नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु संस्थाका अध्यक्ष मणि अर्ज्याल र सीईओ भोजराज बस्यालले लघुवित्त डुबाउन लागेको आरोपसहित मिडियामा आएका छन्। कर्मचारी संगठनका महासचिव मुकेश यादवले संस्थाले कर्मचारी समस्यालाई बेवास्ता गर्दै उनीहरूलाई दबाउने रणनीति अपनाएकाले लघुवित्त संकटमा पर्न लागेको दाबी गरेका छन्।
मर्जरको समयदेखि नै तलब वृद्धि र कर्मचारी समायोजनमा सहमति खोज्नुपर्नेमा अध्यक्ष र सीईओले उल्टै आन्दोलनका घटनालाई आधार मानेर कर्मचारीलाई कारबाही गर्न खोजेको यादवको आरोप छ।
आन्दोलनपछि कर्मचारीलाई ४ ग्रेड वृद्धि गर्ने माग पूरा गर्नुपर्नेमा अध्यक्ष र सीईओले कुरै नसुनेको उनको आरोप छ। यद्दपि केहि दिनलाई संस्थाको अध्यक्ष बनेका साबिकको मिर्मिरे लघुवित्त वित्तिय संस्थाका अध्यक्ष टेक बहादुर बोहराले सबैलाई तलब भत्ताका रूपमा २५०० रुपैयाँ मात्र वृद्धि गरेर तत्काललाई कर्मचारीको आन्दोलन टरेको हो।
नेरुडे मिर्मिरेमा करिब ३०० कर्मचारी बढी रहेकोमा कर्मचारीलाई स्वेच्छिक अवकाश योजना ल्याउनुको साटो बलजस्ती निष्कासन गर्न खोजिएको यादवको आरोप छ। साथै, अज्र्यालमाथि पूर्व एनआरडीसीका ११४ जना कर्मचारीको शेयर हडपेको आरोपसमेत लागेको छ।
नेरुडे र मिर्मिरे लघुवित्त मर्जरपछि दुवै संस्थाका कर्मचारीहरूले विभिन्न माग राखेर आन्दोलन गरेका थिए। यसबीच, तत्कालीन मिर्मिरेका अध्यक्ष टेकबहादुर बोहरालाई विवाद समाधानका लागि अध्यक्ष बनाइएको भए पनि नेपाल राष्ट्र बैंकले उनलाई स्वीकार नगरेपछि पुन: अज्र्याललाई अध्यक्ष बनाइएको थियो।
तर, विवाद समाधान गर्नुपर्नेमा द्वन्द्व झन् बढ्दै गएको र संस्थाको शाख खस्किरहेको देखिएको छ। समस्या समाधान नगरे लघुवित्त कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने खतरा देखिएको छ। यही सन्दर्भलाई केन्द्र बिन्न्दुमा राखेर बिजपाटी डटकमले बैंक बित्तिय क्षेत्र नेरुड़े मिर्मिरे लघुवित्त कर्मचारी संगठनका अध्यक्ष मुकेश यादवसंग कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश :