल धितोपत्र बोर्ड बीचको फरक के हो ? नेपालको पछिल्लो शेयर बजार कति जोखिमपूर्ण छ ? लगानीकर्ताबाट कारोबारीमा रुपान्तरण हुँदै गर्दा नेपालका नियामकले त्यहिअनुसारको किनबेचको टुल्स दिन सफल भइरहेका छन् कि छैनन ? बढ्दो बजारमा भल छोप्नेहरुबाट बचेर आफ्नो लगानीबाट बढीभन्दा बढी प्रतिफल कसरी लिन सकिन्छ भन्ने जस्ता विषयमा कुराकानी गरेका छौं।
प्रस्तुत छ कुराकानीको सम्पादित भिडियो अंश :