'आइपीओको आडमा सहकारीमाजस्तो अर्को लुटकाण्ड मच्चिदै छ देशमा' (अन्तरवार्ता)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2025 | 06:10:38 PM मा प्रकाशित

बिजपाटी डटकमद्वारा प्रस्तुत “इन्भेष्टर भोइस”  कार्यक्रम विशुद्ध लगानीकर्तालाई लगानी सम्बन्धी ज्ञान तथा जानकारी दिने उदेश्यले संचालनमा ल्याइएको हो। यस कार्यक्रममार्फत शेयर बजार लगायतका लगानीका क्षेत्रमा भएका लगानीका अवसर तथा चुनौतीबारे आम सर्वसाधारणलाई जानकारी गराउने जमर्को गरेका छौं। 

पछिल्ला ७ वटा शृंखलामा हामीले शेयर लगानीकर्ताका अभिभावक तथा नेताको रुपमा पहिचान बनाएकी नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, शेयर विज्ञ देव गुरागाईं, नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे तथा शेयर बजारको फ्रन्टलाइनर नियामक नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुली, स्टक ब्रोकर एसोसिएसनका पुर्व अध्यक्ष तथा ब्रोकर नम्बर ३५ कोहिनुरका संचालक भरत रानाभाट र गरिमा क्यापिटलका प्रमुख परिचालन अधिकारी अशोक सुवेदीलाई बिजपाटी स्टुडियोमा निम्त्याएर कुराकानी गरिसकेका छौं। 

कार्यक्रमलाई निरन्तरता दिने क्रममा हामीले आईपीओबारे कुराकनी गर्ने जमर्को गरेका छौँ। पछिल्लो समय नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ती भएसँगै आईपीओ अनुमतिका लागि ८५ कम्पनी पाइपलाईनमा रहेका छन् । आज हामीले यससँग जोडिएका अन्य विषयहरुबारे कुराकानी गर्ने कोशिस गरेका छौं। 

यसका लागि आज हामीले बिजपाटी स्टुडियोमा लगानीकर्ता केशव कोइरालालाई निम्त्याएका छौं। उहाँ बजारमा काकाको नामले परिचित हुनुहुन्छ ।

यस शृंखलामा हामीले कोइराला सँग पाइपलाईनमा रहेका सबै कम्पनीले आईपीओ अनुमति पाउनुपर्छ कि पर्दैन ? खराब कम्पनीमा भएका चलखेललाई कसरी रोक्न सकिन्छ भन्ने जस्ता विषयमा कुराकानी गरेका छौं।  प्रस्तुत छ कुराकानीको सम्पादित भिडियो अंशः


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved