'प्रतिस्पर्धात्मक बजारमा कार्टेलिङ गरेर महंगोमा सिमेन्ट बेच्न सम्भव छैन'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 25, 2017 | 07:36:59 PM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न क्षेत्रका उत्पादनमूलक उद्योगमा लामो समयदेखि काम गरिसकेका सुवास खतिवडा बिगत केहि वर्षदेखि केएल दुगड समूह अन्तर्गतको युनाइटेड सिमेन्ट उद्योगमा कार्यरत छन्।  

२०७५ सालसम्म नेपालले सिमेन्ट उत्पादनमा पूर्णरुपमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ। सरकारको लक्ष्य अनुसार नै पछिल्ला समय नेपालमा थुप्रै  सिमेन्ट उद्योग संचालनमा आएका छन। त्यसै क्रममा नेपाली बजारमा आक्रामक रुपमा अगाडी बढेको युनाइटेड सिमेन्टले सरकारको लक्ष्यमा कसरी साथ दिएको छ र नेपालमा सिमेन्ट व्यवसायको वर्तमान अवस्था के कस्तो छ भन्ने बिषयमा केन्द्रित रहेर बिजपाटीले युनाइटेड सिमेन्टका ब्राण्ड एण्ड प्रमोसन प्रमुख सुवास खतिवडासंग गरेको कुराकानी:


नेपाल सिमेन्टमा आत्मनिर्भर बन्ने क्रममा छ भनिएको छ, यस अवस्थालाई यहाँले कसरी बुझ्नु भएको छ ?

अवश्य, नेपाल सिमेन्टमा आत्मनिर्भर बन्ने क्रममा छ । विगतका दिनमा थुप्रै सिमेन्ट उद्योग संचालनमा आएका छन् । नेपालको लागी यो निकै नै ठूलो सफलता हो । आउने दिनहरुमा हामीले हाम्रो माग अनुसारको सिमेन्ट उत्पादन गर्न सक्नेछौं भन्ने मलाई लाग्छ । यतिमात्र नभएर हामीले सिमेन्टलाई एउटा मुख्य निर्यातको वस्तुको रुपमा विकास गर्न सक्छौं किनभने सिमेन्टलाई चाहिने एक महत्वपूर्ण कच्चापदार्थ (उच्च गुणस्तरको चुनढुङ्गा) हाम्रो देशमा प्रशस्त मात्रामा उपलब्धछ । तसर्थ भविष्यमा निर्यातको पनि राम्रो सम्भावना देखिन्छ । 

भुकम्प पछिको पुनःनिर्माणमा देश छ, यो समयमा तपाईहरुले १५ मा एक बोरा सित्तैमा अफर ल्याउनु के जनताको सहुलियतको लागी हो ?

अहिले देश भुकम्प पछिको पुननिर्माणमा जुटेको छ । यस्तो समयमा हामी नेपाली कम्पनी भएको नाताले देशको लागी केहीगर्नु पर्छ भन्ने उद्देश्य लिएर नै हामीले हाम्रो युनाईटेड सिमेन्ट्स १५ बोरा खरिद गरे वापत १ बोरा निःशुल्क अफर लिएर आएका हौ। हाम्रो यो स्किम ल्याउनुको उद्देश्यनै पुनःनिर्माणमा लागेका जनतालाई सहुलियत प्रदान गर्नु हो । साथै हामी संचालनमा आएको छोटो समयमा नै हामीलाई जनताले माया गरेर अपनाईदिनु भएकोमा उहाँहरुको माया र सद्भावको कदर स्वरुप हामीले यो अफर ल्याएका हौं ।

युनाईटेड सिमेन्टले कतिप्रकारको सिमेन्ट उत्पादन गर्छ ?

अहिले ओ.पि.सी मात्र

देशका विभिन्न स्थानमा फरक फरक सिमेन्ट कम्पनीको वर्चश्व छ, एकै कम्पनी देशव्यापी बन्न नसक्नुको कारण के हो ?

हरेक सिमेन्ट कम्पनीको आफ्नो पकेट एरिया हुन्छ । यो हुनुको कारणहरु भनेको

१. ढुवानी खर्चः लामो दुरीले गर्दा ढुवानीको खर्च बढ्न जान्छ । यसले गर्दा सिमेन्ट महंगो पर्न जान्छ र त्यँहाको लोकल सिमेन्टसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन जान्छ ।

२. उत्पादन क्षमता: हाम्रो देशको सिमेन्ट उद्योगहरुको उत्पादनले सिमेन्टको देशव्यापी मागलाई पुरा गर्न सकेका छैनन् । देशव्यापी माग धेरै ठूलो छ र त्यो हिसाबको उत्पादन क्षमता कम छ । हामी अहिलेसम्म देशव्यापी सप्लाई गर्न सक्ने विकास गर्न सकेका छैनौ“ । त्यसैले गर्दा पनि हाम्रो देशमा एउटै सिमेन्ट कम्पनी देशव्यापीबन्न सकेको छैन ।

सिमेन्टमा गुणस्तरको प्रश्न बारम्बार दोहोरिरहेको छ, यस्तो किन हुन्छ ?

सिमेन्ट जस्तो वस्तुमा बाहिरबाट नियालेर मात्र यसको गुणस्तरको  बारेमा अनुमान गर्न सकिन्न । सिमेन्टको गुणस्तर प्राविधिक विषय हो । सिमेन्टको  गुणस्तरको मापन प्रयोगशाला परीक्षणबाट मात्र हुने हुनाले सर्वसाधारणलाई यसको बारेमा बुझ्न गाह्रो हुने गरेको पाईन्छ । सायद त्यसैले गर्दा यस्तो प्रश्न बारम्वार आउने गरेको पाईन्छ ।

बजारमा सिमेन्टको भेराईटीहरु छन्, युनाईटेड सिमेन्टनै किन रोज्ने ?

अवश्य पनि पछिल्लो समय थुप्रै सिमेन्ट उद्योग संचालनमा छन। सिमेन्टको भेराईटीहरुको बीचमा युनाइटेड सिमेन्ट नै रोज्नु पर्ने पहिलो कारणमा यो सिमेन्टमा छिटो सेट हुने विषेशता रहेको छ। त्यस्तै अन्य कारणमा

१. यस सिमेन्टले छोटो समयमा नै धेरै भारवहन क्षमता प्रदान गर्दछ । त्यसैले संरचनात्मक कार्यमा यो सिमेन्ट अतिउत्तम हुन्छ । यो सिमेन्टले बनाएको मसला लस्सादार हुन्छ, त्यसैले काम गर्न सजिलो हुन्छ । 

२. काठमाण्डौको छोटो दुरीमा रहेको यस सिमेन्टले आफ्ना ग्राहकवर्गमा कम समयमा नै निरन्तर रुपमा सिमेन्ट आपूर्ती गरीरहन सक्छ । 

३. सिमेन्ट प्लान्टवाट लोड भएको गाडी कन्स्ट्रक्सन साईटमा छोटो समयमा नै सजिलै पुग्न सक्छ । यही फाईदाका कारण उपभोक्ताहरुले धेरै मात्रामा सिमेन्टको स्टक राख्न जरुरत पर्दैन । 

४. सिमेन्ट जति ताजाभयो त्यती नै राम्रो हुने कारणले गर्दा यस कम्पनी ले  छोटो समयमा ताजा सिमेन्ट निरन्तर रुपमा वितरण गर्दै आएको छ ।

५. साथै यो सिमेन्ट कुनै पनी निर्माण सम्वन्धी कार्यको लागी अतिउपयुक्त छ ।

विद्युतको नियमित आपूर्ति भईरहेको छ तर पनि सिमेन्ट कम्पनीहरुले सिण्डिकेट नै लागु गरेर महँगोमा सिमेन्ट बिक्री गरेको छन् , यस्तो किन?

नेपाल एउटा विकासशील मुलुक हो । यहाँ हामीले चाहेर पनी पूर्वाधारहरु जुटाउन सकेका छैनौं। भनिन्छ विद्युतको नियमित आपुर्ति भईरहेको छ तर वास्तावमा हामीलाई चाहिए अनुरुप नियमित आपूर्ति हुन सकेको छैन । सिमेन्टहरुविच निकै नै प्रतिस्पर्धा छ त्यसैले यो प्रतिस्पर्धात्मक बजारमा विभिन्न उद्योगहरुले कार्टेलिङ गरेर महंगोमा सिमेन्ट बेच्न सम्भव छैन । सिमेन्टको मोल, सिमेन्टको गुणस्तर र उत्पादन लागत खर्चमा भर पर्छ । त्यसैले उद्योगहरु वीच सिन्डिकेट प्रणाली सम्भव छैन ।

नेपालको अर्थतन्त्र र रोजगारको बजारमा युनाईटेड सिमेन्ट्सको योगदान कति छ ?

नेपालको अर्थतन्त्रलाई बढवा दिन नेपालमा उद्योगको विकास हुन निकै जरुरी छ । यस युनाईटेड सिमेन्टले नेपालको अर्थतन्त्रमा निकै ठूलो टेवा पुर्याउदै आएको छ र भविष्यमा पनि पुर्याउने छ। हाम्रो कम्पनीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हजारौ जनतालाई रोजगारी दिएर उनीहरुको जीवनस्तर विकास गर्न मद्दत गरेको छ । नेपालमै रोजगारीको अवसर जुटाएर हामीले केहि हद सम्म दक्ष जनशक्तिलाई  विदेशीनबाट पनि रोकेका छौं। त्यसैगरी हामीले नेपालमा एउटा लगानीको अवसर पैदा गरेका छौं। सिमेन्ट उद्योग भनेको ठूलो लगानीको परियोजना हो । यसले लगानी प्रवाहमा ठूलो मद्दत पुर्यौन्दै आएको छ । भन्नुपर्दा हामीले रोजगारको अवसर सिर्जना गर्नु नै हाम्रो नेपालको अर्थतन्त्रमा ठूलो योगदान हो । यसले दक्ष जनशक्तिलाई विदेशीन दिदैन र जनताको जिवनस्तरमा सकरात्मक उत्थान ल्याउछ ।

धेरै सिमेन्ट कम्पनीहरुको बीचमा रहेर एक आम सर्वसाधारणले गुणस्तरीय सिमेन्ट कसरी छान्ने ? केही टिप्स

सिमेन्ट यस्तो वस्तु हो जसको गुणस्तर बाहिरबाट हेरेर मापन गर्न सकिदैन । सिमेन्टको गुणस्तर विभिन्न दायराबाट मापन गरिन्छ र त्यसको लागि प्रयोगशाला परिक्षणबाट मात्र सम्भव हुन्छ । सामान्यतया ओ.पि.सी. सिमेन्टको हकमा सिमेन्टको काम गरिसकेपछि २८ दिन पछिको भारवहनक्षमता नापिन्छ र त्यसबाट नै सिमेन्ट कुन ग्रेड हो भनेर पत्ता लाग्छ । ५३ ग्रेडको सिमेन्टलाई गुणस्तरीय सिमेन्टको दर्जा दिइएको छ । यूनाइटेड सिमेन्ट्स ५३ ग्रेडको शुद्ध ओ.पि.सी. सिमेन्ट हो । एक आम सर्वसाधारणले ५३ ग्रेड को शुद्ध ओ.पि.सी. सिमेन्ट रोज्नु उपयुक्त हुन्छ । अथवा इन्जिनियरको सल्लाह लिनु उपयुक्त हुन्छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved