लजिस्टिक कम्पनी उपायले २७ करोड ५० लाख नेपाली रुपैयाँको लगानी चरण सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा यो चरणलाई कम्पनीले क्वार्टरब्याक नामकरण गरेको छ । क्वार्टरब्याक अमेरिकन फुटबलबाट प्रेरित नामकरण हो। उपायका व्यक्तिगत लगानीकर्ताहरू अर्थात क्वार्टरब्याकहरूको लगानीले उपायलाई आफ्नो व्यवसाय तथा नाफाका लक्ष्यहरू हासिल गर्नमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले बताएको छ।
२०१९ मा स्थापना भएदेखि, हालसम्म उपायले ७० करोड नेपाली रुपैयाँको लगानी हासिल गरिसकेको छ। उपायको प्रमुख लगानीकर्तामा नेपालको सबैभन्दा ठूलो निजी इक्विटी फर्म डोल्मा इम्प्याक्ट फन्ड छ ।
आगामी दिनमा कम्पनीले नेपालकै पहिलो १ लाख वर्गफुटको वेयर हाउजिङ सुविधा ल्याउने योजना रहेको बताएको छ।
कम्पनीले उक्त वृहत परियोजनाको लागि केहि अन्तरराष्ट्रिय विकास वित्तीय संस्थाहरूसँग सम्झौताहरु गरिसकेको छ। यसका साथै कम्पनीले भविष्यमा नेपाल स्टक एक्सचेन्ज(नेप्से) मार्फत आफ्नो सेयरहरूको सार्वजनिक सूचीकरणको तयारी पनि गरिरहेको छ ।
साथै कम्पनीले नेपाल बाहिर विस्तार भइ अन्तरराष्ट्रिय रुपमा कार्यक्रम सञ्चालन गर्ने योजना पनि बनाइरहेको छ।
लजिस्टिक्स कम्पनीको रुपमा रहेको उपायले सहरभित्र र विभिन्न सहरहरुबीच विविध प्रकारका सामान ओसारपसार गर्दै आइरहेको छ । साथै यसलेसामानहरुको परिपूर्ति र गोदाम सम्बन्धि सेवाहरू प्रदान पनि गर्दछ।
विस्तृतमा तल पढ्नुहोस् :