'यसअघिको भन्दा राम्रो लाभांश दिन्छौँ' (स्वरोजगार लघुवित्तका सीइओ उप्रेतीको अन्तर्वार्ता)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2025 | 02:44:33 PM मा प्रकाशित

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि एफपीओ निष्कासन तथा वितरण प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। यस एफपीओमा मागभन्दा कयौँ गुणा बढी आवेदन परेको छ।

यसै सन्दर्भमा, स्वरोजगार लघुवित्तको एफपीओमा प्राप्त प्रतिक्रिया, कम्पनीको भविष्य र लगानीकर्तालाई दिन सक्ने प्रतिफलबारे संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज उप्रेतीसँग बिजपाटी डटकमका लागि सीता बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंशः

एफपीओमा अत्यधिक आवेदन परेको छ, यसलाई कसरी लिनुभएको छ ?

स्वरोजगार लघुवित्तको एफपीओमा मागभन्दा कयौँ गुणा बढी आवेदन परेको छ। अहिले बजारमा धेरै आवेदन पर्ने प्रवृत्ति नै छ, त्यसैले यसलाई स्वाभाविक रूपमा लिएका छौँ। 

भविष्यमा राम्रै प्रतिफल पाइएला भनेर नै होला, यत्तिका बढी आबेदन परेको, लाभांश वितरण योजना के छ ?  

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा वृद्धि भएको छ, जसका कारण लाभांश वितरण राम्रो हुने अपेक्षा गरिएको छ। बुक क्लोज हुनु अघि लिस्टिङ भएका लगानीकर्ताले अधिकतम १३.५ प्रतिशत सम्म लाभांश पाउने सम्भावना छ। 

कम्पनीको हालको व्यवसायिक अवस्था कस्तो छ ?

स्वरोजगार लघुवित्त वित्तिय संस्था २०६६ सालदेखि सञ्चालनमा आएको कम्पनी हो । आल यो कम्पनीमा १ लाख ४ हजार सक्रिय सदस्यहरु रहेका छन् । कम्पनीले ९ अर्ब १३ करोड लगानी प्रदान गरेको छ भने ४ अर्ब ८ करोड डिपोजीट गरेको छ । हाल, बैंक तथा वित्तीय क्षेत्र केही चुनौतीपूर्ण अवस्थामा रहे पनि हाम्रो कम्पनीको अवस्था न त धेरै राम्रो छ, न त धेरै नराम्रो – स्थिर र सन्तुलित अवस्थामा रहेको छ।

कम्पनीका भविस्यका योजनाहरु कस्ता छन् ?

हामी निरन्तर रूपमा कम्पनीलाई थप सशक्त र प्रतिस्पर्धी बनाउन लागि परिरहेका छौँ। हाम्रो उद्देश्य सदस्यहरूको हित सुरक्षित गर्दै, वित्तीय स्थायित्व कायम गर्दै, कम्पनीलाई दीर्घकालीन रूपमा सबल बनाउने हो।  हामी मर्जर प्रत्रियामा छलफल भइरहे पनि हालसम्म कुनै ठोस निष्कर्ष निस्किएको छैन।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved