बिजपाटी डटकमद्वारा प्रस्तुत 'इन्भेष्टर भोइस' कार्यक्रम विशुद्ध लगानीकर्तालाई लगानी सम्बन्धी ज्ञान तथा जानकारी दिने उदेश्यले संचालनमा ल्याइएको हो। यस कार्यक्रममार्फत शेयर बजार लगायतका लगानीका क्षेत्रमा भएका लगानीका अवसर तथा चुनौतीबारे आम सर्वसाधारणलाई जानकारि गराउने जमर्को गरेका छौं।
पछिल्ला छ वटा शृंखलामा हामीले शेयर लगानीकर्ताका अभिभावक तथा नेताको रुपमा पहिचान बनाएका नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल, शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, शेयर विज्ञ देव गुरागाईं, नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे तथा शेयर बजारको फ्रन्टलाइनर नियामक नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुली र स्टक ब्रोकर एसोसिएसनका पुर्व अध्यक्ष तथा ब्रोकर नम्बर ३५ कोहिनुरका संचालक भरत रानाभाटलाई बिजपाटी स्टुडियोमा निम्त्याएर कुराकानी गरिसकेका छौं।
कार्यक्रमलाई निरन्तरता दिने क्रममा हामीले लगानीसँग प्रत्यक्ष रुपमा जोडिएको म्युचुअल फण्डबारे कुराकनी गर्ने जमर्को गरेका छौँ। बजारमा लगानीका लागि उपलब्ध बिभिन्न विकल्पहरु मध्ये म्युचुअल फण्ड नै लगानीका लागि रोक्नुपर्ने कारण तथा यससँग जोडिएका अन्य विषयहरुबारे कुराकानी गर्ने कोशिस गरेका छौं।
यसका लागि आज हामीले बिजपाटी स्टुडियोमा आगामी पुष ७ देखि 'गरिमा समृद्धि योजना' को स्किम ल्याउने तयारीमा जुटेको गरिमा क्यापिटलका प्रमुख परिचालन अधिकारी अशोक सुवेदीलाई निम्त्याएका छौं।
यस शृंखलामा हामीले सुवेदीसँग म्युचुअल फण्ड के हो ? यो कसका लागि हो ? र यसबाट आम सर्वसाधारणले कसरी लाभ उठाउन सक्छन भन्ने जस्ता विषयमा कुराकानी गरेका छौं। प्रस्तुत छ कुराकानीको सम्पादित भिडियो अंशः