मर्नु न बाँच्नु भैसक्यो, ४० अर्ब भुक्तानी नभए अन्तिम बिद्रोह गर्छौं (रवि सिंहको अन्तर्वार्ता)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2025 | 06:07:38 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल सरकारले भुक्तानी नदिएको भन्दै यत्तिखेर निर्माण व्यवसायीहरु आन्दोलित छन्। सरकारले अझैं पनि भुक्तानीको लागि बेवास्ता गरेको अवस्थामा विद्रोह गर्ने निर्माण व्यवसायीले चेतावनी दिएका छन्।  तिनै तहका सरकारबाट झन्डै ४० अर्ब रुपैयाँ पाउनुपर्ने निर्माण व्यवसायीको दाबि छ। 

आफुहरुले काम गरे पश्चात काम गरेको भुक्तानी पाउनुपर्ने भन्दै भुक्तानी नपाउनुमा आफुहरु भन्दा पनि राज्य नै मुख्य जिम्मेवार रहेको उनीहरुको आरोप छ।भुक्तानीको विषयमा राज्यको कमजोरी देखाउँदै व्यवसायीहरूले पूर्ण भुक्तानी नभएसम्म निर्माणका कामहरू अघि नबढाउने अडान लिएका छन्।

राज्यले यो या त्यो कारणले आफुहरुको भुक्तानी नदिएकाले यत्तिखेर आफुहरुको अवस्था मर्नु न बाच्नु भएकोले अब अन्तिम विद्रोह गर्ने निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बिजपाटीसंगको कुराकानीमा बताएका छन्। 

भुक्तानी नपाएकै कारण निर्माण व्यवसायीहरु कालोसुचिमा पर्ने, भएकै योजनाबाट पनि हात धुनुपर्ने, बैंक बित्तिय संस्थाबाट पनि सताइने, जस्ता समस्या भोग्नुपरेकाले सरकारले निकास नदिए अन्तिम विद्रोह गर्ने सिंहले चेतावनी दिएका छन्। 

आफुहरुलाई भुक्तानी पनि नदिने र भुक्तानीकै कारण सृजित समस्या पनि राज्यले समाधान नगरिदिने अवस्था अवस्था आएकाले आन्दोलनको विकल्प रोज्न बाध्य भएको उनको भनाई छ। 

सरकारसंग भुक्तानी गर्नलाई रकम नभएको हो वा निर्माण व्यवसायीकै कमि कमजोरीका कारण भुक्तानी नभएको हो भन्नेबारे यत्तिखेर बजारमा सबैको चाँसो छ। यहि चाँसोलाई सम्बोधन गर्ने उदेश्यले बिजपाटी डटकमले संघका अध्यक्ष सिंहसंग कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित भिडियो अंशः


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved