सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ : मन्त्री भण्डारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2025 | 06:46:39 PM मा प्रकाशित

श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त जनशक्ति बनाउन सकेमात्र नेपालमा वैदेशिक लगानी आउने बताएका छन् । 

मंगलबार काठमाडौंमा पार्ट टाइम वर्कको उद्घाटन गर्दै उनले नेपाली सीपयुक्त भए मात्र रोजगार ग्यारेन्टी हुने भन्दै सीपयुक्त जनशक्ति बनाउन सके मात्र वैदेशिक लगानी आउने बताएका हुन् । 

‘अव हामीले नयाँ कार्यक्रम लन्च गर्छौ । स्किल नेपाल, सीपयुक्त्त नेपाली यो कुरालाई अगाडि ल्याउन खोजेका छौ । जव नेपाली सीपयुक्त हुन्छ, रोजगार ग्यारेन्छी हुन्छ । हामीले स्तरीय सीपयुत्त जनशक्ति बनाउन सके मात्र वैदेशिक लगानी आउछ । श्रम मन्त्रालय भनेको त्रिपक्षीय संगठन हो । यसले श्रमिक र रोजगारदाताको बिचमा मध्यस्तकर्ताको भूमिका खेलेर सामञ्जस्यताको आधारमा अगाडि बढ्छौ,’ उनले भने । 

यस्तै उनले कारोवार र व्यापार नीजि क्षेत्रले गर्ने र सरकार पार्टनरसीपको लागि तयार भएको पनि बताए । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved