बिजपाटीद्वारा प्रस्तुत इन्भेष्टर भ्वाइस कार्यक्रम विशुद्ध शेयर लगानीकर्ताको हकहित संरक्षणको उदेश्यले सञ्चालनमा ल्याइएको कार्यक्रम हो। यस कार्यक्रममार्फत शेयर बजारको पछिल्लो जानकारी, पछिल्ला घटनाक्रमबारे लगानीकर्तालाई जानकारि गराउने जमर्को गरेका छौं। अर्कोतर्फ, यस कार्यक्रममा शेयर लगानीकर्ताको अनुभव र शेयर कारोबार गर्दा लगानीकर्ताले पालना गर्नुपर्ने नियमबारे पाठकलाई जानकारी दिने गर्दछौं।
पछिल्ला पाँच वटा शृंखलामा हामीले शेयर लगानीकर्ताका अभिभावक तथा नेताको रुपमा पहिचान बनाएका नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल, शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल र शेयर विज्ञ देव गुरागाईं, नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे तथा शेयर बजारको फ्रन्टलाइनर नियामक नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीलाई बिजपाटी स्टुडियोमा बोलाएर कुराकानी गरिसकेका छौं।
सोहि शृंखलालाई निरन्तरता दिने क्रममा हामीले शेयर लगानीकर्ता प्रत्यक्षरुपमा जोडिने शेयर ब्रोकरसंग जोडिएका कुराकानी गर्नका लागि स्टक ब्रोकर एसोसिएसनका पुर्व अध्यक्ष तथा ब्रोकर नम्बर ३५ कोहिनुरका संचालक भरत रानाभाटलाई बिजपाटी स्टुडियोमा बोलाएका छौं।
लामो समयदेखि नेपालको शेयर बजारमा सकृय रहँदै आएका रानाभाट ब्रोकर नम्बर ३५ कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजका संस्थापक संचालक समेत हुन् । स्टक ब्रोकर एसोसिएसनको अध्यक्ष हुँदा नेपालको पूँजीबजार पूर्ण अनलाइन कारोबार प्रणालीमा जाँदै थियो। त्यस बेला रानाभाटले सेयर बजारको प्रमुख नियामक धितोपत्र बोर्ड, नेप्से र अरु सरोकारवालाहरुसंग समन्वय गरेर बजारलाई पूर्ण अनलाइन बनाउन कयौं चुनौतीलाई सामाधान गर्ने भूमिका निर्वाह गरेका थिए।
यस शृंखलामा हामीले ब्रोकर र शेयर लगानीकर्ताको सम्बन्ध, ब्रोकरको पछिल्लो भूमिका, क्लोज आउट तथा ब्रोकर मार्फत शेयर कर्जा दिन नसक्नुको कारण जस्ता विषयमा कुराकानी गरेका छौं।
प्रस्तुत छ कुराकानीको सम्पादित भिडियो अंश :